Corona update

गुल्मीका किसान बगैंचा व्यवस्थापन मा भ्याईनभ्याई ।



दिपेन्द्र खत्री,
२१जेष्ठ गुल्मी ।विश्व भरि महामारी को रूप मा फैलिरहेको कोरोना भाइरस को कारण नेपाल पनि अछुतो हुन सकेन ।

चिनको बुहान प्रान्तमा सन २०१९ डिसेम्बरमा पहिलोपटक देखिएको कोरोना भाइरस (Covid-19) यति बेला विश्ववका शक्तिशाली राष्ट्रहरु बेलायत, इटली, रुस, स्पेन अमेरिकालाई कोरोना नियन्त्रण र उपचार गर्न सकस भैरहेको छ ।कतिपय समस्या र चुनौती यस्ता हुन्छन जुन चुनौतिले अवसरलाई पनि सङसङै लिएर आएका हुन्छन । त्यस्तै नेपालमा पनि काेराेना काे कहर वढि रहेकाे छ।

सुरुवाती दिन हरु मा संक्रमित को संख्या खासै नभेटिए पनि पहिलो समयमा दिन प्रति दिन बढिरहेको छ ।नेपाल मा लक डाउन गरिएको पनि ७२ दिन पुगेको छ।यसै बीच मा कतिपय अरूको काम गरेर खाने मानिसहरू लाई यस बेला मा धेरै समस्या परेको छ ।आफ्नो घर बाहिर  जानु नै पाइनछ न आम्दानी नै हुन्छ।


यसै बीच मा कोरोना कहर सँगै गुल्मी धुर्काेट गाउँपालिका वडा नं १ नयाँगाउ खालका किसान हरु यतिबेला आफ्नै काम कार्य मा व्यस्त छन् ।उनीहरू को मनस्थिति मा न कोरोना भन्ने नै छैन ।आफ्नो काम मा बिहान देखि साझ सम्म बारी मा हुन्छन् ।विषेशगरी अहिले सुन्तला लगाउन को लागि नयाँ ठाउँ को खन जोत गरी खाडल तयार गरेर असार मा बिरुवा रोप्ने योजना का साथ लागेका छन् ।

यसै मध्य गुल्मी धुर्काेट गाउँपालीका वडा नः२का किसान सुन्दर जि- सी ले पनि ५-६ मुरी मकै हुने खरबारी मा कडा मेहेनत का साथ जग्गा को ग्रेड मिलाएर सुन्तला रोप्नी  तयारीमा छन् ।अर्का किसान नारायण जी-सी ले पनि सुन्तला बाट वार्षिक २लाख भन्दा माथि को आम्दानी गर्छन् ।
Share:

No comments:

Post a Comment

Radio Malarani 95.7 MHz LIVE

LIVE:

रेडियो मालारानी ९५.७ मेगाहर्ज

Recent Posts