Corona update

मालारानी गाउँपालिका वडा नं ४ खनमा विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस सम्बन्धि जनचेतनामूलक घरदैलो कार्यक्रम सम्पन्न

बिजय के सी
मालारानी गाउँपालिका वडा नं. ४ खनको कार्यालय, खन स्वास्थ्य चौकीका इन्चार्ज भविश्वर खनाल र सि.अ.हे.ब. राजेन्द्र खनाल, ईलाका प्रहरी कार्यालय खनका प्रहरी नायब निरीक्षक गणेश बहादुर थापा र प्रहरी जवान लोकेन्द्र जंग बोहरा र वडास्तरीय कोरोना भाइरस रोकथाम तथा नियन्त्रण प्रचारप्रसार समिति संयोजक बसन्त चौहानको संयुक्त पहलमा आज मालारानी ४ खनका विभिन्न बस्तीहरुमा गई स्थानीय जनताहरुलाई स्वास्थ्य सम्बन्धि जानकारी लिनुका साथै कोरोना भाइरसका लक्षणहरु, यसबाट बाँच्ने उपायहरु र सरकारले गरेको लकडाउनलाई पूर्णरूपमा पालना गरि आ आफ्नै घरमा बस्न सुझाव दिनुका साथै भारत लगायत अन्य तेस्रो मूलुकबाट ४ नं वडामा आएका व्यक्तिहरुसँग घरमै गइ १४ दिनसम्म घरमै सुरक्षित क्वारेन्टाइनमा बस्न र आफ्नो घरमा बस्न असहज हुनेहरूलाई सम्पूर्ण सुविधासहितको श्री कालिका ने रा मा वि खन लुटिपोखरीमा स्थापना गरिएको क्वारेन्टाइनमा बस्न आउनुहुन अनुरोध गरिएको छ । कोरोना भाइरस संक्रमणकालको अवधिभर गाउँ गाँउमा जनचेतनामूलक सन्देश प्रवाह गर्नको लागि अर्थात प्रचार प्रसारको लागि स्थानीय समाजसेवी श्री गंगाराम खनालले गाडी र साउण्ड सिस्टम मदन डिजिटल फोटो स्टुडियोका प्रोप्राईटर यदुनाथ खनालले सौजन्य गर्नुभएको छ । अन्तमा लकडाउनले दैनिक ज्यालामजदुरी गरेर कसैलाई साँझबिहानको छाक टार्न अत्यन्त समस्या भएको छ भने आफ्नो टोल विकास संस्थामार्फत् ४ नं वडा कार्यालयका वडाध्यक्षलाई खबर गर्नुहुन पनि सम्बद्ध सबैलाई अनुरोध गर्दै आजको भेटघाट कार्यक्रम सम्पन्न भएको जानकारी वडा स्तरीय कोरोना भाइरस रोकथाम तथा नियन्त्रण प्रचारप्रसार समिति संयोजक वसन्त चौहानले जानकारी गराउनु भएको छ ।
बसन्त चौहान संयोजक वडा स्तरीय कोरोना भाइरस रोकथाम तथा नियन्त्रण प्रचारप्रसार समिति मालारानी ४ खन अर्घाखाँची
Share:

No comments:

Post a Comment

Radio Malarani 95.7 MHz LIVE

LIVE:

रेडियो मालारानी ९५.७ मेगाहर्ज

Blog Archive

Recent Posts