Corona update

जङ्गली च्याउ खाँदा अर्घाखाँचीमा एक जनाकाे ज्यान गयो, तीन जना बिरामी

 अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका ६ काे खिल्जीमा जङ्गली च्याउ खाँदा एक जनाको ज्यान गएको छ । जङ्गली च्याउ खाँदा अन्य तीन जना बिरामी परेका छन् ।
जङ्गली च्याउको पहिचान नगरि पकाएर खाएका चार जनामध्ये ३० वर्षीया रामकला महत्राको उपचारको क्रममा बुटवलको लुम्बिनी सीटी अस्पतालमा ज्यान गएको
 हो । 
जङ्गली च्याउ खाँदा मृतककी छोरी बिपा महत्रा, सासु् लालसरी महत्रा र देउरानी लक्ष्मी महत्रा बिरामी भएका छन् । तीनै जनाको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक  प्रकाश खत्रीले बताउनुभयो ।
समस्या जटिल देखिएपछि उनीहरुलाई बुटवल रिफर गरिएको अर्घखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार च्याउ खाएपछि लगातार पखाला लाग्ने र बान्ता आएपछि महत्रा परिवारले सन्धिखर्कको एक मेडिकलमा औषधि खरिद गरी सेवन गरेका थिए ।
समस्या झन् बढेपछि मात्र उनीहरु शनिबार अस्पताल आएका थिए । 
Share:

No comments:

Post a Comment

Radio Malarani 95.7 MHz LIVE

LIVE:

रेडियो मालारानी ९५.७ मेगाहर्ज

Blog Archive

Recent Posts