Corona update

रहेनन् तेलुगु कलाकार जयप्रकाश रेड्डी

 


 बिजय के सी  अर्घाखाँची

साउथ इण्डियन तेलुगु चलचित्रका चर्चित कलाकार जयप्रकाश रेड्डीको हृदयघातका कारण निधन भएको छ । रेड्डीको मङ्गलबार ७४ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मङ्गलबार बिहान उनी बाथरुममा लडेको अवस्थामा भेटिएका उहाँका परिवारका सदस्यले बताएका छन् । उनले तेलुगु चलचित्रमा छुट्टै स्थान बनाएका छन् । रेड्डी हास्य र चरित्र अभिनेतासँगै खलनायकको पात्रमा लोकप्रिय छन् । आन्ध्र प्रदेशको गुन्टरमा बस्दै आएका उनले ‘ब्रह्मपुत्रुदू’ चलचित्रबाट फिल्मी करियर सुरु गरेका थिए । उहाँका ‘समरासिंह रेड्डी’, ‘उथामपुथिरन’, ‘प्रेमिचुकुन्दाम रा’, ‘गब्बर सिंह’, ‘चेन्नेकेशवरेड्डी’, ‘सीतय्या’ लगायत चलचित्र लोकप्रिय छन् । उनको निधनप्रति टलिउडसँगै बलिउड कलाकारले समवेदना प्रकट गरेका छन् ।

Share:

No comments:

Post a Comment

Radio Malarani 95.7 MHz LIVE

LIVE:

रेडियो मालारानी ९५.७ मेगाहर्ज

Recent Posts