• On Radio Malarani 95.7 MHz

  • Malarani FM Technician Room

  • My picture On radio

  • My style On Radio

  • Me on Chasma

  • Radio ID card me

Corona update

गुल्मीको क्वारेन्टाइनमा रहेका एक युवाले आत्महत्या गरेका छन् ।


भारतको दिल्लीमा कार्यरत उनी कोरोना पछि बुधबार गुल्मी आएका हुन् । जिल्लाको छत्रकोट ४ दिगामका ५२ चन्द्र बहादुर परियार नाम गरेका ती युवकले हिजो राति ८:१५ मा आत्महत्या गरेका हुन्  उनी आफू बसेको क्वारेन्टाइनको बिधालय मुनि रहेको बारिको रुखमा झुन्डिएर आत्महत्या गरेको बताइएकाे छ । आर्थिक अबस्था कमजोर रहेका उनको आत्महत्याको कारण भने खुलेको छैन ।
Share:

अर्घाखाँचीको मालारानीका किसानहरुलाई कृषिमा भ्याईनभ्याई ।



दिपेन्द्र खत्री,
                 अर्घाखाँचीमा बैशाख देखि नै परेको बर्षाको कारण जिल्लाकाे मालारानी गाउँपालीका भित्र रहेका बिभिन्न ठाउँका किसानहरुलाई यति बेला कृषिमा भ्याईनभ्याई भएको छ। गत बर्षको तुलानामा जिल्लामा अत्यधिक बर्षा भएको र बर्षाका कारण खोलानालामा प्रसस्त पानि रहेकोले यस बर्ष धानको ब्याड राख्न,मकै राेप्न कुनै कठिनाइ नभएको मालारानी गाउँपालिका वडा नम्बर - ५ का पदम वहादुर खत्रीले बताउनु भएको छ। मालारानी गाउँपालीका काे मुख्य बाली धान साथै मकै खेति रहेको छ ,मालारानीका किसानहरु प्रयाए दिन नै खेतमा वारीमा व्यस्त रहेको देख्न सकिन्छ। यति बेलाकाे समयमा किसान ले धान रोपिने भएकोले मालारानी का कृषकहरु ब्याड राख्न भ्याइनभ्याई भएको बताउछन। धानको ब्याड राखेको तीन हप्तामा धान रोप्नका लागि तयार हुन्छ । मौसम प्रतिकुल भए साउनको पहिलो सातासम्म सबै खेतमा धान रोपाइँ सकिने गर्दछ । मालारानी गाउँपालीका वडा नः २ निवासी कृषक देब राज खत्री ले  भने, मनसुन समयमै सुरु भएको छ, अब त किसानलाई खाना खाने फुर्सद नै हुदैन । किसानहरु कुन जातको धान लगाउँदा उत्पादन बढ्छ भनेर परामर्श लिन कृषि ज्ञान केन्द्र पुग्ने गरेका छन् त कोही खेत खनजोतमा लागेका छन् भने कोही ब्याडका लागि मल जुटाउन व्यस्त रहेको बताउनु भएको छ।
Share:

एक छिमेकी अर्को छिमेकी सँग त्रास



दिपेन्द्र खत्री ,गुल्मी।
चिनको बुहान प्रान्तमा सन २०१९ डिसेम्बरमा पहिलोपटक देखिएको कोरोना भाइरस (Covid-19) यति बेला विश्ववका शक्तिशाली राष्ट्रहरु बेलायत, इटली, रुस, स्पेन अमेरिकालाई कोरोना नियन्त्रण र उपचार गर्न सकस भैरहेको छ ।
कतिपय समस्या र चुनौती यस्ता हुन्छन जुन चुनौतिले अवसरलाई पनि सङसङै लिएर आएका हुन्छन । त्यस्तै नेपालमा पनि काेराेना काे कहर वढि रहेकाे छ। नेपाल लकडाउन भएकाे पनि दुई महिना भन्दा माथी भई सक्याे,नेपालमा पहिलो पटक २०७६ माघ महिनामा देखिएको कोरोना आज सम्म आइपुग्दा ८८६ जनामा संक्रमण १८३ जना निको भई घर फर्किए भने ४ जनाको निधन भएको छ ।
नेपाल लकडाउन भऐपछि नागरीकमा त्रास छ,नागरीक ले अहिले छिमेकिकै घर लाई सत्रु काे घर सम्झने अवस्था अाऐकाे छ। अहिले भारतले नेपालको सुदुर पश्चिम प्रदेश अन्तर्गतको भूभाग लिम्पियाधुरा, कालापानी र लिपुलेख मिचेपछि सतहमा आएको राष्ट्रियताको बहसले सिमानामा पर्खाल लगाउनु पर्ने अभिमतलाई थप बल पुगेको छ ।
तर, सिमानामा पर्खाल लगाउँदा कति बजेट लाग्ला, त्यो सम्भव छ कि छैन । छ भने तारबार लगाउने बजेट कसरी जुटाउने भन्ने विषय एउटा गहन अध्ययनको बिषयको रुपमा चर्चा हुने गरेको छ । यतिबेला विश्वभर छरिएर रहेको नेपालको श्रमशक्ति क्रमश नेपाल भित्रिदै गरेको अवस्थामा यसलाई अवसरको रूपमा प्रयोग गर्दै उत्पादनशिल क्षमता भएका युवा बेरोजगारलाई ब्यवस्थापन गर्न सरकारले सिमामा पर्खाल लगाउन योजना अघि बढाउनु पर्दछ ।
कृषिको यान्त्रिकरण र ब्यवसायिकरण, उत्पादन प्रणालीमा सुधार गर्न सकियो र कृषकलाई मल, बीउ सिंचाइको प्रबन्ध गर्दै किसानले उत्पादन गरेका बस्तु उचित मुल्यमा सरकारले नै खरिद गर्ने गरि बजारीकरण गर्न सकियो भने आत्मनिर्भर, समुन्नत नेपाल निर्माण गर्न लामो समय कुर्नु नपर्ला कि ?
Share:

अर्घाखाँची जिल्लाका दुई जनामा काेराेना पाेजेटिभ देखिएकाे छ


बिजय के सी
 रेडियो मालारानी अर्घाखाँची
                  अर्घाखाँची जिल्लाका दुई जनामा काेराेना पाेजेटिभ देखिएकाे छ । प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको परिक्षणमा दुई जनामा काेराेना देखिएकाे हाे ।अर्घाखाँची जिल्लामा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतबाट आएका दुई जनामा कोरोना देखिएको हो । पाणिनी गाउँपालिकाको पालीमा रहेको क्वारेन्टाईनमा रहेका दुईमा कोरोना पुष्टि भएको अर्घाखाँची अस्पतालका प्रमुख डा. कपिल गौतमले जानकारी दिए । पालीको कमला माविमा रहेका क्वारेन्टाईनका दुई जनामा कोरोना देखिएको हो । प्रादेशिक प्रयोगशालामा गरिएको परिक्षणमा कोरोना देखिएको हो । अर्घाखाँचीमा पहिलोपटक कोरोना देखिएको हो । योसँगै अर्घाखाँचीमा त्रास सँगै सचेत हुनुपर्ने देखिएको छ । संक्रमितहरु स्वास्थ्यकर्मीको सम्पर्कमा छन ।
Share:

कोरोना सङ्क्रमित भेटिएका गुल्मीको मदानेमा ३० जनाको स्वाब सङ्कलन

गुल्मीमा पहिलो पटक ४१ वर्षीय एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएपछि मदाने गाउँपालिकामा अन्य ३० जनाकाे पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ ।
स्वास्थ्य कार्यालय गुल्मीमा प्रमुख डाक्टर भवानीप्रसाद शर्माको नेतृत्वमा गुल्मी अस्पतालका डाक्टर उत्तम पाच्यसहितकोे टोली मङ्गलबार मदाने गाउँपालिका ६ अन्तर्गत सङ्क्रमित क्षेत्र पुर्कोट दहमा पुगेर स्वाब सङ्कलन गरेको हो । 
स्वास्थ्यकर्मीहरुको टोलीले पहिलो चरणमा सङ्क्रमित व्यक्तिको परिवार र उनीसँग सम्पर्कमा रहेका व्यक्तिहरुको स्वाब सङ्कलन गरेकाे हाे । स्वाब परीक्षणका लागि मङ्गलबार नै भैरहवाको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइने तयारी गरेको डाक्टर शर्माले बताउनुभएको छ । 
सङ्क्रमणबाट उत्पन्न हुन सक्ने थप जोखिमलाई मध्यनजर गर्दै गाउँपालिकाले अर्को सूचना नगर्दासम्मका लागि सङ्क्रमित व्यक्तिको घर, उनले उपचार गराएको स्वास्थ्य क्लिनिक र मदाने गाउँपालिकालाई पूर्णरुपमा सिल गरिसकिएको छ ।
गाउँपालिकाले विज्ञप्ति जारी गरी पालिकावासीलाई धैर्य रहन र कोरोना भाइरसका विरुद्धका सुरक्षा उपाय तथा सतर्कता अपनाउनसमेत आग्रह गरेको मदाने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले बताउनुभएको छ । 
मदाने गाउँपालिका ६ अन्तर्गत पुर्कोट दहमा अध्यापन गराउँदै आउनुभएका एक शिक्षकमा सोमबार कोरोना पुष्टि भएकाे थियाे । जिल्ला सङ्कट व्यवस्थापन केन्द्र गुल्मीले सङ्क्रमित व्यक्तिको तत्कालै केस हिस्ट्री, ट्राभल हिस्ट्री र कन्ट्याक ट्रेसिङ गर्न गाउँपालिकालाई आग्रह गरेको छ ।
जिल्लाको मदाने गाउँपालिकामा एक व्यक्तिमा कोरोना सङ्क्रमण भएपछि अहिले गुल्मीवासीहरु त्रसित बनेका छन् । घटनाको जानकारी पाएपछि मदाने गाउँपालिका मङ्गलबार दिनभर सुनसान बनेको थियो । 
Share:

मालारानी गाउँपालिमा सर्बपक्षिय बैठक सम्पन्न लकडाउनलाई थप कडाई गर्ने निर्णय


बिजय के सी
 रेडियो मालारानी अर्घाखाँची
                                         गुल्मी जिल्लाको मदाने गाउँपलिका संग जोडिएको मालारानी गाउँपालिले सिमानामा स्वमसेबक परिचालन गरि आबजावतमा कडाइ गर्ने निर्णय भएको पालिका अध्यक्ष बालकृष्ण आचार्यले बताउनु भयो । गाउँपालिका भित्र रहेका राजनैतिक दलहरुको उपस्थीतीमा आज सर्बदलिय बैठक सम्पन्न भएको छ । बैठकले लकडाउनलाई कडा गर्ने निर्णय गरेको छ । यसै बिच मालारानी गाउँपलिका ३ नम्बर वडा कार्यालयमा वडा अध्यक्ष शोभाखर खनालको अध्यक्षतामा आज सर्बदलिय बैठक सम्पन्न गरेको छ । बैठकले मालारानी ३ मा लगडाउनलाई कडाई गर्ने निर्णय गरेको वडा अध्यक्ष शोभाखर खनालले जानकारी दिनु भयो । मालारानी २ भित्र अतिआव्यसक मेडिकल , एम्बुलेन्स मात्र सञ्चालन गर्न दिने निर्णय गरेको छ । खाद्यन पसलहरुपनि हप्ताको एक दिन सुक्रबार दिउसो ३ बजे देखी ६ बजे सम्म मात्र खोल्ने निर्णय गरेको छ । बैकहरुपनि हप्ताको १ दिन मात्र सामाजिक दुरी कायम राखेर सञ्चालन गर्ने निर्णय भएको छ । बितिय संस्थाहरुभने अर्को निर्णय नभए सम्म बन्द गर्ने निर्णय भएको छ ।

Share:

गुल्मीमा विष सेवनबाट गयाे वृद्धकाे ज्यान

दिपेन्द्र खत्री
                      विष सेवन गर्दा धुर्कोट गाउँपालिकामा आज एक वृद्धकाे मृत्यु भएको छ । धुर्कोट गाउँपालीका वडा नः२ वरजा का ८० वर्षीय कर्ण वहादुर वस्नेतकाे अाज राती करीब ३ वजे तिर विष सेवनवाट ज्यान गएको स्थानीय बासिन्दा सन्ताेष जि सी ले बताए ।
उनी अाफै पसलमा गएर शुक्रबार दिउँसो मुसा मार्ने विष किनेर घरमा ल्याएको उनका छाेरा अर्जुन वहादुर वस्नेत ले वताए,मृर्तक वृद्ध भऐकाले उनले अाखा खासै देख्दैनथे,उनले शुक्रबार साझ खाना खाई सकेपछि उनी सुत्न काेठामा गऐका थिए।विष संगै उनकाे ग्यास्टिक काे अाैषधि पनि संगै थियाे । ग्यास्टिककाे अाैषधी खाँदा विष खाएकाे परिवारकाे अासंखा छ।
गुल्मी जिल्लामा विष सेवन गर्नेकाे संख्या बड्दै गएकाे पाईएकाे छ। गएकाे बिहीबार पनी धुर्कोट गाउँपालिकामै एक बालकको विष सेवनकै कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार रावलले जानकारी दिनुभयाे।

Share:

कोरोना संक्रमितको उपचारमा संलग्न १० जनाको पिसीआरको नमुना संकलन


  बिजय के सी
 रेडियो मालारानी अर्घाखाँची
                                       जिल्लाको सन्धिखर्कमा उपचार पछि रिफर गरिएका व्याक्तिमा कोरोना पुष्टी भएपछि छाया पोली क्लिनीक  शिल गरिएको छ ।  गुल्मीको मदाने गाउँपालिका–६ पुर्कोटदहका ४१ वर्षिय शिक्षक उपचारको लागी बैशाख ३१ गते उपचारकोलागी सन्धिखर्क आएका थिए । सङ्क्रमण पुष्टि भएसँगै शिल गरिएको अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिए । ‘हामिले पोलिक्लीनि शिल गरेर उपचारमा संलग्न भएकाहरुको पिसिआर जाचँ गर्ने गरि तयारी गरेका छौ । ’ संक्रमित व्याक्तिमा निमोनिया देखीएपछि थप उपचारको लागी बुटवल रिफर गरेको पोलिक्लिीनका प्रमुख दलबहादुर के.सीले बताए ।‘संक्रमित व्याक्तिको एक्सरे गर्दा फोक्सोमा समस्या देखिएपछि बुटवल रिफर गरेका हौ । गौतमबुद्ध मुटु अस्पतालको एम्बुलेन्स अर्घाखाँची आएको रहेछ । त्यसैमा जानु भएको हो । ’ बुटवलको क्रिमसन अस्पतलामा उपचार गर्ने क्रममा जेष्ठ २ गते उनको पिसीआर संकलन गरिएको थियो सोमबार उनमा कोरोना संक्रमणको पुष्टी भएको छ । संक्रमितको उपचारमा संलग्न भएका डाक्टर सहित ९ जनाको अहिले स्वाब संकलन गरिएको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले बताए । ‘ संक्रमित व्याक्तिको उपचारमा संल्गन भएका डाक्टर सहित ९ जना स्वास्थ्यकर्मीको पिसीआर नमुना प्रदेशमा पठाएका छौ  । ’

संक्रमित व्याक्तिको घर शिल

गुल्मीको मदाने गाउँपालिका वडा नं ६ पुर्कोटमा संक्रमित व्याक्तिको घरमा अहिले शिल गरिएको छ । उनि संग सम्पर्कमा रहेकाहरुको खोजिकार्यलाई तिब्रता परिएपनि संक्रमण कसरी भयो भन्नेमा आफुहरु आश्चर्यमा परेको पालीका अध्यक्ष दानबहादुर के.सीले बताए । ‘उहाँ पेशाले शिक्षक हुनुहुन्छ । लकडाउनको समयमा भारत तथा अन्यमूलुकबाट आएकाहरु संग पनि प्रत्यक्ष सम्पर्कमा नभएको अबस्थामा संक्रमण देखीनुले आश्चर्यमा पारेको छ । मदाने गाउँपालिकालाई शिल गर्ने बिषयमापनि छलफल भएको अध्यक्ष केसीले बताए । गाउँपालिका भित्रने सम्पूर्ण नाकामा स्वमसेबकहरु परिचालन संगै हेल्थ डेक्स स्थापना गरिएको छ । मदाने गाउँपलिका अहिले भारत तथा कपिलबस्तुबाट आएका ९ जना क्वारेन्टाइनमा राखिएको छ । मदाने गाउँपलिका संग जोडिएको मालारानी गाउँपालिले सिमानामा स्वमसेबक परिचालन गरि आबजावतमा कडाइ गर्ने निर्णय भएको पालिका अध्यक्ष बालकृष्ण आचार्यले बताए । ‘कार्यपालिकाको बैठक बसेर सिमानाकामा कडाइ गर्ने गरि निर्णय गरेका छौ । अब स्वमसेबक शिक्षक र राजनैतिक दलसंग सम्बन्धीत रहेका भातृसंगठनहरुलाई समेत परिचालन गर्ने छौ । ’


Share:

गुल्मीको संक्रमित व्याक्तिको उपचार गरेर रिफर गरेको पृष्टी भएपछि अर्घाखाँचीको छायाँ पोलिक्लिनक शिल , रुपन्देहीको क्रिमसन अस्पतालपनि शिल गरियो


कोपिला आचार्य
                      सोमबार एकैपटक ५३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ३५७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गुल्मीमा पनि कोरोना संक्रमित देखिएको हो । गुल्मीमा १ जनामा कोरोना देखिएको हो । गुल्मीको मदाने गाउँपालिकाका एक जनामा कोरोना देखिएको पाईएको छ । संक्रमित व्याक्ति अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कको   छायाँ पोलिक्लिनकमा चेक गरेर बुटबल गएका थिए ।सङ्क्रमण पुष्टि भएसँगै छाया पोली क्लिनीक  शिल गरिएको अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिनु भयो । जेठ १ गते उपचारको लागि रुपन्देहीको मणिग्रामको लागी रिफर गरिएको थियो ।  जेठ २ गते  भैरहवामा रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा उनको स्वाब परीक्षण गरिएको थियो । उपचाररत बिरामीमा कोरोना पुष्टि भएपछि क्रिमसन अस्पताल पनि सिल गरिएको छ । उनको सम्पर्कमा आएकाहरुको स्वाब परीक्षण गर्नका लागि स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ । संक्रमिती व्याक्ति गुल्मीको मदाने गाउँपालिका–६ पुर्कोटदहका ४१ वर्षिय शिक्षकमा रहेको बताईएको छ  । कोरोना पुष्टि भएपछि थप उपचारका लागि उनलाई भैरहवास्थित भीम अस्पताल लगिएको छ । आजनै बाँकेमा मात्र ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमितहरु मध्ये ४६ जना पुरुष र एक महिला छन् । गुल्मीसँगै मोरङ, धनुषा, रौतहट, दाङ र धादिङमा १र१ जना गरी ६ जनामा पनि आजनै कोरोना संक्रमण पुष्टि भएको छ ।संक्रमितहरु १८ देखि ३६ वर्ष उमेर समूहका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

Share:

सन्धिखर्क हुँदै बुटवल पुगेका थिए, गुल्मीका संक्रमित


आज पहिचान भएका गुल्मीका काेराेना संक्रमित युवा अर्घाखाँचि हुँदै बुटवल पुगेकाे खुलेकाे छ ।
गुल्मिकाे मदाने गाउँपालिकाका उनी जिल्लाकाे छायाँ मेडिकल हलमा उपचारकाे लागि अाएकाे र यहीँबाट बुटवल पुगेकाे खुलेकाे हाे । मदाने गाउँपालिका निवासी शिक्षक पेशामा रहेका उनी ज्वाराेकाे विरामी भएपछि यहि जेठ १ गते सन्धिखर्क अाएका थिए ।“स्वास्थ्यमा समस्या भई छाया मेडिकलमा भर्ना भएका उनि ५/६ दिन अघि बुटवलमा रहेकाे क्रिमसन हस्पिटलमा रिफर गरिएकाे थियाे” जिल्ला स्वास्थ्य कार्यालयका सुचना अधिकार बिजय बिकले भने ” अर्घखाँची पनि असुरक्षित भैसक्याे, सचेत रहाैँ ।
Share:

बाँकेमा ४७ जनामा काेराेना पुष्टि, नेपालभर सङ्क्रमितकाे सङ्ख्या ३५७ पुग्याे


नेपालमा काेराेना सङ्क्रमितकाे सङ्ख्या तीन सय ५७ पुगेकाे छ । साेमबार एकैपटक ५३ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । 
मन्त्रायका अनुसार बाँकेमा मात्रे थप ४७ जनामा काेराेना पुष्टि भएकाे हाे । भेरी अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा बाँकेका ४६ जना पुरुष र एक जना महिलामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यस्तै साेमबार नै मोरङ, गुल्मी, धनुषा, रौतहट, दाङ र धादिङका एक/एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
यसअघि साेमबार बिहान रौतहटका आठ र बाराका एक जनामा कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको थियो । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको पनि मन्त्रालयले जनाएको छ ।
Share:

अर्घाखाँचीमा एकैदिन भारतबाट १८ जना भित्रिए


पछिल्लो समयमा कोरोनाको तिव्र जोखिममा परेको भारतबाट एकैदिन १८ जना भित्रिएको भूमिकास्थान नगरपालिकाका उपप्रमुख खडानन्द बेल्वासेले जानकारी दिए ।बेल्वासेका अनुसार आज भित्रिएका मध्ये १० जना अर्घाखाँची जिल्लाका र ८ जना छिमेकी प्यूठान जिल्लाका रहेका छन् । १० जना मध्ये ९ जना भूमिकास्थान नगरपालिकाका हुन भने एकजना मालारानी गाउँपालिकाका हुन् । जिल्ला भित्रिएका अर्घाखाँची जिल्लाका मानिसहरुलाई स्थानीय तहहरुले क्वारेन्टाईनको व्यवस्थापन गर्ने र प्यूठानका मानिसहरुलाई प्यूठान पठाउने तयारी भैरहेको बेल्वासेले पहिलो अपडेट डटकमलाई जानकारी दिएका छन् ।सिमानामा अपपत्र परेकाहरुलाई दुईओटा एम्वुलेन्स मार्फत अर्घाखाँची ल्याइएको हो ।
Share:

क्वारेन्टाईनमै बिरामी भए पछि एम्बुलेन्स नआईपुग्दै युवाको मृत्यु,



बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टिनमा बसेका एक युवकको आज मृत्यु भएको छ । गत वैशाख ३० मा भारतको मुम्बईबाट आएर क्वारेन्टिनमा रहेका २५ वर्षीय युवकको बिहान एक्कासि स्वास्थ्यावस्था असामान्य भएपछि क्वारेन्टिनमै मृत्यु भएको गाउँपालिका नरैनापुरका स्वास्थ्य शाखा संयोजक मोइन खानले बताउनुभयो ।
उहाँका अनुसार बिरामीलाई उपचारका लागि अस्पताल लैजान एम्बुलेन्स बोलाइए पनि एम्बुलेन्स पुग्नुअगावै युवककोे मृत्युु भएको थियो । क्वारेन्टिनमा बसेका युवकको मृत्यु भएपछि नरैनापुरवासी त्रसित हुन पुगेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले रातिदेखि स्वास्थ्यमा समस्या देखिएकामा बिहान करिब ६ बजे युवकको मृत्यु भएको जानकारी दिनुभयो । कोरोना परीक्षणका लागि मृतक युवकको स्वाब शनिबार नै सङ्कलन गरिसकिएकाले आजै रिपोर्ट आउने उहाँको भनाइ छ ।
एकैदिन आठ सङ्क्रमित भेटिएको नरैनापुरमा सङ्क्रमितको सम्पर्कमा आएका २६३ जनाको शनिवार स्वाब सङ्कलन गरिएको छ । पहिलो चरणमा सङ्क्रमित आठ जनाको सम्पर्कमा आएका २८४ जनाको कोरोना परीक्षणको लागि स्वाब सङ्कलन गर्न नेपालगञ्जबाट स्वास्थ्य टोली खटिए पनि शनिबार २६३ जनाको सङकलन गरिएको जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत एवम् कोरोना फोकल पर्सन श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार पहिलो चरणमा नरैनापुरका विभिन्न स्थानमा क्वारेन्टिनमा राखिएका र सङ्क्रमितको सम्पर्कमा आएका २८४ जनाको स्वाब सङ्कलन गरिँदैछ । यसक्रममा आवश्यकताका आधारमा थप आशङ्कितको पनि स्वाब सङ्कलन गर्न सकिने छ । भारतबाट आएका व्यक्तिमा सङ्क्रमण देखिएकाले अन्यत्र फैलिन नदिन सजगता अपनाइएको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताउनुभयो । उहाँले भारतबाट आएका नागरिकबाट कोरोनाको जोखिम रहेकाले परीक्षण गर्नगराउन गाउँपालिकावासीलाई आग्रहसमेत गर्नुभयो ।
राप्तीपारि दक्षिणपूर्व भारतसँग सीमा जोडिएको नरैनापुरको सीमामा भारतका विभिन्न शहरमा मजदूरी गर्न गएका स्थानीयवासी अलपत्र परेपछि गाउँपालिकाले उद्धार गरेर क्वारेन्टिनमा राखेको छ । गत बुधबार जिल्ला स्वास्थ्य कार्यालय नेपालगञ्जबाट खटिएको स्वास्थ्य टोलीले त्यहाँ शङ्कास्पद ४५ जनाको स्वाब नमूना सङ्कलन गरी भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परीक्षणमा नरैनापुर १, ३ र ५ निवासी १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षीय आठ पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
हाल नरैनापुर गाउँपालिकामा निर्माण भएका ११ क्वारेन्टिनमा रहेका ६४१ नेपाली सबै भारतबाट आएका हुन् । पछिल्लो समयमा भारतका विभिन्न ठाउँमा बाँके प्रवेश गर्नेमा नरैनापुरका बढी छन् । भारतका विभिन्न शहरमा मजदूरी गर्न गएका स्थानीयवासी सीमामा अलपत्र परेपछि गाउँपालिकाले उद्धार गरेर क्वारेन्टिनमा राखेको छ । नरैनापुरका सङ्क्रमित आठै जनालाई उपचारका लागि दाङको बेलझुण्डीस्थित प्रदेश सरकारको कोरोना विशेष आइसोलेशन अस्पतालमा पठाइएको छ । बाँकेमा सङ्क्रमित ३३ पुगेसँगै यहाँका अन्य स्थानीय तहले सतर्कता अपनाएका छन् ।
क्वारेन्टिन भरिभराउ
बाँकेका स्थानीय तहले सञ्चालन गरेका क्वारेन्टिन भारतबाट फर्किएका नेपालीले भरिभराउ भएका छन् । भारतीय सीमावर्ती क्षेत्रमा अलपत्र नेपालीलाई मुख्य नाकाबाटै स्थानीय प्रशासनले नेपाल भित्र्याएपछि क्वारेन्टिनमा बस्ने ह्वात्तै बढेको हो ।
भारतबाट आउने नेपालीको चाप बढ्दै गएपछि यहाँका स्थानीय तहले क्वारेन्टिन बढाएका छन् । बाँकेमा अहिले ४१ क्वारेन्टिनमा एक हजार १२६ जना बसिरहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अधिकृत श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार एक हजार ७३ पुरुष र ५३ महिला बाँकेका क्वारिन्टनमा रहनुभएको छ । नरैनापुरमा शुक्रबार मात्रै भारतबाट आएका आठ जनामा कोरोना सङ्क्रमण फेला परिसकेको छ ।
भारतसँग सीमा जोडिएको डुडुवा गाउँपालिकामा निर्माण भएका पाँच क्वारेन्टिनमा १६८ जना बसिरहेका छन् । खजुरा र बैजनाथ गाउँपालिकामा सातसात क्वारेन्टिन छन् । खजुरामा २४ र बैजनाथमा ३० नेपाली क्वारेन्टिनमा रहेको फोकल पर्सन श्रेष्ठले जानकारी दिनुभयो ।
राप्तीसोनारी गाउँपालिकाका चार क्वारेन्टिनमा ३९, नेपालगञ्ज उपमहानगरपालिकाका दुई क्वारेन्टिनमा ११९, कोहलपुर नगरपालिकाका दुई क्वारेन्टिनमा २३, जानकी गाउँपालिकाका दुई क्वारेन्टिनमा २३ र नेपाली सेनाले बनाएको क्वारेन्टिनमा ७४ जना बसिरहेको उहाँको भनाइ छ ।
नरैनापुर गाउँपालिकाका अध्यक्ष शाहले भारतबाट घर फर्किने नेपाली बढ्दै गएकाले क्वारेन्टिन व्यवस्थापनमा समस्या हुँदै गएको बताउनुभयो । उहाँले अब प्रदेश र केन्द्रीय सरकारले सहयोग नगरे क्वारेन्टिन सञ्चालन गर्न कठिन हुने गुनासो पनि गर्नुभयो ।
Share:

नेपालमा कोरोनाबाट पहिलो मृत्यु


 बिजय के सी
               काभ्रेको धुलिखेल अस्पतालमा सुत्केरीको कोरोनाको कारण नै ज्यान गएको सरकारले पुष्टि गरेको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नम्बर ९ राम्चेकी सुत्केरीको कोरोनाका कारण ज्यान गएको सरकारले पुष्टि गरेको हो ।वाग्मती प्रदेश सरकारका सामाजिक विकास मन्त्री युवराज दुलालले फेसबुकमार्फत ती सुत्केरीको कोरोनाका कारण ज्यान गएको पुष्टि गर्नुभएको हो । 
उहाँले ती सुत्केरीको कोरोनाका कारण नै ज्यान गएको चिकित्सकीय अनुसन्धानको निष्कर्ष आएको जानकारी दिनुभयो । उहाँका अनुसार अहिले धुलिखेल अस्पताल र बाह्रबिसे नगरपालिका वडा नम्बर ६ सिल गरिएको छ । ती ठाउँमा भोली विज्ञ प्राविधिक टोलीले कन्ट्याक ट्रेसिङ गरी आवश्यक सबैको पीसीआर परीक्षण गर्ने सरकारको तयारी छ ।
नेपालमा आज थप ११ जनामा कोरोना पुष्टि भएसँगै सक्रमितको सङ्ख्या २ सय ७८ पुगेको छ । ३६ जना निको भएका छन् ।
Share:

मालारानी गाउँपालिकाले गरेका गतिबिधि सार्बजनिक गर्न बुलेटिन प्रकाशन

बिजय के सी
मालारानी गाउँपालिकाले आफना गतिबिधीहरुलाई सार्बजननिक गर्नको लागी बुलेटिन प्रकाशन गरेको छ । प्रत्येक २ महिनाको अन्तरमा बुलेटिन प्रकाशन गर्ने गरि तयारी गरिएको पालिकाका प्रमुुख प्रशासकीय अधिकृत बिष्णु घर्तिले जानकारी दिनु भयो । चैत र बैशाख महिनाको कोरोना बिशेष बुलेटिन आज प्रकाशन गरिएको छ । १२ पृष्ठको उक्त बुलेटिनमा कोराना रोकथामका लागी पालिकाले गरेको प्रयास , सहयोग गर्ने सहयोग दाताहरुको नामावलीसमेत प्रकाशन गरिएको छ । भने कोरानो सम्बन्धी लेख रचानाहरु समेत समाबेश गरिएको छ । उक्त प्रकाशनले पालिकाले गरेका गतिबधिहरुलाई आम जनतालाई जानकारी प्रधान गर्न सक्ने बिश्वास लिएको पालिका अध्यक्ष बालकृष्ण आचार्यले बताउनु भयो ।
Share:

गुल्मीमा विष सेवनबाट एक बालकको मृत्यु

बिजय के सी
                 विष सेवन गर्दा गुल्मीको धुर्कोट गाउँपालिकामा आज एक बालकको मृत्यु भएको छ । धुर्कोट – ४ जैसीथोकका चार वर्षीय प्रशान्त पोख्रेलको दिउँसो विष सेवनवाट ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार रावलले जानकारी दिए ।आमा बाहिर काममा गएका समयमा हजुरआमासँगै घरमा बसेका उनले घर बाहिर खेल्दै जाने क्रममा भाँडा माझ्ने ठाउँमा जुम्रा मार्नका लागि राखिएको विष खाएको प्रहरी निरीक्षक रावलले बताए । विष सेवनवाट बेहोश बालकको उपचारका क्रममा जिल्ला अस्पताल तम्घासमा मृत्यु भएको हो ।
Share:

गुल्मी जिल्ला सिल भएकाे निर्णय संगै स्थानीयमा त्रास!



 दिपेन्द्र खत्री:जेष्ठ १ गुल्मी,
                                     विस्वभर महामारीको रुप लिएको कोभिड १९ को कारण सरकारले विभिन्न सुरक्षासतर्कता अपनाइरहेको छ।कोरोना भाइरसको कहर संसारभरी जारी भईरहेका वेला गुल्मी का छिमेकी जिल्लाहरू  :प्युठान ,वाग्लुङ ,मा काेराेनाकाे प्रभाब केहि मात्रमा रहेकाे र गुल्मी काे छिमेमी जिल्ला अर्घाखाँची र अर्घाखाँची काे छिमेकी जिल्ला कपिलवस्तु रहेकाे ले  कपिलवस्तुमा कोरोना संक्रमित बढ्दै गएपछि गुल्मी पनी उच्च जोखिममा रहेकाले जिल्ला प्रशासनले जिल्लालाई पूर्णरुपमा अाज बिहान :६ वजेदेखी  जेष्ठ ५:गतेकाे राती मध्यन्तर सम्मकाे लागि सिल गरेकाे छ।
अर्घाखाँची काे छिमेकी जिल्ला कपिलवस्तुका विभिन्न क्षेत्रमा सक्रमित भेटिए पछि अर्घाखाँचीमा पनि पहिलेनै सत्रर्कता अपनाइएको हाे ।तर अाज देखि गुल्मी पनि जेष्ठ :५सम्म सिल गरिएकाे छ।गुल्मी मा अन्य जिल्ला भित्रवाट अाउन राेक लगाईएकाे साथै सिमा क्षेत्रमा सुरक्षा कर्मी खटाइएको छ।जिल्ला भित्र पनि अत्यावश्यक बाहेक अन्य काम मा हिड्न राेक लगाएकाे छ।

स्थानीय त्रास:
गुल्मीकाे रे, न, पा, ८ कि स्थानीय बासिन्दा सीता जि सी ले भन्छिन्  विस्वभर महामारीको रुप लिएको कोभिड १९ काे कारण विस्व नै त्रास भईकाे छ,तर हाम्रो जिल्ला का छिमेकी जिल्ला मा काेराेना संक्रमणको संख्या बढ्दै गएपछि हामी मा पनि धेरै त्रास बनेको छ।

त्यस्तै गुल्मीको धुर्काेट गाउँपालीका वडा नः२ का बासिन्दा हरिकुमार जि सी भन्छन,म अहिले ५५ वर्ष काे भए तर मईले यस्तो राेग थाहा पाऐन,अज देखि गुल्मी सिल भएसंगै डर लाकाे छ,कतै हाम्रो जिल्ला पनि काेराेना ले छुनिता हैन!

त्यस्तै रे,न,पा :४ का स्थानीय ले भन्छन,संक्रमणको संख्या बढ्दै गएपछि जिल्ला सिल भयाे हाे,तर हाम्रो छिमेकी जिल्ला मा संक्रमणको संख्या बढ्दै गएकाे छ।जस्ले मनमा विभिन्न किसीमका कुरा खेल्न थाल्छन,के नेपाल पनि ईट्ली जस्तै हुने हाे।

संक्रमणको संख्या बढ्दै गएपछि गुल्मी उच्च जोखिममा रह्यो, सतर्कता अपनाउन आउजाउ पूर्णरुपमा रोक्ने, लकडाउन प्रभावकारी बनाउने र सीमा क्षेत्रमा कडाई गर्ने निर्णय गरेकाे जानकारी हिज जिल्ला प्रशासन कार्यलय गुल्मी  वाट प्रत्त भएकाे हाे।
Share:

गुल्मी जिल्ला ५ दिनका लागि सिल

बिजय के सी
                    प्रदेश नम्बर ५ का जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै गुल्मी जिल्ला पाँच दिनका लागि सिल हुने भएको छ ।  जिल्ला प्रशासन कार्यालय गुल्मीले बिहीबार बिहान ६ बजेदेखि ५ गते मध्यरातिसम्म जिल्ला सिल गर्ने जनाएको छ । एम्बुलेन्स, शव वाहन, मृत्यु संस्कार, विद्युत्, सञ्चार  र इन्धनबाहेकका गाडी जिल्ला भित्रन र बाहिरिन नदिने स्थानीय प्रशासनले जनाएकाे छ । बिरामी भएको अवस्थाबाहेक सर्वसाधारण घरबाहिर ननिस्कने, सहकारी र वित्तीय संस्था बन्द हुनेछन् । अत्याश्यक सामग्री किन्नको लागि बिहान ११ बजेदेखि १ बजेसम्म सामाजिक दुरी कायम गरेर पसल खोल्न मिल्ने प्रमुख जिल्ला अधिकारी भरत शर्माले प्रकाशित गर्नुभएकाे विज्ञप्तिमा उल्लेख छ । 

Share:

अर्घाखाँचीमा आज देखी लकडाउनमा कडाई जिल्ला प्रबेशमा रोक


अर्घाखाँची जिल्लामा आज देखी लकडाउनलाई कडाइ गरेको बताएको छ । छिमेकि जिल्ला कपिलबस्तु र रुपन्देहीमा कोरोना संक्रमित बढेपछि अर्घाखाँची जिल्ला उच्च जोखिममा रहेको छ । जिल्लाबाट अत्य आव्यकस कामको लागी पास बाहेक जिल्ला प्रबेशका रोक लगाइएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । जिल्लामा पछिल्लो समय भारतीय नाकाबाट रातको समयमा भित्रने गरेको समेत पाइएको छ । यसरी जिल्ला भित्रनेहरु स्थानीय तहको सम्र्पकमा समेत नजानेहुदाँ सक्रमण फैल्न सक्ने जोखिम समेत बढेको छ ।
Share:

खनदह क्वारेन्टाइनमा रहेका ९३ जनाको पिसिआर जाँच को नतिजा नेगेटिभ


बिजय के सी
अर्घाखाँची मालारानी गाउँपालिकाको खनदह क्वारेन्टाइनमा रहेका ९३ जनाको पिसिआर जाँच को नतिजा नेगेटिभ आएको छ । भारतमा रोजगारीको शिलशिलमा रहेकाहरुसुनौली नाकामा अलपत्रपरेकाहरुलाई उद्धार गरि क्वारेन्टाईनमा राखिएको थियो । पिसिआर जाचँको नतिजाजनान ९२ जनाको हिजो रिपोट नेगेटिभ आएको मालारानी गाउँ पालिकाका स्वास्थ्य सयोजक भबिश्वर खनालले बताए । त्यसतै क्वारेन्टाइनमा बसेका एकजनाको स्वास्थ्य समस्या बढेपछि काठमाण्डौ रिफर गरिएको थियो उनको पनि पिसीआर चेक जाचँ गर्दा नेगटिभ आएको थियो ।
भने १ जना चेक अप गर्न समयमा उपस्थित नहुँदा पाणिनी गाउँपालिका पुगेर अर्को दिन नमुना संकलन गरेकोले रिपोर्ट आउन बाकी रहेको मालारानी गाउँपालिकाले जनाएको छ । २६ दिन भारतको क्वारेन्टाइन बसेर गाउँपालिकाको क्वारेन्टाइनमा बसी पिसीआर जाचँ गरि घर जान पाएकोमा खुसी लागेको क्वारेन्टाइनमा बसेकाहरुले बताएका छन । क्वारेन्टीनमा रहदाँ मालारानी ३ खनदहका १० जना युबाहरुले स्वमसेबकाको रुपमा खटिएर काम गरेका थिए ।
Share:

पिपलधाराका १४ बर्षिय बालक दिल्लीमा अलपत्र परे

☞दिपेन्द्र खत्री☜

गुल्मी धुर्काेट गाउँपालीका वडा न:२ पिपलधाराका का १४ बर्षिय बालक सागर जि,सी दिल्लीमा अलपत्र परेका छन।जि सी कसरी दिल्ली गए भन्ने विषयकाे वारेमा खुल्लसा भएकाे छैन,उनी करिव दुई,तीन महिना अगाडि भारत पसेका थिए,भने उनी संगै आयका आफन्त र साथी हरू सवैले साथ छाेडेपछि उनी दिल्लीमा अलपत्र परेका हुन,जि सी राेडमा धुम्दै गरेकाे अवस्थामा एक जना भारतीय समाज सेवि राकेश शर्मा ले उनलाई देखेर आफु संगै आफ्नाे साथमा राखेकाे जानकारी Dc nepal वाट आएकाे छ।
जि सी संग Dc nepal का संचारकर्मी ले कुरा गर्दा आफ्नाे घर गुल्मी जिल्ला धुर्काेट गाउँपालीका वडा नः२ पिपलधारा वताईएकाे छ,साथै उनका बुबा,आमा नभएकाे र घरमा ४ बर्षिय सानी बहिनी र १० वर्षको सानाे भाइ मात्र रहेकाे खुल्लसा गरेका छन।
Share:

थप १० जनामा भेटियो कोरोनाभाइरस, संक्रमितको संख्या १२० पुग्यो


नेपालमा फेरि  थप १० जना कोरोनाभाइरस संक्रमित फेला परेका छन् । कपिलवस्तुका १० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कविलवस्तुको यशोधरा गाउँपालिका–५ र बुद्धभूमि नगरपालिका– ७ र १० नम्बर वडाका १० जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो । संक्रमितहरुमा १८, १९, २०, २० २४, ३०, ३१, ३४ र ३४ वर्षकै पुरुष रहेका छन् । यस्तै एक जनाको भने उमेर नखुलेको मन्त्रालयले जनाएको छ । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२० पुगेको छ भने त्यसमध्ये ३३ जना निको भएर घर फर्किइकेका छन् ।
Share:

गुल्मीका ६८ जनाको स्वाब पोखरा पठाइयो


रेसुंगा नगरपालिका र धुर्कोट गाउँपालिकाका ६८ जनाको स्वाब पिसिआर जाँचका लागि संकलन गरी पोखरा पठाइएको छ।   भारतबाट आई नगरपालिकाको महेन्द्र मावि क्‍वारेन्टाइनमा बसाइएका १४ जनाको स्वाब संकलन गरिएको जिल्ला स्वास्थ्य संयोजक बोम अर्यालले जानकारी दिए। उनीहरु नेपाल–भारत नाकाको सुनौलीमा २८ दिन अलपत्र परेका थिए। उनीहरुमा नगरपालिकाका सात जना, मुसिकोट नगरपालिका तीन जना, छत्रकोट गाउँपालिकाका दुई जना, मदाने गाउँपालिकाका र चन्द्रकोट गाउँपालिकाका एक÷एक जना छन्। उनीहरु महेन्द्र मावि क्‍वारेन्टाइनमा १२ वैशाखबाट बस्दै आएका छन्।  त्यस्तै धुर्कोट गाउँपालिकाले ५३ जना भारतबाट आएका र एक जना काठमाडौंबाट आएकाको स्वाब संकलन गरेको छ।  धुर्कोट १ नयाँगाउँको खाल प्रावि क्‍वारेन्टाइनका १० जना, कालिका प्राविमा रहेका ३४ जना र वडा नं २ पिपलधाराको गणेश माविमा रहेका ९ जनाको स्वाब संकलन गरिएको स्वास्थ्य संयोजक प्रेम खनालले जानकारी दिए।  धुर्कोटका ५३ जना पनि सुनौली नाकामा अलपत्र परेपछि २८ दिन क्‍वारेन्टाइनमा राखिएको थियो। उनीहरुको आरडिटी परीक्षण नेगेटिभ आएपछि गाउँ आउन पाएका थिए।  आरडिटी रिर्पोट पोजेटिभ आएकाहरुलाई मात्र पिसिआर जाँच गर्ने गरिन्छ। तर उनीहरु लामो समय नाकामा बसेकाले पुन : पिसिआर जाँचका लागि नुमना संकलन गरिएको स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर भवानी शर्माले जानकारी दिए।  मंगलबार सवैको स्वाब संकलन गरिएकाले भैरहवामा परीक्षण गर्ने केमिकल अभाव भएपछि पोखरा पठाइएको शर्माले जानकारी दिए। भारतबाट आएकाहरु नेपाल र भारत गरेर ३९ दिनसम्म क्‍वारेन्टाइनमा बस्दै आएका छन्।
Share:

विद्यार्थी भर्ना, परीक्षा र पठनपाठन नगराउन निर्देशन

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले कोरोना भाइरसको सङ्क्रमण फैलिएको वर्तमान अवस्थामा तत्काल विद्यार्थी भर्ना नगर्न, शुल्क नलिन, औपचारिक पठनपाठन र परीक्षा सञ्चालन नगर्न/नगराउन निर्देशन दिएको छ । 
समितिको बुधबार बसेको बैठकले देशभर कोरोना सङ्क्रमणको आँकलन नगरि सामान्य अवस्था नभएसम्म विद्यार्थी भर्ना नगर्न, औपचारिक पठनपाठन सञ्चालन नगर्न र परीक्षा सञ्चालन नगर्न÷नगराउने व्यवस्था गर्नका लागि शिक्षा मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो । 
बैठकमा सांसदहरुले केही निजी विद्यालयले विद्यार्थी भर्ना लिन सुरु गरेको, अनलाइन कक्षा सुरु गरेको, शुल्क लिन थालेको भन्ने गुनासो सुनिएकाले यसलाई तत्काल रोक्नुपर्ने बताएका थिए । साथै उनीहरूले देशको सबै क्षेत्रमा सूचना प्रविधिको पँहुच नपुगेको र सबै विद्यार्थीको आर्थिक हैसियत पनि नपुग्ने भन्दै अनलाइन कक्षामार्फत पठनपाठन सुरु गरे विद्यार्थीमाथि पक्षपात व्यवहार हुने विचार व्यक्त गरेका थिए । 
यद्यपि उनीहरूले अनलाइनमार्फत शिक्षक र विद्यार्थीबीच अन्तक्र्रिया गरी सिर्जनशील बनाउन सिकाउने, बालबालिकालाई व्यस्त बनाउन सकिने धारणा व्यक्त गरेका थिए । बैठकले कोरोना सङ्क्रमणको कारण एसईई, कक्षा ११ र कक्षा १२ को परीक्षा सञ्चालन हुने अवस्था नदेखिएको निष्कर्ष निकाल्दै तत्काल परीक्षा सञ्चालन नगराउनसमेत निर्देशन दिएको छ । 
बैठकले सम्बन्धित विज्ञसँग आवश्यक परामर्श र छलफल गरी विद्यार्थीको भर्ना, पठनपाठन र परीक्षा सञ्चालन गर्नेबारेमा विस्तृत खाका बनाउनसमेत मन्त्रालयलाई निर्देशन दिएको छ । 
समिति सभापति जयपुरी घर्तीको अध्यक्षतामा भएको बैठकमा सांसद खगराज अधिकारी, चित्रलेखा यादव, जीवनराम श्रेष्ठ, गगनकुमार थापा, नवीना लामा, भैरवबहादुर सिंह, सुरेशकुमार राई, अन्जना विशंखे, नमिता चौधरीलगालयतले आफ्ना धारणा व्यक्त गरेका थिए ।  
Share:

पाल्पामा जंगली च्याउ खाँदा एकै परिवारका ७ जना बिरामी


जंगलबाट ल्याएको च्याउ खाँदा पाल्पामा एकै परिवारका ७ जना बिरामी भएका छन् ।  
तिनाउँ गाउँपालिका वडा नम्बर ३, दोभानका एकौ परिवारका अमरदीप बीसी, माया बीसी, कृष्णा सुनार, निलमाया सुनार, दिलिप सुनार, रेखा सुनार र थमन सुनार बिरामी भएको वडाध्यक्ष प्रेम पाण्डेयले जानकारी दिनुभयो । घर नजिकैको जंगलबाट घर ल्याएको च्याउ खाएसँगै उनीहरुलाई झाडाबान्ता हुन,े रिंगटा लाग्ने जस्ता लक्षण देखिएपछि बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको हो । 
अस्पतालमा भर्ना गरेर उनीहरुको उपचार भैरहेको छ ।
Share:

जंगली च्याउ खाँदा अर्घाखाँचीमा आमाछोरीको ज्यान गयो


अर्घाखाँची - भुमिकास्थान नगरपालिका वडा नम्बर-६, खिल्जीमा जंगली च्याउ खाँदा आमा छोरीको ज्यान गएको छ । 
आइतबार ज्यान गुमाएकी रामकला महत्राकी ७ वर्षीय छोरी बिपा महत्राको उपचारको क्रममा सोमबार राति ज्यान गएको हो । जंगली च्याउको पहिचान नगरी पकाएर खाएका ४ जनामध्ये ३० वर्षीया रामकला महत्राको गएको आइतबार उपचारको क्रममा बुटवलको लुम्बिनी सिटी अस्पतालमा ज्यान गएको थियो ।
छोरी बिपा महत्राको भैरहवा मेडिकल कलेजमा सोमबार राति ज्यान गएको मृतकका मामा हुमबहादुर रायमाझीले बताउनु भयो । 
जंगली च्याउ खाँदा आमाछोरीको दुई दिनको अन्तरमा ज्यान गएको छ । च्याउ खानेमध्ये लालसरी महत्रा र लक्ष्मी महत्रा बिरामी छन् । दुवै जनाको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनु भयो । 
च्याउ खाएपछि लगातार पखाला लाग्ने र बान्ता आएपछि महत्रा परिवारले सन्धिखर्कको एक मेडिकलमा औषधि किनेर खाएका थिए । समस्या झन् बढेपछि मात्र उनीहरु शनिबार अर्घाखाँची अस्पताल आएका थिए । 
समस्या जटिल देखिएपछि बुटवल रिफर गरिएकोमा दुई जनाको ज्यान गएको र दुई जनाको उपचार भइरहेको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले बताउनु भयो  ।
Share:

स्वदेश फर्किन नपाएपछि भारतको क्वरेण्टीनमा जन्माइन् बच्चा, नेपालीलाई बासी खाना र प्रहरीको लट्ठी


आफ्नो देश फर्किन नपाएपछि नेपाल-भारत सीमामा रहेको क्वरेण्टीनमा एक महिलाले बच्चा जन्माएकी छन् । भारतबाट चैत १४ गते स्वदेश फर्किंदै गर्नुभएकी बझाङको थलारा गाउँपालिकाकी हर्कलादेवी दाहालले बच्चा जन्माउनुभएको हो ।  दाहालले भारतको रामपुर भन्ने ठाउँमा वैशाख १० गते बच्चा जन्माउनुभएको उहाँका श्रीमान जीवन दाहालले बताउनुभयो । आमा र बच्चाको अवस्था निकै कमजोर हुन थालेको श्रीमान दाहालको भनाइ छ । खान र बस्न उचित व्यवस्था नभएको कारण बच्चा र आमाको स्वास्थ्य कमजोर हुँदै गएको दाहालले बताउनुभयो । 
‘मात्र बिहान र बेलुका दुई छाक खान दिइएको छ । त्यो पनि धेरैजस्तो बासी, सडेगलेको  र चिसो खान खानुपर्ने बाध्यता छ । जसको कारण बच्चा र आमा दुबै बिरामी भएका छन्,’ दाहालले भन्नुभयो । सुत्केरी महिलासँगै क्वरेण्टीनमा रहेका थलारा गाउँपालिकाका अन्य ९२ जनाको अवस्था पनि उस्तै छ । क्वरेण्टीनमा बढी महिला र बालबालिका रहेका छन् । 
उनीहरुको अवस्था दिनानुदिन कमजोर हुँदै गएको स्थानीय भरतबहादुर थापाले बताउनुभयो । ‘न खानेपानीको व्यवस्था छ, न बस्ने राम्रो प्रबन्ध नै । त्यसमा झन् ५ वर्ष मुनिका बालबालिका, गर्भवती, सुत्केरी महिला र वृद्धवृद्धाहरुलाई जोखिम बढ्दै गएको छ,’ थापाले भन्नुभयो । नाममात्रको क्वरेण्टीन छ । बाथरुमको फोहोर पानी पिउनुपर्ने बाध्यता छ । त्यो पनि बत्ती नआएको दिन पानी आउने गरेको छैन ।
बालबालिकाले खाना खानेबित्तिकै बान्ता गर्न थालेका छन् । खाना राम्रो नभएको कारण खानेबित्तिकै सबैलाई बान्ता हुने गरेको उनीहरुले गुनासो गरे । बिरामी भएर औषधिको माग गर्दा तपाईंहरुको सरकारले के दिएको छ ? हाम्रो सरकारले तपाईंहरुलाई खाना खुवाएको छ । यत्रो व्यवस्था गरेको छ । तपाईंहरुको सरकारले तपाईंहरुलाई लग्न मान्दैन भन्दै भारतीय प्रहरीले बेइज्जती र गाली गर्ने गरेको उनीहरुले दुखेसो पोखे । कसैलाई यस बारेमा जानकारी गराउँदा त्यहाँको प्रहरीले लट्ठी भाँचिदासम्म हानेको उनीहरुले बताए ।  
आफूहरुले जिताएका जनप्रतिनिधि, सांसद र पार्टीका सामान्य कार्यकर्ताहरुलाई समेत यसबारे बारम्बार जानकारी गराउँदा ५ हजार भारतीय रुपैयाँभन्दा बढीको रिचार्ज सकिएको र आफूहरुसँग अब फोन गर्ने पैसा पनि नभएको उनीहरुले गुनासो गरे । 
क्वरेण्टीनमा १४ दिनसम्म ठिकै व्यवहार गरेको भएपनि त्यसपछि भने तपाईंहरुको सरकारले तपाईंहरुलाई लिन आउँदैन भन्दै गालीगलौज र अपहेलना गरेको उनीहरुले तितो पोखे । 
नेपालमा फर्किन पाए सरकारको नियम पूर्ण पालना गर्नुका साथै आफूहरु आफ्नो देशमा जे पनि सहन तयार रहेको उनीहरुको भनाइ छ । स्वदेशमा चौपाया बाँध्ने गोठमा पनि बस्न आफूहरु तयार रहेको भन्दै उनीहरुले उद्धार गर्न नेपाल सरकारलाई अनुरोध गरेका छन् । आफ्नो देशमा केही खान नपाएपनि सफा पानी पिएर बाँच्ने इच्छा रहेको भारतको क्वरेण्टीनका रहेकाहरुको भनाइ छ । 
Share:

जङ्गली च्याउ खाँदा अर्घाखाँचीमा एक जनाकाे ज्यान गयो, तीन जना बिरामी

 अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका ६ काे खिल्जीमा जङ्गली च्याउ खाँदा एक जनाको ज्यान गएको छ । जङ्गली च्याउ खाँदा अन्य तीन जना बिरामी परेका छन् ।
जङ्गली च्याउको पहिचान नगरि पकाएर खाएका चार जनामध्ये ३० वर्षीया रामकला महत्राको उपचारको क्रममा बुटवलको लुम्बिनी सीटी अस्पतालमा ज्यान गएको
 हो । 
जङ्गली च्याउ खाँदा मृतककी छोरी बिपा महत्रा, सासु् लालसरी महत्रा र देउरानी लक्ष्मी महत्रा बिरामी भएका छन् । तीनै जनाको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक  प्रकाश खत्रीले बताउनुभयो ।
समस्या जटिल देखिएपछि उनीहरुलाई बुटवल रिफर गरिएको अर्घखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार च्याउ खाएपछि लगातार पखाला लाग्ने र बान्ता आएपछि महत्रा परिवारले सन्धिखर्कको एक मेडिकलमा औषधि खरिद गरी सेवन गरेका थिए ।
समस्या झन् बढेपछि मात्र उनीहरु शनिबार अस्पताल आएका थिए । 
Share:

Radio Malarani 95.7 MHz LIVE

LIVE:

रेडियो मालारानी ९५.७ मेगाहर्ज

Blog Archive

Recent Posts