Corona update

सन्धिखर्क नगरपालिका १० बिहारमा २१ बर्षीय युवती द्वारा आत्महत्या


जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर - १० बिहारमा २१ बर्षीया युवती कबिता कुँवरले झुण्डिएर आत्महत्या गरेकी छिन । झुण्डिएर आ'त्मह'त्या गर्ने कविता बिहार निवासी तेज बहादुर कुँवर र राधा कुँवरको छोरी हुन्। उनको पुरानो घर सन्धिखर्क नगरपालिका वडा नम्बर १२ को झेडीमा रहेको र केहि बर्ष एता देखि बसाइँसराइ गरि सोहि नगरपालिकाको वडा नम्बर -१० बिहार प्रहरी चौकी पछाडी थुम्का भन्ने ठाउँमा बसोबास गर्दै आइरहेको खबर प्राप्त भएको छ। कविता उच्च शिक्षा हासिल गर्नको लागि बुटवलमा बसेर पढने गरेको र उनले १२ को प्रथम बर्ष सकेर ब्युटीपार्लर सिक्दै गरेको बुझिएको छ । उनि विश्वव्यापी रुपमा फैलिएको ( कोभिड १९ )कोरोना भाइरसका कारण सरकारले लगाएको लकडाउन पछी कलेजको छुट्टीको मौका पारि आफ्नो घर परिवारलाइ भेटन अर्घाखाँची फर्केको स्थानीय हरुको भनाइ रहेको छ । कबिता कुँवरले आफ्नो घर भित्र पासो लगाएर झुण्डिएको उनकी आमा राधा कुँवरले देखेपछी पासो काटी उपचारका लागि जिल्ला अस्पताल अर्घाखाँची लैजाँदै गर्दा उनको बाटोमै मृत्यु हुन् पुगेको प्रहरी भेषराज सुवेदीले अर्घाखाँचीबुलेटिनलाइ जानकारी दिनुभएको छ ,यद्वापी उनले के कारणले झुण्डिएर आत्महत्या गरिन भन्ने विषयमा अझै केहि रहस्य खुल्न सकेको छैन, घटना के कसरी घट्यो भने विषमा नेपाल प्रहरी घटनास्थलमामा पुगी थप अनुसन्धान गरिरहेको प्रनाउ प्रकाश बिष्टले बताउनु भएको छ ।अहिले कविता कुँवरको शवलाइ जिल्ला अस्पताल अर्घाखाँचीमा पोस्टमार्टमका लागि राखिएको छ।
Share:

No comments:

Post a Comment

Radio Malarani 95.7 MHz LIVE

LIVE:

रेडियो मालारानी ९५.७ मेगाहर्ज

Blog Archive

Recent Posts