Corona update

अर्घाखाँचीमा थप एक जनाको कोरोनाका कारण मृत्यु, मृतकको संख्या चार पुग्यो

 


 अर्घाखाँचीमा एक पुरुषको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।

गत साउन २७ गते सन्धिखर्क नगरपालिका–६, जगतमा भएको टिप्पर दुर्घटनामा उनी घाईते भएका थिए । घाईते चालकलार्ई उपचारकै क्रममा युनिभर्सल मेडिकल कलेज भैरहवामा भाद्र ५ गते कोरोना संक्रमण पुष्टी भएको थियो । संक्रमण देखिएपछि युनिभर्सल मेडिकल कलेज भैरहवाले भिम अस्पतालमा रिफर गरेकोमा भाद्र ९ गते थप उपचारका लागि भिम अस्पतालले पनि नेपालगन्ज मेडिकल कलेजमा रिफर गरेको थियो ।

भाद्र ११ गते शिक्षण अस्पताल कोहलपुर भर्ना गरिएकोमा उनको आज बिहान मृत्यु भएको अस्पतालले बताएको छ । अस्पतालले मंगलवार प्रेस नोट जारी गर्दै उनको मृत्यु भएको औपचारीक पुष्टी गरेको हो । ट्रिपर चालक अर्घाखाँचीको शितगंगा नगरपालिक वडा नम्बर–१२ निवासी ४२ वर्षिय पुरुष हुन् । यससंगै अर्घाखाँचीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४ पुगेको छ ।

अर्घाखाँचीमा हाल सक्रिय संक्रमितको संख्या २० रहेको छ । तिन सय ६८ जनामा कोरोना संक्रमण पुष्टी भएकोमा ३ सय ४४ जना निको भएर घर फर्किएका छन् ।

Share:

No comments:

Post a Comment

Radio Malarani 95.7 MHz LIVE

LIVE:

रेडियो मालारानी ९५.७ मेगाहर्ज

Recent Posts