Corona update

बढ्यो गुल्मीकाे ह्वाक्ने छहराको सुन्दरता, आन्तरिक पर्यटकको घुँईचो




दिपेन्द्र खत्री
२६ असार, गुल्मी । गुल्मी जिल्लाकाे सदरमुकाम  तम्घास नजिकै रहेको ह्वाक्ने छहरा पर्यटकिय गन्तब्य बन्दै गएकाे  छ।उक्त छहरा जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्वर:१० मा अबस्थित  छ।उक्त छहरा

उक्त छहरा गत वर्षकाे भदौ–असोजमा मात्रै बग्न सुरु हुन्थ्यो,तर याे बर्ष चाहिँ अविरल बर्षाका कारण असार मै वग्न थालेकाे हाे।उक्त छहरा स्वरुप परिवर्तन भएपछि नागरिककाे आकर्षणको केन्द्र बनेको हाे ।बर्खा सुरु भएसंगै वर्षा धेरै मात्रामा परेकाे छ,जस्ले गर्दा पानीको सतह बढेपछि छहराको सुन्दर दृश्य बनेको छ ।

 सदरमुकाम तम्घास वाट अबलोकन गर्न करिब  ५ कि,मी काे दुरीमा रहेकाे उक्त छहरा तम्घास–रिडी सडक खण्डको नजिकै रहेकाले पनि धेरैको नजरमा पर्दछ ।

 गत बर्ष याे समयमा सुख्खा रहने छहरा यस वर्ष असार १५ अघि नै  बग्न थालेकाे  छ,जस्ले गर्दा मानिसहरु अवलोकनकाे लागि दैनीक बड्दै गएकाे स्थानीय काे भनाई छ । उनीहरु छहरालाई पृष्ठभूमिमा राखेर फोटो खिच्ने र सामाजीक संजालमा पाेस्ट गर्ने गर्छन।

Share:

No comments:

Post a Comment

Radio Malarani 95.7 MHz LIVE

LIVE:

रेडियो मालारानी ९५.७ मेगाहर्ज

Recent Posts