Corona update

गुल्मीका ६८ जनाको स्वाब पोखरा पठाइयो


रेसुंगा नगरपालिका र धुर्कोट गाउँपालिकाका ६८ जनाको स्वाब पिसिआर जाँचका लागि संकलन गरी पोखरा पठाइएको छ।   भारतबाट आई नगरपालिकाको महेन्द्र मावि क्‍वारेन्टाइनमा बसाइएका १४ जनाको स्वाब संकलन गरिएको जिल्ला स्वास्थ्य संयोजक बोम अर्यालले जानकारी दिए। उनीहरु नेपाल–भारत नाकाको सुनौलीमा २८ दिन अलपत्र परेका थिए। उनीहरुमा नगरपालिकाका सात जना, मुसिकोट नगरपालिका तीन जना, छत्रकोट गाउँपालिकाका दुई जना, मदाने गाउँपालिकाका र चन्द्रकोट गाउँपालिकाका एक÷एक जना छन्। उनीहरु महेन्द्र मावि क्‍वारेन्टाइनमा १२ वैशाखबाट बस्दै आएका छन्।  त्यस्तै धुर्कोट गाउँपालिकाले ५३ जना भारतबाट आएका र एक जना काठमाडौंबाट आएकाको स्वाब संकलन गरेको छ।  धुर्कोट १ नयाँगाउँको खाल प्रावि क्‍वारेन्टाइनका १० जना, कालिका प्राविमा रहेका ३४ जना र वडा नं २ पिपलधाराको गणेश माविमा रहेका ९ जनाको स्वाब संकलन गरिएको स्वास्थ्य संयोजक प्रेम खनालले जानकारी दिए।  धुर्कोटका ५३ जना पनि सुनौली नाकामा अलपत्र परेपछि २८ दिन क्‍वारेन्टाइनमा राखिएको थियो। उनीहरुको आरडिटी परीक्षण नेगेटिभ आएपछि गाउँ आउन पाएका थिए।  आरडिटी रिर्पोट पोजेटिभ आएकाहरुलाई मात्र पिसिआर जाँच गर्ने गरिन्छ। तर उनीहरु लामो समय नाकामा बसेकाले पुन : पिसिआर जाँचका लागि नुमना संकलन गरिएको स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर भवानी शर्माले जानकारी दिए।  मंगलबार सवैको स्वाब संकलन गरिएकाले भैरहवामा परीक्षण गर्ने केमिकल अभाव भएपछि पोखरा पठाइएको शर्माले जानकारी दिए। भारतबाट आएकाहरु नेपाल र भारत गरेर ३९ दिनसम्म क्‍वारेन्टाइनमा बस्दै आएका छन्।
Share:

No comments:

Post a Comment

Radio Malarani 95.7 MHz LIVE

LIVE:

रेडियो मालारानी ९५.७ मेगाहर्ज

Blog Archive

Recent Posts