Corona update

अर्घाखाँची टेक्निकल ट्रेडिङ स्कुल द्वारा प्रमुख जिल्ला अधिकारी मार्फत सम्मानित प्रधानमन्त्री लाई ज्ञापन पत्र



डिप्लोमा तह भन्दा मुनिका स्वास्थ्य शिक्षा कार्यक्रम खारेज गर्ने सरकारको निर्णय खारेज गर्न माग गर्दै अर्घाखाँची टेक्निकल ट्रेनिङ स्कुल सन्धिखर्कले ज्ञापनपत्र बुझाएको छ । सरकारको यस्तो निर्णय बाहिरिएपछि देशैभरका टेक्निकल स्कुलहरुको संघर्षका कार्यक्रम अन्तरगत आज देशैभरबाट प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको हो । राष्ट्रिय चिकित्सा शिक्षा आयोगको गत साउन ३० गतेको निर्णय अनुसार यसै शैक्षिक सत्रबाट डिप्लोमा तह भन्दा मुनिका कुनैपनि स्वास्थ्य शिक्षा कार्यक्रममा भर्ना नगर्ने नगराउने भनि गरेको घोषणाप्रति आफुहरुको आपत्ति रहेको अर्घाखाँची टेक्निकल टे«निङ्ग स्कुलका प्रिन्सिपल दोर्ण प्रसाद भुसालको भनाई छ । राष्ट्रिय चिकित्सा शिक्षा ऐनको दफा १५ को ९४० र दफा १५ को ९५० लाई कुल्चिएर सरकारले हचुवाको भरमा गरेको निर्णय ग्रैह न्यायिक भएको र तत्काल खारेज गर्नुपर्ने माग राख्दै पहिलो चरणमा आज देशैभरबाट एकैसाथ प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको हो । अर्घाखाँची टेक्निकल ट्रेनिङ स्कुलका प्रिन्सिपल दोण प्रसाद भुसालको नेतृत्वमा जिल्ला प्रशासन पुगेको टोलिले प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद पौडेल मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो । हाल विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रभाव संगै गत चैत्रदेखि आफना शिक्षण संस्थाहरु निरन्तर बन्द हुँदा सरकारले राहत पठाउला भन्दा उल्टै संस्था खारेजिको निर्णय आउनु अत्यन्तै दुःखद भएको ज्ञापनपत्र बुझाउँदै प्रिन्सिपल भुसालले बताउनुभएको छ । अहिलेको जटिल अवस्थामा निजि प्राविधिक शिक्षालयले उत्पादन गरेको जनशक्तिले देशमा ठुलो योगदान पु¥याएको परिप्रेक्ष्यमा चिकित्सा शिक्षा आयोगको यस्तो निर्णयले देश भरिका संस्था र संस्थापकहरुलाई मर्माहत बनाएको ज्ञापनपत्रमा उल्लेख छ ।  शैक्षिक शत्र २०७७÷०७८ को नवीकरण शुल्क समेत बुझाएर बसेको अवस्थामा  स्वास्थ्य जस्तो क्षेत्रमा पहरेदारको भुमिका निभाउँदै आएका निजि शिक्षालयहरुलाई कार्यक्रम संचालन गर्न नदिन अन्याय भएकोले यस्तो निर्णय तत्काल सच्याउनुपर्ने ज्ञापनपत्रमा माग राखिएको छ । सरकारको यस्तो निर्णय लागु भएमा देशभर संचालनमा रहेका डिप्लोमा तह मुनिका स्वास्थ्य शिक्षा कार्यक्रमहरु सि।एम।ए।,अ।न।मी।,ल्याव असिस्टेन्ट र आर्युवेद सहायक जस्ता कार्यक्रम खारेज हुनेछन् । जसका कारण हजारौं विद्यार्थिको रोजाईको बिषय पढ्नबाट बन्चित हुनेछन् ।

Share:

No comments:

Post a Comment

Radio Malarani 95.7 MHz LIVE

LIVE:

रेडियो मालारानी ९५.७ मेगाहर्ज

Recent Posts