Corona update

अर्घाखाँचीमा भदौ २४ गते राति १२ बजेसम्मका लागि लकडाउनको अवधि थपियो

  


 बिजय के सी 

   अर्घाखाँची    

अर्घाखाँचीमा भदौ २४ गते राति १२ बजेसम्मका लागि लकडाउनको अवधि थपिएको छ ।  आज बुधबार बिहान जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र ( डीसीसीएमसी)को बैठकले लकडाउन थप गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापाले बताउनुभयो । आज राति  १२ बजेसम्मको लागि यस अघि नै लकडाउन गरिएकोमा यसलाई बढाएर २४ गते राति १२ बजेसम्म लगिएको हो । तराईसँग सीमाना जोडिएका छिमेकी जिल्ला रुपन्देही, कपिलवस्तुमा दैनिक कोरोना सङ्क्रमितको संख्या बढीरहेको र अर्घाखाँचीमा पनि समुदाय स्तरमा कोरोना सङ्क्रमित बढ्न लागेपछि लकडाउन थपिएको प्रशासनले जनाएको छ ।

Share:

No comments:

Post a Comment

Radio Malarani 95.7 MHz LIVE

LIVE:

रेडियो मालारानी ९५.७ मेगाहर्ज

Recent Posts