• On Radio Malarani 95.7 MHz

  • Malarani FM Technician Room

  • My picture On radio

  • My style On Radio

  • Me on Chasma

  • Radio ID card me

Corona update

अर्घाखाँची जिल्लामा सोमबार ५ जना समुदाय स्तरका कोरोना संक्रमित देखिए




नबिन के.सी

अर्घाखाँची 

               सोमबार  थप ७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । सात जना मध्ये पाँच जना समुदाय स्तरका व्याक्तिहरुमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सूचना अधिकारी बिजय बरालले जानकारी दिए । ‘ केहि दिन पहिले जिल्ला अस्पताल र स्वास्थ्य कार्यालय अर्घाखाँचीमा कार्यरत स्वास्थ्य कर्मीमा कोरोना संक्रमणको पुष्टी भए पछि कन्ट्रयाक टेसिङ्गको आधारमा १ सय ११ जनाको स्वाब संकलन गरिएकोमा १०४ जनाको नेगटिभ आएको छ । भने ७ जना पोजेटिभ देखिएका छन ’ । सोमबार  सन्धिखर्क नगरपालिकाका ६ जना र सितगंगा नगरपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।  । एक जना जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्य कर्मि र उनको छोरा , अन्य कार्यालयका कर्मचारीहरु २ जना , तरकारी व्यबसाय गर्ने १ जना ,  दुई जना भने भारतबाट आई होम क्वारेन्टाइनमा बस्दै आएका व्याक्तिहरुमा कोरोना संक्रमण पुष्टी भएको छ  । होम क्वारेन्टाईनमा बसेकाहरुले स्वास्थ्यको मापदण्ड पुरा गर्न नसक्दा समुदाय स्तरमा कोरोना संक्रमण फैलने जोखिम रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी बरालले बताए । जिल्लामा ३ सय ६१ जना कोरोना संक्रमित रहेका छन । सक्रिय संक्रमितको संख्या २५ रहेको छ । कोरोनाका कारण जिल्लामा  ३ जनाको मृत्यू भएको छ । 

Share:

अर्घाखाँचीको शितगगांमा सर्पको टोकाईबाट एक जनाको मृत्यु ।।

 



बिजय के सी अर्घाखाँची          

                           उपचारमा ढिलाई हुँदा अर्घाखाँचीको शितगगांमा सर्पको टोकाईबाट एक जनाको मृत्यु भएको छ । शितगंगा नगरपालिका वडा नम्बर–५ जुकेनामा सर्पले डस्दा ३५ वर्षिय यम बहादुर बेल्बासेको मृत्यु भएको वडा अध्यक्ष कमल पौडेलले जानकारी दिनुभयो । हिजोराति सर्पले डसेका बेल्बासेलाई भौगोलिक विकटता र सवारीको पहुँच नहुँदा आज बिहान मात्रै उपचारका लागि गोरुसिंगेको सर्पदंश उपचार केन्द्रमा लगिएको थियो ।बिरामीको अवस्था गम्भिर भएपछी सर्पदंश उपचार केन्द्र गोरुसिंगेले प्रादेशिक अस्पताल बुटबल रिफर गरेको थियो । थप उपचारका लागि बुटबल लैजादंै गर्दा बेल्बासेको बाटोमै मृत्यु भएको हो । 

Share:

मालारानी गाउँपालिकाले समुदाय स्तरको कोरोना परिक्षणको लागी स्वाब संकलन

 


 बिजय के सी अर्घाखाँची

                                  मालारानी गाउँपालिकाले आज समुदाय स्तरमा कोरोनाको परिक्षण गर्नको लागी आज स्वाब संकलन गरिएको पालिकाका स्वास्थ्य संयोजक भबिश्वर खनालले बताउनु भयो । केही दिन अगाडि मालारानी गाउँपालिकाका २ जना व्याक्तिहरुमा कोरोना संक्रमणको पुष्टी भएको थियो । जस मध्ये एक जना समुदाय स्तरमा कोराना संक्रमणको पुष्टी भएको थियो । संक्रमितको कन्ट्याक टेसिङ्गको आधारमा आज समुदाय स्तरका व्याक्तिहरु र भारत तथा अन्य मूलकबाट आई होम क्वारेन्टाईनमा बसेका व्याक्तिहरुको समेत आज स्वाब संकलन गरिएको पालिकाका स्वास्थ्य संयोजक खनालले जानकारी दिनु भयो । स्वाब दिएका व्याक्तिहरु रिपोर्ट नआउन्जेल होम क्वारेन्टाईनमा बस्न समेत उहाँले आग्रह गर्नु भएको छ ।  

Share:

मालारानी गाउँपालिका वडा नं ५ को साबिकको आरुखोर शिल


 बिजय के सी अर्घाखाँची 

 कोरोनाको जोखिम बढेको भन्दै मालारानी गाउँपालिका वडा नं ५ को आरुखोर क्षेत्रमा एक हप्ताको लागी शिल गरिएको मालारानी गाउँपालिकाका वडा नं ५ का अध्यक्ष शोभाकर भुसालले जानकारी दिनु भयो । एक हप्ता सम्म मालारानी ५ भित्र रहेको पसलहरु बन्द गर्न सर्बदलिय निर्णय भएको छ । आव्यसक काम बाहेक टोल बाहिर नजान वडा बासीलाई ५ नम्बर वडा कार्यालयले आग्रह गरेको छ । यस्तै मालारानी गाउँपालिका वडा नं ४ खनको साबिक वडा नं १ देखी ५ सम्म पनि शिल गरिएको छ । 

Share:

अर्घाखाँचीमा लकडाउन कडाई, भदौ १७ सम्म थपियाे


 अर्घाखाँची जिल्लामा भदौ १७ गते सम्म लकडाउन हुने भएको छ । जिल्ला स्तरीय कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको आज सम्पन्न बैठकले भाद्र ३ गतेदेखि जारी लकडाउन लाई १७ गते राति १२ बजे सम्म निरन्तरता दिने निर्णय गरेको हो । जिल्लामा कोरोना संक्रमण समुदाय सम्म पुगेको भन्दै बैठकले जिल्लाबासीलाई कोभिड-१९ को महामारी बाट सुरक्षित राख्न लगडाउन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताउनुभयो । लकडाउनको अबधिमा एम्बुलेन्स ,दमकल,शव-बाहन,सुरक्षाकर्मी ,ईन्धन,ग्याँस,अत्यावश्यक खाद्य पदार्थ ,कृषिजन्य पदार्थ ,पशुजन्य पदार्थ ,स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मी रहेका सवारी साधन तथा जिल्ला प्रशासन कार्यालय बाट अनुमानि प्राप्त सवारी साधनहरु बाहेक अरु सबै प्रकारका सवारीसाधन आवत जावत गर्न निषेध गरिएको छ ।

खाद्यान्न पसल,तरकारी तथा फलफूल पसल ,माछामासु पसल ,दुधडेरी साँझ ३:३० बजे देखि ७ :०० बजे सम्म खुल्ला रहनुका साथै दूध डेरी बिहान ६ बजे देखि ८ बजे सम्म पनि खुल्ला रहने छन् भने अन्य पसल व्यवसाय ,होटल, रेष्टुरेन्ट लगायत संपूर्ण व्यवसाय पुर्ण रुपमा बन्द गरिने जनाईएको ।लकडाउनको अबधिमा सरकारी कार्यालय ,बैंक ,बिमा कम्पनी ,वित्तीय कारोबार गर्ने सहकारी संस्था खुल्ला रहेपनि अत्यावश्यक बाहेकका अन्य सेवा प्रवाह नगरिने सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापाले बताउनुभयो ।

Share:

अर्घाखाँची अस्पतालको इमर्जेन्सी र प्रसूतिबाहेक अरु सेवा बन्द





जनस्वास्थ्य कार्यालयमा कार्यरत दुई जना स्वास्थ्यकर्मी, एक कार्यालय प्रमुखसहित १२ जनालाई कोरोना संक्रमण पुष्टि भएपछि सोमबारदेखि अर्घाखाँची अस्पतालको इमर्जेन्सी र प्रसूतिबाहेक अन्य सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ । आइतबार स्वास्थ्यकर्मीसँग सम्बन्धित व्यक्ति र कार्यालय प्रमुख, कर्मचारीसहित ६२ जना र सोमबार अर्घाखाँची अस्पताल प्रमुखसहित ५ डाक्टर र अन्य स्वास्थ्यकर्मी गरी ४० जनाको स्वाब भैरहवा पठाइएको जिल्ला जनस्वास्थ्य कार्यालयका निरीक्षक गणेशराज पौडेलले बताए।  अस्पतालको आकस्मिक र प्रसूति सेवा सुचारु गर्न यसअघि पीसीआर रिपोर्ट नेगेटिभ आएका तिन जना चिकित्सक  र चार जना स्वास्थ्यकर्मी खटिएका आफूसहित ५ डाक्टरको रिपोर्ट नआउँदासम्म आइसोलेसनमा बस्ने जिल्ला अस्पतालका डा कपिल गौतमले बताउनु भयो  ।

Share:

मालारानी गाउँपालिका वडा नं ४ खनका साबिक वडा नं १ देखी ५ सम्म कोरोना जोखिम बढेको भन्दै शिल


 बिजय के सी अर्घाखाँची 

मालारानी गाउँपालिका वडा नं. ४ खनकोसाविकका १ देखि ५ वडा अन्तर्गतका बतासेडाँडा, नुगालिटोला, बाटामाथी, पिङ्ग्ला, जवाह, गौमुखेधारा र बाटामुनीटोलमा वडा कार्यालयले अर्को सूचना जारी नगरुन्जेलसम्मको लागी  पूर्ण रुपमा निषेधाज्ञा जारी गरिएको छ भने  बाँकी सम्पूर्ण वडा तथा टोलहरुमा पनि कोरोना रोग नियन्त्रण सम्बन्धि सुरक्षा तथा सावधानीका उपायहरु अपनाएर अत्यावश्यक कार्यहरु गर्न पाइनेछ । निषेधाज्ञा जारी गरिएको क्षेत्रमा भने अत्यावश्यक कामले घर वा आफ्नो टोलभन्दा बाहिर जानू परेमा वडा कार्यालय खन र ईलाका प्रहरी कार्यालय खन देउराली दुवै ठाँउमा जानकारी गराई आदेश लिनुपर्नेछ । साथै आज वडा नं. ४ का अध्यक्ष विष्णुप्रसाद पोखरेल, जनप्रतिनिधि अशोक भुसाल, स्वास्थ्य चौकि खनका अ हे व राजेन्द्र खनाल, ईलाका प्रहरी कार्यलय खनका सुरक्षाकर्मी साथै वडा स्तरीय कोरोना नियन्त्रण तथा रोकथाम प्रचारप्रसार संयोजक बसन्त चौहानको संयुक्त टोलिले ४ नं. वडाको बस्तीहरुमा गइ निषेधाज्ञा बारेमा सूचना प्रचारप्रसार गर्नुभएको थियो । वडाध्यक्ष विष्णुप्रसाद पोखरेलले सबै स्थानीय बासिन्दाहरुलाई वडा कार्यालयले गरेको निर्देशनलाई अक्षरस पालना गर्नको लागि अनुरोध गर्नुभएको छ ।

Share:

गुल्मीमा एक साताका लागि निषेधाज्ञा जारी

 



बिजय के सी अर्घाखाँची          

गुल्मीमा एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्रको निर्णयअनुसार गएराति १२ बजेदेखि भदौ १२ गते राति १२ बजेसम्मको लागि एक हप्ताका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिनुभयो । निषेधाज्ञा अवधिमा खाद्यान्न, तरकारी, फलफूल, दूध, पानी, औषधि, बोक्ने मालबाहक गाडी र एम्बुलेन्सबाहेक मोटरसाइकलसहित अन्य सम्पूर्ण सवारी साधनलाई पूर्णरुपमा रोक लगाइएको छ । निषेधाज्ञा अवधीमा अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरिएको छ । अस्पताल, औषधि पसल र पेट्रोलपम्प २४ सौं घण्टा खुला रहनेछन् । जिल्लामा तरकारी फलफूल तथा मासु पसल बिहान ७ बजेदेखि ९ बजेसम्म खुल्नेछन् । दूध पसल बिहान ७ बजेदेखि ९ बजेसम्म र बेलुकी ४ बजेदेखि ६ बजेसम्म खुल्ने व्यवस्था मिलाइएको छ । निषेधाज्ञा उल्लंघन गर्ने वा आदेशको पालना गर्ने÷गराउने कार्यमा अबरोध गर्ने जोसुकै उपर प्रचलित कानुन बमोजिक कारवाही हुने प्रशासनले जनाएको छ । प्रशासनले चाडपर्वहरु मनाउँदा घरपरिवार मात्रै मिलेर मनाउन आग्रह गरेको छ 

Share:

भोली बिहान ६ बजे देखी अर्घाखाँची जिल्लामा लकडाउन हुने

बिजय के सी अर्घाखाँची           

                      अर्घाखाँची जिल्लाको छिमेकि जिल्लाहरुमा समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको अबस्थामा  जिल्लामा थप सजगता अपनाउँदै भोली देखी एक हप्ता सम्म अर्घाखाँची लकडाउन गर्ने निर्णय भएको छ । जिल्ला संकट व्यास्थापन केन्द्रको बैठकले उक्त निर्णय गरेको हो । राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का उज्वल , प्रदेश सभा सदस्य रामजि घिमिरे , जिल्ला समन्वय समितीका प्रमुख पिताम्बर शर्मा र जिल्ला स्थीत राजनैतिक दल नागरिक समाज सगको छलफल पश्चात जिल्लालाई लकडाउन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलले जानकारी दिनु भयो । 

Share:

एसईईकाे परीक्षाफल प्रकाशित


 राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफल सोमबार साँझ प्रकाशित गरेको छ ।


यस वर्ष कुल चार लाख ८२ हजार नौ सय ६ जना विद्यार्थीले परीक्षको लागि आवेदन भरेकोमा चार लाख ७२ हजार ७८ जनाको मात्रै नतिजा आएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।  

एसईईको नतिजा टेलिफोन, एसएमएस र वेबसाइटमार्फत हेर्न सकिनेछ ।

कक्षा १० को विद्यालय मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७७ स्वीकृत गरी त्यही कार्यविधिका आधारमा शिक्षा विकास तथा समन्वय इकाइबाट प्रमाणित भइ आएको विद्यार्थीहरुको प्राप्ताङ्कलाई सङ्कलन, रुजु र ग्रेडिङ गरी नतिजा प्रकाशित गरिएको कार्यालयले जनाएको छ । 

गएको चैत ६ गतेका लागि निर्धारण गरिएको एसईई परीक्षा कोभिड–१९ कारण अन्तिम समयमा स्थगित भएपछि विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनको आधारमा नतिजा सार्वजनिक भएको हो ।

यसरी हेर्न सकिन्छ नतिजा–


Share:

५ नं. प्रदेश प्रहरी प्रमुख र जिल्ला प्रहरी प्रमुख ज्यूहरु विच कार्यसम्पादन सम्झौता सम्पन्न

 


 बिजय के सी अर्घाखाँची 

              आज मिति २०७७ साल साउन ३२ गते यस ५ नं. प्रदेश प्रहरी कार्यालय, दाङका कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक रबिन्द्र बहादुर धानुकद्वारा प्रहरी तालिम केन्द्र बुटवल, दंगा नियन्त्रण प्रहरी गण सुनवल, सशस्त्र प्रहरी गण खजुरा बाँके, प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवल, जिल्ला प्रहरी कार्यालय १२ तथा नेपाल प्रहरी स्कूल घोराही दाङ समेत १७ वटा मातहत कार्यालयका कार्यालय प्रमुखहरुसंग ५ नं. प्रदेश प्रहरी कार्यालयमा कार्य सम्पादन सम्झौतामा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको ।

कार्यक्रममा ५ नं. प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक रबिन्द्र बहादुर धानुकबाट उपस्थित मातहत कार्यालय प्रमुखहरुलाई प्रहरी महानिरीक्षक र प्रदेश प्रहरी प्रमुख बीच मिति २०७७/०४/२५ गते भएको कार्य सम्पादन सम्झौता तथा प्रदेश प्रहरी प्रमुख र मातहत जिल्ला स्तरसम्मका कार्यालय प्रमुखहरूसंग आज सम्पन्न भएको कार्य सम्पादन सम्झौता अनुरुप उल्लेखित लक्ष्य पुरा गर्न प्रभावकारी कार्यान्वयनका लागि स्पष्ट कार्य योजनाका साथ आफू र मातहत प्रहरी इकाई तथा कर्मचारीहरुलाई पूर्ण लगनशील र प्रतिवद्धताका साथ परिचालन गर्न  निर्देशन दिनु भएको ।

यसै अवसरमा ५ नं. प्रदेशको नागरिकको शान्ति सुरक्षाको प्रभावकारी व्यवस्थापन, अपराध नियन्त्रणका साथै अपराध अनुसन्धान तथा सवारी दुर्घटना न्यूनिकरणको लागि प्रविधियुक्त अनुसन्धान प्रणालीको विकास, आर्थिक अनुशासन र पारदर्शिता, मानव अधिकार संरक्षण र सामुदायीक केन्द्रीत प्रहरी कार्यहरुलाई मुख्य प्राथमिकता दिने कार्य गर्न निर्देशन दिनु भयो।

वर्षायामको समय रहेकोले प्राकृतिक रुपमा आईपर्ने विपद्को व्यवस्थापनको लागि उद्दार सामग्री सहित जनशक्तिलाई तयारी हालतमा राख्न समेत निर्देशन दिनुभयो । कोभिड-१९ महामारीको समय रहेकोले सदैव अग्रपंक्तिमा रहने नेपाल प्रहरीले कर्तव्य पालनाको सिलसिलामा आवश्यक सावधानी र सुरक्षा अपनाउनको लागि मातहतका प्रहरी अधिकृतहरूलाई निर्देशन दिनुभएको ।              

Share:

शितगंगामा ट्रिपरले मोटरसाइकललाई ठक्कर दिंदा एक बालकको मृत्यु


 गोरूसिङ्गे–सन्धिखर्क सडकखण्डको शितगंगा नगरपालिका–२ झोलुङ्गे पुल नजिकै ट्रिपरले मोटरसाइकललाई ठक्कर दिंदा एक जना बालकको ज्यान गएको छ ।शनिवार गोरूसिङ्गेबाट बालुवा बोकेर नरपानी तर्फ आउँदै गरेको ना ८ ख ६६९८ नम्बरको ट्रिपरले बुटवल तर्फ जाँदै गरेको लु ३२ प २३९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा सन्धिखर्क नगरपालिका–७ का कमल थापाका ३ बर्षिय छोरा अभिषेक थापाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रकाश खत्रीले जानकारी दिए ।

उनका अनुसार मोटरसाइकलमा दुई बच्चा सहित ४ जना सवार थिए । अन्य ३ जना सकुशल रहेको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रिपरको चालकलाई ईलाका प्रहरी कार्यालय ठाडाले नियन्त्रणमा लिएको र थप अनुसान्धान भईरहेको प्रहरी निरिक्षक बाबुराम बस्नेतले जानकारी दिए ।

Share:

अर्घाखाँची जिल्लाका रेडियाले केद्रिय नेटर्वकका कुनैपनि साम्रागी नबजाउने

 

अर्घाखाँची जिल्लामा सञ्चालनमा रहेका ८ वटा रेडियोहरुले केन्द्रिय प्रशारणका कुनैपनि साम्रागी नबजाउने सहमति भएको छ । जिल्ला सदरमुकाम सन्धिखर्कमा बसेको रेडियोका प्रमुखहरुको बैठकले केन्द्रिय नेटवर्कहरुले समाचारको बिचमा अत्याधिक बिज्ञापनहरु प्रसारण गर्ने बिज्ञापन दाताहरु तथा सरकारी निकायहरुमा देशभरका रेडियोबाट प्रशारण हुने भनि रेडियोको संख्या दिई जिल्लाका रेडियोहरुमा आउने कार्यक्रम तथा बिज्ञापनहरु समेत नेटवर्कहरुले समझौता गर्ने तर जिल्लाका रेडियोहरुलाई त्यस बापत कुनैपनि प्रतिफल नहुने हुदाँ नेटवर्कले उत्पादन गरेका साम्राग्रीहरु प्रशारण बन्द गर्ने सहमती भएको छ । यस्तै जिल्लाका रेडियोहरुले बिज्ञापन तथा सूचना प्रशारणमा समेत एकरुपता कायम गरेको छ । अब देखि दिनमा ३ पटक बिज्ञापन प्रशारण गरेको न्यूनतम २ हजार रुपैया कायम भएको छ । यस्तै सम्बेदना प्रशारणको १ हजार , घरपरिबारको तर्फबाट प्रशारण गर्ने श्रद्धाञ्जलीको १ हजार ५ सय रुपैया कायम भएको छ । भने एक हप्ता सूचना प्रशारण गरेको १ हजार ५ सय कायम गरिएको छ । 


Share:

आजदेखि एक जिल्लाबाट अर्को जिल्ला जान गाडीको पास नपाइने


 बिजय के सी अर्घाखाँची            

आजदेखि एक जिल्लाबाट अर्को जिल्ला जान गाडीको पास नपाइने भएको छ । गृह मन्त्रालयले ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गर्दै आजदेखि लागू हुने गरी गाडीको पास वितरण नगर्न निर्देशन दिएको हो । योसँगै अत्यावश्यक कामबाहेकका लागि यसअघि लिइएका पास पनि रद्द भएको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिनुभयो । उहाँकाअनुसार कोरोनाको संक्रमण बढ्दै गएकाले जिल्ला स्तरका पास वितरणमा रोक लगाइएको हो । यसअघि सरकारले अत्यावश्यक कामका लागि एक जिल्लाबाट अर्को जिल्ला जानको लागि गाडीको पास वितरण गर्दै आएको थियो । तर अब अत्यावश्यकबाहेकका लागि गाडीको पास बन्द भएको गृह मन्त्रालयले जनाएको हो ।


Share:

बाँगीकि १८ वर्षिय किशोरी बेपता

 

अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नं ५ बाँगीकी एक किशोरी बेपता भएकि छिन। बाँगीका नुम बहादुर के सि कि नातिनी पदम के सी कि छोरी निशा के सि साउन २५ गतेदेखि बेपता भएकि हुन् । उनलाई छिमेकी गाउँ जताततै खोजि गर्दा पनि फेला पार्न नसकेको परिबारले वताएको छ । परिवारले २ दिन हुँदासम्म संम्पर्कमा नआयपछि खोजि गर्दिन सबैमा अनुरोध गरेको छ।

Share:

पाल्पामा जीप दुर्घटनामा २ जनाको ज्यान गयो, ६ जना घाइते

बिजय के सी अर्घाखाँची      

                                  पाल्पाको निस्दीमा भएको जीप दुर्घटनामा २ जनाको ज्यान गएको  छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । निस्दी गाउँपालिकाको ज्यामिरेबाट गल्धाका लागि छुटेको लु १ ज २८८७ नम्बरको जीप मंगलबार साँझ ६ बजेतिर गल्धाको पटकसर नजिकै दुर्घटना भएको निस्दी गाउँपालिका ४ का वडा सदस्य रनबहादुर गाहाले जानकारी दिनुभयो । दुर्घटनामा निस्दी गाउँपालिका ५ गल्धा गावुडाँडाका ६३ वर्षीय ठाकुरप्रसाद फाल र निस्दी गाउँपालिका ४ मित्याल काफलका ३ महिने नाम नखुलेका बालकको घटनास्थलमै ज्यान गएको रुक्सेभञ्ज्याङ प्रहरी चौकी मित्यालले जनाएको छ । गाडीमा चालकसहित १० जना रहेको स्थानीयले जनाएका छन् ।  दुर्घटनामा निस्दी ५  गल्धा, पटकसरका ३८ वर्षीया सुमित्रा सारु , ३६ वर्षीया सेरमती सारु , २० वर्षीया लक्ष्मी सारु  र ३७ वर्षीया तिलकुमारी सारु, निस्दी ४ मित्याल झ्यालतुङका २५ वर्षीया सिर्जना गाहा, निस्दी ४ मित्याल , काफलका २२ वर्षीया विष्णुमाया सारु घाइते भएका छन् । घाइतेहरुको उपचारका लागि सदरमुकाम तानसेन पठाएको जनाइएको छ । जीप सडकबाट करिब ७ सय मिटर तल खसेको थियो । दुर्घटनापछि  चालक र सह–चालक फरार रहेको जनाइएको छ । 

Share:

मालारानी गाउँपालिका भित्र तिज गित लगाएतका जमघट हुने कार्यक्रम गर्न रोक

बिजय के सी अर्घाखाँची     

                                   सरकारले चाडपर्वमा परिवारका सदस्यबाहेक अरु जमघट नगर्न निर्देशन दिएको छ । धार्मिक स्थलहरु नित्य पूजाको लागि मात्रै खोल्ने र भक्तजनको प्रवेश निषेध गर्न सरकारले निर्देशन दिएको छ । चाडपर्वमा पनि परिवारका सदस्य बाहेक अरुको जमघट नगर्न मन्त्रिपरिषद्को बैठकले निर्देशन दिएको हो । गएको २२ गते स्वास्थ्य मन्त्रालयले चाड पर्व सुरु हुन लागेको भन्दै चाडपर्व र उत्सवसम्बन्धी मापदण्ड ल्याएको थियो । मन्त्रालयले सबै किसिमका चाडपर्व, जात्रा तथा उत्सव मनाउँदा एउटै घरमा बसोबास गर्ने परिवारका व्यक्तिबाहेक अन्यसँग भेटघाट कम गर्ने र भेटघाट गर्ने परेमा कम्तीमा दुई मिटरको दुरी कायम गर्न भनेको छ । यस्तै जिल्लाको मालारानी गाउँपलिले तिजको अबसरमा मानिसहरु जमघट हुने तिज गित गाउँने जस्ता कार्य नग्रन पालिका बासीलाई आग्रह गरेको छ । कोरोनाको जोखिम बढेकोले बिगतका बर्षहरुमा जस्तौ धार्मिक स्थलमा जमघट नहुन पालिकाका स्वास्थ्य शाखाँका प्रमुख भबिश्वर खनालले आग्रह गर्नु भयो । यस्तै सकेसम्म घरबाहिरको भेटघाटमा नजाने र जानै परेमा सहभागी हुँदा मास्क अनिवार्य लगाउने, कार्यक्रम स्थलमा प्रवेश गर्दा अनिवार्य साबुन पानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्न गाउँपालिकाले आग्रह  आग्रह गरेको छ ।  टाढैबाट नमस्कार गर्ने, रेलिङ देवी देवताका मूर्तिहरु र धेरै व्यक्तिले प्रयोगमा ल्याउन सक्ने सामग्री नछुन पनि गाउँपालिकाले  सचेत गराएको छ ।

 


Share:

Radio Malarani 95.7 MHz LIVE

LIVE:

रेडियो मालारानी ९५.७ मेगाहर्ज

Blog Archive

Recent Posts