Corona update

अर्घाखाँचीमा लकडाउन कडाई, भदौ १७ सम्म थपियाे


 अर्घाखाँची जिल्लामा भदौ १७ गते सम्म लकडाउन हुने भएको छ । जिल्ला स्तरीय कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको आज सम्पन्न बैठकले भाद्र ३ गतेदेखि जारी लकडाउन लाई १७ गते राति १२ बजे सम्म निरन्तरता दिने निर्णय गरेको हो । जिल्लामा कोरोना संक्रमण समुदाय सम्म पुगेको भन्दै बैठकले जिल्लाबासीलाई कोभिड-१९ को महामारी बाट सुरक्षित राख्न लगडाउन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताउनुभयो । लकडाउनको अबधिमा एम्बुलेन्स ,दमकल,शव-बाहन,सुरक्षाकर्मी ,ईन्धन,ग्याँस,अत्यावश्यक खाद्य पदार्थ ,कृषिजन्य पदार्थ ,पशुजन्य पदार्थ ,स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मी रहेका सवारी साधन तथा जिल्ला प्रशासन कार्यालय बाट अनुमानि प्राप्त सवारी साधनहरु बाहेक अरु सबै प्रकारका सवारीसाधन आवत जावत गर्न निषेध गरिएको छ ।

खाद्यान्न पसल,तरकारी तथा फलफूल पसल ,माछामासु पसल ,दुधडेरी साँझ ३:३० बजे देखि ७ :०० बजे सम्म खुल्ला रहनुका साथै दूध डेरी बिहान ६ बजे देखि ८ बजे सम्म पनि खुल्ला रहने छन् भने अन्य पसल व्यवसाय ,होटल, रेष्टुरेन्ट लगायत संपूर्ण व्यवसाय पुर्ण रुपमा बन्द गरिने जनाईएको ।लकडाउनको अबधिमा सरकारी कार्यालय ,बैंक ,बिमा कम्पनी ,वित्तीय कारोबार गर्ने सहकारी संस्था खुल्ला रहेपनि अत्यावश्यक बाहेकका अन्य सेवा प्रवाह नगरिने सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापाले बताउनुभयो ।

Share:

No comments:

Post a Comment

Radio Malarani 95.7 MHz LIVE

LIVE:

रेडियो मालारानी ९५.७ मेगाहर्ज

Blog Archive

Recent Posts