• On Radio Malarani 95.7 MHz

  • Malarani FM Technician Room

  • My picture On radio

  • My style On Radio

  • Me on Chasma

  • Radio ID card me

Corona update

दक्षिण काेरियामा बन्दै गरकाे भवनमा आगलागी, कम्तीमा ३८ जनाकाे ज्यान गयाे




दक्षिण कोरियामा निर्माणाधिन भवनमा आगलागी हुँदा कम्तीमा ३८ जनाको ज्यान गएको छ।आगलागीमा अन्य १० जना घाइते भएका छन् । राजधानी सियोलबाट दक्षिणमा पर्ने इचिओन शहरको निर्माणाधिन भवनमा प्रज्वलनशील सामग्री विस्फोट हुँदा कम्तीमा ३८ जनाको ज्यान गएको दक्षिण कोरियाली संचार माध्यमले जनाएका छन् ।एक जना अझै हराइरहेकाे बताइएकाे छ । ७८ जनाले काम गरिरहेकाले ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्ने अनुमान छ । 
Share:

क्वारेन्टाइनमा बसेकाहरुकाको लागि सामान लोड गर्दै वडाध्यक्ष

बिजय के सी
अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका वडा नं.४ का वडाध्यक्ष विष्णुप्रसाद पोखरेलले नेपाल र भारतको नाका सुनौली नाकामा धेरै दिनदेखि क्वारेन्टाइनमा बसि स्वदेश फर्केर फेरि आदर्श मा.वि. मालारानी -३ खनदहमा क्वारेन्टाइनमा बस्नु भएका मालारानी -४ का नागरिकहरुलाई आवश्यक पर्ने (ओढ्ने, ओछ्याउने अनि लगाउने) लत्ताकपडाहरु आफै गाडीमा लोड अनलोड गरि व्यवस्थापन गर्नुभएको छ ।

कोरोनाले विश्वभर त्रासको जरा गाडेको अवस्थामा वडा कार्यालय खन, स्वास्थ्य कार्यालय खन, ईलाका प्रहरी कार्यालय खन, स्थानीय , कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समिति, विद्यालयका शिक्षक तथा कर्मचारीहरु, समाजसेवी, बुद्धिजीवी लगायत अन्य युवा समाजसेवीहरु आफ्नो ज्यान जोखिममा राखेर दिनरात नभनी कोरोना नियन्त्रणको लागी लागिपरेकोले मालारानी -४ मा रैथाने बस्नुभएका, नेपाल बाहिर र नेपाल भित्रबाट मालारानीमा प्रवेश गर्नुहुने वा विषेश गरि मालारानी -४ मा प्रवेश गर्नुहुने सम्पूर्ण व्यक्तिहरुले केन्द्र सरकार, प्रदेश सरकार , स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जारी गरेको लकडाउन सम्बन्धी सम्पूर्ण निति निर्देशनहरुलाई अक्षरस पालना गरि यो समय गहु, जौ लगायतका अन्नबाली भित्र्याउने र मकै छर्ने समय भएको हुँदा यो समयलाई उत्पादन मूलक क्षेत्रमा प्रयोग गरि कृषि क्रान्ति गर्न, अनावश्यक हल्लाहरुको पछाडी नलाग्न र आ आफ्नो घरमा बसि कोरोना रोगको संक्रमणबाट आफू जोगिन र अरुलाई पनि जोगाउनु पर्ने बताउनुभएको छ । अन्त्यमा मालारानी -४ ले पहिलो चरणको राहत वितरण कार्य सम्पन्न गरेको र बाँकी राहत पाउनुपर्ने तर पहिलो चरणमा कारणवश छुट्नुभएका वडाबासीहरुलाई लकडाउनको समय थपिएको अवस्थामा पहिचानको आधारमा राहत वितरण गरिने र मालारानी -४ बाट क्वारेन्टाइनमा बस्नुहुने सबैको लागि र वडाका बासिन्दाहरुको लागि जस्तोसुकै समस्या परेतापनी त्यो समस्या समाधानका लागी वडा कार्यालय र आफु हरसमय तयारी अवस्थामा रहेको हुँदा समस्या परेको व्यक्तिले सम्भव भएसम्म आफ्नो टोल विकास संस्था मार्फत वा सिधै वडा अध्यक्ष वा वडा कार्यालयमा जानकारी गराउन सकिने कुरा वडा स्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समिती संयोजक बसन्त चौहानमार्फत जानकारी गराउनु भएको छ ।

Share:

जिल्लाबासीलाई लिन सुनौली बर्डरमा पुगे मालारानी गाउँपालिका अध्यक्ष आचार्य

बिजय के सी
भारतीय सिमामा क्वारेन्टाईनमा भएका अर्घाखाँची जिल्लाका ४२ जना आज स्वदेश फर्कन लागेकाहुन । उनिहरुको अहिले सुनौली नाकामा स्वास्थ्य चेकजाचँ भई रहेको मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्यले बताउनु भयो । जिल्लाबाट निर्बाचित जनप्रतिनिधीहरुको पहलमा स्वदेश ल्यान सफल भएको आचार्यले बताउनु भयो । हिजो उहाँ जिल्लाबासीहरुलाई लिन आफै बस लिएर सुनौलि बर्डरमा पुग्नु भएको थियो । नेपाल सरकारका पूर्ब उपप्रधानमन्त्री तथा प्रतिनिधी सभाका सदस्य टोपबहादुर रायमाझीले रेडियो मालारानीको कार्यक्रम अतिथी संबादमा हिजो बिहान ८ बजे अबको एक दुई दिन भित्र भारतको क्वारिन्टमा रहेकाहरुलाई स्वदेश ल्याने गरि तयारी र निर्णय भएको बताउनु भएको थियो । उक्त कार्यको सुरुवात भएको छ । बिपतको बेला पक्ष बिपक्ष हुनु भन्दा पनि सबै एक भएर महामारी संग जुधनु पर्नेमा रायमाझीले जोड दिनु भयो ।
Share:

आज रातभर उल्का वर्षा हुने


अहिले साढे आठ बजेपछिदेखि बिहान सूर्योदय अघिसम्म उल्का वर्षा हुने नेपाल खगोलीय समाजले जनाएको छ । समाजका अनुसार नेपालमा वैशाख ९ र १० गते उल्का वर्षाको अत्यधिक गतिविधि देख्न सकिन्छ भने यो वर्षको पहिलो उल्का वर्षा वैशाख १८ गतेसम्म सक्रिय रहनेछ ।थ्याचर नामक पुछ्रेताराले छोडेका धुलाका कणहरु पृथ्वीको वायुमण्डलमा घिस्रेर जलेर नस्ट हुँदा यो उल्का वर्षा देखिने गर्दछ’, नेपाल खगोलीय समाजका अध्यक्ष सुरेश भट्टराईले भन्नुभयो, ‘पुछ्रेतारा वा धुम्केतुहरुले सूर्यलाई परिक्रमा गर्दा यसका धुलाका कणहरु पृथ्वीको वायुमण्डलमा ठोकिएमा उल्का देखिन्छ।’
भट्टराईका अनुसार पुछ्रेतारा वा धुम्केतुहरुले सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो कक्षमा धुलाका कणहरु छोड्ने गर्छन् । यी कणहरु लाखौं किलोमिटरसम्म फैलिन सक्छन् ।फैलिएका धुलाका कणहरुले सूर्यलाई परिक्रमा गरिरहेको हुन्छ।परिक्रमा गर्ने क्रममा यी धुलाका कणहरु पृथ्वीको वायुमण्डलमा ठोकिन्छन्, उल्का देखिन्छ ।
यस्तो दृश्यमा १० वा त्यसभन्दा बढी उल्का देखिएमा त्यस्तो घटनालाई उल्का वर्षा भन्ने गरिन्छ । थ्याचर पुछ्रेताराले सुर्यको एक परिक्रमा लगाउन ४ सय १५ वर्ष लगाउँदछ।
हरेक उल्का वर्षा आफ्नो सक्रिय समयमा एक समयमा अत्याधिक सक्रिय हुन्छन् । अत्याधिक सक्रियताको समयमा प्रतिघन्टा १५–२० वटा उल्का खसेको देख्न सकिनेछ । सक्रियताको मध्यसमयतिर अत्याधिक सक्रिय हुने उल्का वर्षा गतिविधिको सक्रियता विस्तारै आफैँ घट्दै जान्छ। 
Share:

नेपालमा एकैदिन १४ जनामा कोरोनाको सङ्क्रमण, सङ्क्रमितको संख्या ३० पुग्यो


 नेपालमा एकैदिन १४ जनामा कोरोनाको सङ्क्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले आज एकैदिन १४ जनामा कोरोना देखिएको जनाएको हो । योसहित नेपालमा कोरोना सङ्क्रमितको संख्या ३० पुगेको छ । 
आज उदयपुरमा १२ जना पुरुष र चितवनमा दुई जनामा का्ेरोना भेटिएको मन्त्रालयले जनाएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार उदयपुरमा पुष्टि भएका १२ जना पुरुष रहेको र उनीहरुको उमेर क्रमश: ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ रहेको छ । त्यस्तै चितवनमा पुष्टि भएकामा एक २७ वर्षीय पुरुष र अर्की ६३ वर्षीया महिला रहेको मन्त्रालयले पुष्टि गरेको छ ।
Share:

बाढीका कारण गुल्मीमा बन्दै गरेको पक्की पुल भत्कियो


 जनार्दन घिमिरे
                      गुल्मीमा बुधबार पानी परेसँगै बढीघाट खोलामा आएको बाढीका कारण बन्दै गरेको पक्की पुल भत्किएको छ । बाढीका कारण गुल्मीको मुसिकोट नगरपालिका अन्तर्गत वडा नम्बर ३ र ७ जोड्नका लागि बन्दै गरेको पक्की पुल दोस्रो पटक फेरि भत्किएको हो । 
 । अविरल वर्षाको कारण गएको वर्ष ढलानकै क्रममा यो पुल भत्किएको थियो । भत्किएको पुलको आठ महिनापछि फेरि निर्माण कार्य सुरु गरिएको थियो । पुलको गएको चैत मसान्तमा तल्लो ढलान सकिएको थियो । बुधबार साँझपख बढीघाट खोलामा आएको बाढीका कारण पक्की पुल भत्किँदा ठूलो क्षति पुगेको मुसिकोट नगरपालिका प्रमुख सोमनाथ सापकोटाले बताउनुभएको  छ  । 
तीन वर्षअघि सङ्घीय सरकारको पाँच करोड १७ लाख लागतमा तत्कालीन जिल्ला प्राविधिक कार्यालय गुल्मीमार्फत वाइटी जय बुद्ध कन्ट्रक्सन प्रालीले यो पुल निर्माणको जिम्मा पाएको थियो । यो पुलको लम्बाइ ५५ मिटर रहेको छ । 
बाढीले पौदीअमराई र कल्यार जोड्ने पक्की पुलमा समेत क्षति पुर्‍याएकाे छ । बाढीले पुलको तल्लो ढलानमा क्षति गर्नुका साथै फर्मा, फलामका पाइप, जेनेरेटर, हुइम पाइप समेत बगाएको छ । 
त्यसैगरी छल्दी खोलामा आएको बाढीले इस्मा गाउँपालिका र धुर्कोट गाउँपाालिका अन्तर्गत चौरासी–धुर्कोट जोडने पक्की पुल पनि उच्च जोखिममा रहेको निर्माण व्यवसायी हरिकुमार श्रेष्ठले जानकारी दिनुभएको छ । 
त्यस्तै गुल्मीमा बुधबार निस्ती खोलामा आएको बाढीले चण्डेश्वरी हेभी इक्युपमेण्ट कन्स्ट्रक्सनको लु १ त २४८२ नम्बरको ट्याक्टर समेत बगाएको छ ।
Share:

मालारानी गाउँपालिका वडा नं ६ मा चट्याङ्ग लागेर एक जना घाईते


मालारानी गाउँपालिका वडा नं ६ हसंपुरमा हिजो साझ अबिरल बर्षा संगै आएको चट्याङ्ग लागेर एक जना घाईते भएका छन । घाईतेको जिल्ला अस्पताल सन्धिखर्कमा प्राथामिक उपचार भए संगै भैरहबा रिफर गरिएको मालारानी गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष नारायणप्रसाद अर्यालले जानकारी दिनु भयो । उक्त घरमा परेको चट्याङ्गले २ वटा बाख्रा समेत मरेका छन ।

हिजो परेको चट्याङ्गले रेडियो मालरानी ९५.७ मेगाहर्जको रेडियोको यान्त्रिक उपकरणमा समेत ४ लाख ५० हजार भन्दा बढिको क्षति पुराएको छ । यस्तै मालारानी गाउँपालिका वडा नं ३ का बिभिन्न क्षेत्रमा घरमा रहेको टिभी तथा कम्प्युटरमा क्षति पुराएको छ ।
जिल्लामा सञ्चालित ईन्फोनेट र सुबेसु नेटको टावरमा समेत क्षति पुराउदा ग्रामिण क्षेत्रमा सञ्चालित ईन्टरनेट बन्दहुने अबस्थामा पुगेको ईन्फोनेट कम्पनी लिमिटेडका प्रबन्धक कृष्ण बिकले बताउनु भयो । लाखौ रुपैया पर्ने यन्त्रहरुमा क्षती पुगेको र लकडाउने यन्त्रहरु खरिद गर्न नपाउँदा सेबा बिस्तामा समस्या भएको बिकले जानकारी दिनु भयो
Share:

रेडियो मालारानी ९५.७ मेगाहर्जले आज देखी एसई परिक्षाको तयारी कक्षा सञ्चालन गर्ने


लकडाउनको समयमा एसई परिक्षाको तयारी गरेर घरमै बसेका बिद्यार्थीहरुलाई लक्षित गरि रेडियो मालारानी ९५.७ मेगाहर्जले आज देखी एसईई पाठशाला प्रशारण गर्ने भएको छ । बिहान १० बजे देखी दिउसो ४ बजे सम्म अङ्ग्रेजी, गणित, विज्ञान, सामाजिक अध्ययन, नेपाली र कम्प्युटर विषयको पठनपाठन गरिन्छ । हरेक विषयको कक्षा हरेक दिन ४५ मिनेट सञ्चालन हुनेछन । सामुदायीक रेडियो मदन पोखराको सहकार्यमा उक्त कार्यक्रम प्रशारण हुने छ । दुरशिक्षा रेडियो कार्यक्रमले माध्यमिक शिक्षा परिक्षा एसईईको तयारी गरेर बसेका बिद्यार्थीहरुलाई थप सहयोग पुग्ने बिश्वास लिएको रेडियोका स्टेशन म्यानेजर नबिन केसीले बताउनु भयो ।
Share:

गाउँपालिकाले बाँडेको नुन गुणस्तरहीन भएको भन्दै स्थानीयले गरे विरोध


लकडाउनको समयमा जुम्लाको हिमा गाउँपालिकाले मिति नाघेको नुन बाँडेको भन्दै स्थानीयले विरोध जनाएका छन् । गाउँपालिकाले नेपाल साल्ट ट्रेडिङ कार्यालय सिञ्जा डिपोबाट वितरण गरेको नुन सन् २०१६ र २०१७ को भएको भन्दै स्थानीयले विरोध जनाएका हुन् । स्थानीय प्रशासनले तीन दिनमा नुनको गुणस्तरबारे जानकारी दिन साल्ट ट्रेडिङलाई अल्टिमेटम दिएको छ । 
साथै अर्को व्यवस्था नभएसम्म नुन वितरण नगर्न भन्दै गाउँपालिकालाई बोधार्थ गरेको छ । प्रशासनले गृह मन्त्रालय शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शााखालाई बोधार्थ गरेको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले जानकारी दिनुभयो । 
नेपाल साल्ट ट्रेडिङ जुम्लाका निमित्त कार्यालय प्रमुख खगेन्द्रबहादुर मल्लले गाउँपालिकालाई पत्र लेखेर प्रतिक्रिया दिनुभएको छ । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाले हरेक घरधुरीमा २५ केजी नुन वितरण गरिएको जानकारी दिनुभयो ।  
Share:

मालारानीको बाँगी स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुलाई कोरोना सुरक्षा सामाग्री पीपीई हस्तान्तरण


हरि कुँवर
बाँगी, अर्घाखाँची
कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण न्यूनीकरण गर्न अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर पाँचको वडा कार्यालयले बाँगी स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुलाई सुरक्षाको लागी सात प्रति सुरक्षा सामाग्री (पीपीई) हस्तान्तरण गरेको छ । कोरोना भाइरस (कोभिड 19) ले विश्व आतंकित बनाइरहेको बेला नेपालमा पनि यसले प्रभाव पारिरहेको छ। सामान्य बिरामीहरुलाई औषधि उपचारमा समेत समस्या आएको छ। स्वास्थ्य कर्मीहरु पनि त्रसित छन ।यस अवस्थामा स्वास्थ्य कर्मीहरुलाई पनि सुरक्षा सामग्री आवस्यक पर्ने भएकोले यसलाई मध्यनजर गर्दै मालारानी गाउँपालिका वडा नम्बर पाँच को कार्यालयबाट बाँगी स्वास्थ्य चौकीका स्वास्थ्य कर्मीहरुलाई सुरक्षाको लागी सात प्रति सुरक्षा सामाग्री (पीपीइ) हस्तान्तरण गरिएको अध्यक्ष शोभाखर भुसालले बताउनु भयो । सुरक्षा सामाग्री (पीपीइ) (Personal Protective Equipment) भनेको सीर देखि पाईताला सम्म ढाकेर,कोरोना भाइरस ले सरीरको कुनै भागमा नभेट्ने गरी लगाउने बिशेष पहीरन हो । लगाउने र फुकाल्ने बिशेष तरिका हुन्छ र प्रयोग गरेपछी बिसर्जन गर्नु पर्छ । स्वास्थकर्मीहरू लगाएर ऊपचारमा संलग्न हुनु पर्ने हुन्छ । उता सरकारमाथि आर्थिक चुनौती थपिएको छ । कोरोना रोकथामका लागि स्रोत परिचालन गर्नुपर्ने भन्दै अर्थ मन्त्रालयले विभिन्न १४ शीर्षकका बजेट खर्च रोक्न सबै सरकारी कार्यलयहरुलाई परिपत्र गरेको बताइएको छ मालारानी गाउँपालिका वार्ड नम्बर-५ को वडा कार्यालय को सकार्यमा बाँगीका महिला स्वास्थ्य स्व्यमसेविहरु ले गाउँ- गाउँ पुगी मार्क्स वितरण समेत गरेका थिए । कोरोना भाइरसले त्रसित बनाएको बेला नआतिदै लकडाउन को पालना गर्दै आ-आफ्नो घरमा सुरक्षीत रहि सरसफाइमा ध्यान दिनुहुन बाँगीबासी लाई अध्यक्ष शोखर भुसालले अनुरोध गर्नु भएको छ
Share:

मालारानी गाउँपालिका वडा नं ४ खनमा विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस सम्बन्धि जनचेतनामूलक घरदैलो कार्यक्रम सम्पन्न

बिजय के सी
मालारानी गाउँपालिका वडा नं. ४ खनको कार्यालय, खन स्वास्थ्य चौकीका इन्चार्ज भविश्वर खनाल र सि.अ.हे.ब. राजेन्द्र खनाल, ईलाका प्रहरी कार्यालय खनका प्रहरी नायब निरीक्षक गणेश बहादुर थापा र प्रहरी जवान लोकेन्द्र जंग बोहरा र वडास्तरीय कोरोना भाइरस रोकथाम तथा नियन्त्रण प्रचारप्रसार समिति संयोजक बसन्त चौहानको संयुक्त पहलमा आज मालारानी ४ खनका विभिन्न बस्तीहरुमा गई स्थानीय जनताहरुलाई स्वास्थ्य सम्बन्धि जानकारी लिनुका साथै कोरोना भाइरसका लक्षणहरु, यसबाट बाँच्ने उपायहरु र सरकारले गरेको लकडाउनलाई पूर्णरूपमा पालना गरि आ आफ्नै घरमा बस्न सुझाव दिनुका साथै भारत लगायत अन्य तेस्रो मूलुकबाट ४ नं वडामा आएका व्यक्तिहरुसँग घरमै गइ १४ दिनसम्म घरमै सुरक्षित क्वारेन्टाइनमा बस्न र आफ्नो घरमा बस्न असहज हुनेहरूलाई सम्पूर्ण सुविधासहितको श्री कालिका ने रा मा वि खन लुटिपोखरीमा स्थापना गरिएको क्वारेन्टाइनमा बस्न आउनुहुन अनुरोध गरिएको छ । कोरोना भाइरस संक्रमणकालको अवधिभर गाउँ गाँउमा जनचेतनामूलक सन्देश प्रवाह गर्नको लागि अर्थात प्रचार प्रसारको लागि स्थानीय समाजसेवी श्री गंगाराम खनालले गाडी र साउण्ड सिस्टम मदन डिजिटल फोटो स्टुडियोका प्रोप्राईटर यदुनाथ खनालले सौजन्य गर्नुभएको छ । अन्तमा लकडाउनले दैनिक ज्यालामजदुरी गरेर कसैलाई साँझबिहानको छाक टार्न अत्यन्त समस्या भएको छ भने आफ्नो टोल विकास संस्थामार्फत् ४ नं वडा कार्यालयका वडाध्यक्षलाई खबर गर्नुहुन पनि सम्बद्ध सबैलाई अनुरोध गर्दै आजको भेटघाट कार्यक्रम सम्पन्न भएको जानकारी वडा स्तरीय कोरोना भाइरस रोकथाम तथा नियन्त्रण प्रचारप्रसार समिति संयोजक वसन्त चौहानले जानकारी गराउनु भएको छ ।
बसन्त चौहान संयोजक वडा स्तरीय कोरोना भाइरस रोकथाम तथा नियन्त्रण प्रचारप्रसार समिति मालारानी ४ खन अर्घाखाँची
Share:

Radio Malarani 95.7 MHz LIVE

LIVE:

रेडियो मालारानी ९५.७ मेगाहर्ज

Blog Archive

Recent Posts