Corona update

फौजि र गबारो किराकाे कहर किसान मर्कामा।


दिपेन्द्र खत्री,
गुल्मी, २५जेष्ठ। नेपाल कृषि प्रदान देश भएपनी यती बेला नेपालका किसान लाई कृषि गर्न जेयादै सकस भईरहेकाे छ। किसान ले यति बेला हिउदे बाली थन्काई बर्खे बाली खेती गरि रहेकाे पाईन्छ।किसान ले याे समयमा मकै खेती गरिरहेका छन,जुन बाली मा अहिले फौजि र गबारो किराले सताउन थालेपछि अर्घाखाँचीका  मकै किसान निराश देखिएका छन् । भर्खरै एकोहोरो मकै खनेर सक्कियकाे र दाेर्हाेराे मकै खन्ने किसानलाई मकैमा विभिन्न रोग र किराहरु देखिन थालेपनि निराश भएका हुन् ।

मकैको फेदमा गबारो किराको प्रकोप देखिएको छ भने मकैको गुबोमा फौजि किराको प्रकोप देखिएको छ । मालारानी गाउँपालिका वडा नः२ पटाैटीकी ३४ बर्षिया गाेमा खत्रीले १२रोपनी खेतमा मकै लगाएकी छिन। भर्खरै एकोहोरा खनेर उठेका मकैमा विभिन्न किराहरुले सताउन थालेपछि उनी चिन्तित देखिएकी छिन् ।
मकैको गुबोमा फौजि किराको प्रकोप छ । भने पातमा पनि अज्ञात रोगले प्वाल परेको छ ।

शिव प्रगतीशिल महिला कृषि सहकारी वाट अन्नपूर्ण बीउ उत्पादन समुहमार्फत ५० प्रतिशत अनुुदानमा ‘मनकामना सेतो’ जातको मकै लगाएकी उनी अहिले निराश भएकी छिन । ‘अज्ञात किराले मकै खाएर सखाप पारेको छ, फेद, गुबो र पातमा धेरै नोक्सानी गरेको छ ।’ उनले भने, ‘ठाउँपिच्छे फरक–फरक रोगले सताएको छ ।’ त्यसका साथै उनले आफुहरुलाई कृषि प्राविधिकबारे पनि जानकारी नभएकोले थप समस्या परेको गुनासो गरेकी छन।त्यस्तै मालारानी गाउँपालीका बडा नः१ का नागरिक गाेबिन्द जि सी ले पनि ९ रोपनी बारीमा मकै लगाएका छन। भर्खरै एकोहोरा खनेर उठेका मकैमा विभिन्न किराहरुले सताउन थालेपछि उनी पनि चिन्तित देखिन्छन।

विश्व भरि महामारी को रूप मा फैलिरहेको कोरोना भाइरस को कारण नेपाल पनि अछुतो हुन सकेन ।
विश्ववका शक्तिशाली राष्ट्रहरु बेलायत, इटली, रुस, स्पेन अमेरिकालाई कोरोना नियन्त्रण र उपचार गर्न सकस भैरहेको छ ।कतिपय समस्या र चुनौती यस्ता हुन्छन जुन चुनौतिले अवसरलाई पनि सङसङै लिएर आएका हुन्छन । त्यस्तै नेपालमा पनि काेराेना काे कहर वढि रहेकाे छ।एक ठाउँ वाट अार्काे ठाउमा जान सम्म प्रतिबन्ध लगाईएकाे अबस्था छ।याे समयमा  किसान ले बिसादि खरिद गरेर किरा नियन्त्रण गर्न सकेका छैनन् ।

१ -के किसानकाे बर्खे बाली खेरा जानी हाे।

२-के किसानकाे मिहेनत मिहेनत नै हैन।

३-के किसान काे अाबश्यता चुनाबकाे बेला मात्र हाे।

४-के किरा नियन्त्रण काे लागि स्थानीय निकायले कदम नचलाउने नै हाे ,यदि चलाहेकाे छ भनी कहाँ चलाएकाे छ।

भन्ने आदि प्रश्नहरु स्थानीय नागरिकले उठाउदै आएका छन यस्मा सम्बन्धित निकायले पनि खासै चासाे नदिएकाै हाे त मालारानी गाउँपालीका भित्र रहेका किसान लाई नत बिसादि किन्न भ्याटनरी नै खुलाईन्छ ,नत स्थानीय तहले फौजि र गबारो किरा नियन्त्रण काे लागि कुनै कदम चाल्छ।सम्पुर्ण किसान लाई सरकारी निकायले निश्चित बिसादि उपलब्ध गर्न जरुरी देखिन्छ।हैन भने याे संकटकाे बेला सबै किसान भाेकै भाेकै बस्ने अाबश्यक पनि अाउन सक्छ।
Share:

No comments:

Post a Comment

Radio Malarani 95.7 MHz LIVE

LIVE:

रेडियो मालारानी ९५.७ मेगाहर्ज

Recent Posts