Corona update

गुल्मीको संक्रमित व्याक्तिको उपचार गरेर रिफर गरेको पृष्टी भएपछि अर्घाखाँचीको छायाँ पोलिक्लिनक शिल , रुपन्देहीको क्रिमसन अस्पतालपनि शिल गरियो


कोपिला आचार्य
                      सोमबार एकैपटक ५३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ३५७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गुल्मीमा पनि कोरोना संक्रमित देखिएको हो । गुल्मीमा १ जनामा कोरोना देखिएको हो । गुल्मीको मदाने गाउँपालिकाका एक जनामा कोरोना देखिएको पाईएको छ । संक्रमित व्याक्ति अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कको   छायाँ पोलिक्लिनकमा चेक गरेर बुटबल गएका थिए ।सङ्क्रमण पुष्टि भएसँगै छाया पोली क्लिनीक  शिल गरिएको अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिनु भयो । जेठ १ गते उपचारको लागि रुपन्देहीको मणिग्रामको लागी रिफर गरिएको थियो ।  जेठ २ गते  भैरहवामा रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा उनको स्वाब परीक्षण गरिएको थियो । उपचाररत बिरामीमा कोरोना पुष्टि भएपछि क्रिमसन अस्पताल पनि सिल गरिएको छ । उनको सम्पर्कमा आएकाहरुको स्वाब परीक्षण गर्नका लागि स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ । संक्रमिती व्याक्ति गुल्मीको मदाने गाउँपालिका–६ पुर्कोटदहका ४१ वर्षिय शिक्षकमा रहेको बताईएको छ  । कोरोना पुष्टि भएपछि थप उपचारका लागि उनलाई भैरहवास्थित भीम अस्पताल लगिएको छ । आजनै बाँकेमा मात्र ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमितहरु मध्ये ४६ जना पुरुष र एक महिला छन् । गुल्मीसँगै मोरङ, धनुषा, रौतहट, दाङ र धादिङमा १र१ जना गरी ६ जनामा पनि आजनै कोरोना संक्रमण पुष्टि भएको छ ।संक्रमितहरु १८ देखि ३६ वर्ष उमेर समूहका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

Share:

No comments:

Post a Comment

Radio Malarani 95.7 MHz LIVE

LIVE:

रेडियो मालारानी ९५.७ मेगाहर्ज

Blog Archive

Recent Posts