Corona update

कोरोना संक्रमितको उपचारमा संलग्न १० जनाको पिसीआरको नमुना संकलन


  बिजय के सी
 रेडियो मालारानी अर्घाखाँची
                                       जिल्लाको सन्धिखर्कमा उपचार पछि रिफर गरिएका व्याक्तिमा कोरोना पुष्टी भएपछि छाया पोली क्लिनीक  शिल गरिएको छ ।  गुल्मीको मदाने गाउँपालिका–६ पुर्कोटदहका ४१ वर्षिय शिक्षक उपचारको लागी बैशाख ३१ गते उपचारकोलागी सन्धिखर्क आएका थिए । सङ्क्रमण पुष्टि भएसँगै शिल गरिएको अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिए । ‘हामिले पोलिक्लीनि शिल गरेर उपचारमा संलग्न भएकाहरुको पिसिआर जाचँ गर्ने गरि तयारी गरेका छौ । ’ संक्रमित व्याक्तिमा निमोनिया देखीएपछि थप उपचारको लागी बुटवल रिफर गरेको पोलिक्लिीनका प्रमुख दलबहादुर के.सीले बताए ।‘संक्रमित व्याक्तिको एक्सरे गर्दा फोक्सोमा समस्या देखिएपछि बुटवल रिफर गरेका हौ । गौतमबुद्ध मुटु अस्पतालको एम्बुलेन्स अर्घाखाँची आएको रहेछ । त्यसैमा जानु भएको हो । ’ बुटवलको क्रिमसन अस्पतलामा उपचार गर्ने क्रममा जेष्ठ २ गते उनको पिसीआर संकलन गरिएको थियो सोमबार उनमा कोरोना संक्रमणको पुष्टी भएको छ । संक्रमितको उपचारमा संलग्न भएका डाक्टर सहित ९ जनाको अहिले स्वाब संकलन गरिएको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले बताए । ‘ संक्रमित व्याक्तिको उपचारमा संल्गन भएका डाक्टर सहित ९ जना स्वास्थ्यकर्मीको पिसीआर नमुना प्रदेशमा पठाएका छौ  । ’

संक्रमित व्याक्तिको घर शिल

गुल्मीको मदाने गाउँपालिका वडा नं ६ पुर्कोटमा संक्रमित व्याक्तिको घरमा अहिले शिल गरिएको छ । उनि संग सम्पर्कमा रहेकाहरुको खोजिकार्यलाई तिब्रता परिएपनि संक्रमण कसरी भयो भन्नेमा आफुहरु आश्चर्यमा परेको पालीका अध्यक्ष दानबहादुर के.सीले बताए । ‘उहाँ पेशाले शिक्षक हुनुहुन्छ । लकडाउनको समयमा भारत तथा अन्यमूलुकबाट आएकाहरु संग पनि प्रत्यक्ष सम्पर्कमा नभएको अबस्थामा संक्रमण देखीनुले आश्चर्यमा पारेको छ । मदाने गाउँपालिकालाई शिल गर्ने बिषयमापनि छलफल भएको अध्यक्ष केसीले बताए । गाउँपालिका भित्रने सम्पूर्ण नाकामा स्वमसेबकहरु परिचालन संगै हेल्थ डेक्स स्थापना गरिएको छ । मदाने गाउँपलिका अहिले भारत तथा कपिलबस्तुबाट आएका ९ जना क्वारेन्टाइनमा राखिएको छ । मदाने गाउँपलिका संग जोडिएको मालारानी गाउँपालिले सिमानामा स्वमसेबक परिचालन गरि आबजावतमा कडाइ गर्ने निर्णय भएको पालिका अध्यक्ष बालकृष्ण आचार्यले बताए । ‘कार्यपालिकाको बैठक बसेर सिमानाकामा कडाइ गर्ने गरि निर्णय गरेका छौ । अब स्वमसेबक शिक्षक र राजनैतिक दलसंग सम्बन्धीत रहेका भातृसंगठनहरुलाई समेत परिचालन गर्ने छौ । ’


Share:

No comments:

Post a Comment

Radio Malarani 95.7 MHz LIVE

LIVE:

रेडियो मालारानी ९५.७ मेगाहर्ज

Blog Archive

Recent Posts