Corona update

आज रातभर उल्का वर्षा हुने


अहिले साढे आठ बजेपछिदेखि बिहान सूर्योदय अघिसम्म उल्का वर्षा हुने नेपाल खगोलीय समाजले जनाएको छ । समाजका अनुसार नेपालमा वैशाख ९ र १० गते उल्का वर्षाको अत्यधिक गतिविधि देख्न सकिन्छ भने यो वर्षको पहिलो उल्का वर्षा वैशाख १८ गतेसम्म सक्रिय रहनेछ ।थ्याचर नामक पुछ्रेताराले छोडेका धुलाका कणहरु पृथ्वीको वायुमण्डलमा घिस्रेर जलेर नस्ट हुँदा यो उल्का वर्षा देखिने गर्दछ’, नेपाल खगोलीय समाजका अध्यक्ष सुरेश भट्टराईले भन्नुभयो, ‘पुछ्रेतारा वा धुम्केतुहरुले सूर्यलाई परिक्रमा गर्दा यसका धुलाका कणहरु पृथ्वीको वायुमण्डलमा ठोकिएमा उल्का देखिन्छ।’
भट्टराईका अनुसार पुछ्रेतारा वा धुम्केतुहरुले सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो कक्षमा धुलाका कणहरु छोड्ने गर्छन् । यी कणहरु लाखौं किलोमिटरसम्म फैलिन सक्छन् ।फैलिएका धुलाका कणहरुले सूर्यलाई परिक्रमा गरिरहेको हुन्छ।परिक्रमा गर्ने क्रममा यी धुलाका कणहरु पृथ्वीको वायुमण्डलमा ठोकिन्छन्, उल्का देखिन्छ ।
यस्तो दृश्यमा १० वा त्यसभन्दा बढी उल्का देखिएमा त्यस्तो घटनालाई उल्का वर्षा भन्ने गरिन्छ । थ्याचर पुछ्रेताराले सुर्यको एक परिक्रमा लगाउन ४ सय १५ वर्ष लगाउँदछ।
हरेक उल्का वर्षा आफ्नो सक्रिय समयमा एक समयमा अत्याधिक सक्रिय हुन्छन् । अत्याधिक सक्रियताको समयमा प्रतिघन्टा १५–२० वटा उल्का खसेको देख्न सकिनेछ । सक्रियताको मध्यसमयतिर अत्याधिक सक्रिय हुने उल्का वर्षा गतिविधिको सक्रियता विस्तारै आफैँ घट्दै जान्छ। 
Share:

No comments:

Post a Comment

Radio Malarani 95.7 MHz LIVE

LIVE:

रेडियो मालारानी ९५.७ मेगाहर्ज

Blog Archive

Recent Posts