Corona update

दिन रात काममा खट्दै अर्घाखाँचीका स्वास्थ्य कर्मी


बिश्वभर कोरोना भाईरसको महामारी फैलिएका बेला सिमित श्रोत साधनका बिच स्वास्थ्य कर्मि खटिएका छन । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकामा २ स्थानमा क्यारिन्टाइन कक्ष निर्माण गरिएको छ । सन्धिखर्क नगरपालिका वडा नं २ मा रहेको युबाबर्ष रबिचित्र माध्यमिक बिद्यालयमा भारत तथा अन्य मूलुकबाट आएका १४ जनाको स्वास्थ्य परिक्षण तथा रेखदेख जिल्ला अस्पताल अर्घाखाँचीका डाक्टरहरुको टोलीले गरिरहेको छ । भने क्यारिन्ट निर्माण स्थलको अबलोकन र निर्माणको काममा समेत डाक्टरहरु खटिनुपर्ने बाध्यता रहेको छ । नियमित बिरामीहरुको स्वास्थ्य चेकजाचँ लगाएतका जिम्मेबारी पनि डाक्टरहरुको काधमा रहेको छ । सिमित श्रोतसाधनहरुका बिचमा काम गर्दा पनि जस नपाईने पेशा भएको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले बताए । ‘हामिले रात दिन परिबार नभनी जिल्ला बासीहरुको सेबामा खटिएका छौ । तर जिल्ला अस्पतालले सेबा दिएन भनेको सुन्दा दु.ख लागेको बताए । जिल्लामा रहेका निजी स्वास्थ्य क्लिीनकहरुले अन्य रोगका बिरामीहरु जाचँ गर्नु पर्ने र जिल्ला अस्पतालमा ईमरजेन्सी , गर्भवती र ज्वरोआएका बिरामीलाई मात्र अर्घाखाँची अस्पतालमा जाचँ गर्ने काम अगाडि बढाउनु पर्ने देखिन्छ । डा.गौतमले भने ‘ बिपतको समयमा समन्वयकारी काम गरौ सिमित श्रोत साधनका बिच काम गर्ने स्वास्थ्यकर्मिहरुको मनोबल उच्च बनाउने समय रहेको छ । ’ छिमेकी देश भारतले उपचारमा खटिने स्वास्थ्य कर्मि र सुरक्षा कर्मीहरुलाई प्रत्येक दिन बेलुका ५ बजे घरबाट बाहिर निस्केर ताली बजाई उच्च सम्मान गर्ने गरेका छन । जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीमा कार्यरत स्वास्थ्य कर्मिहरु अहिले पनि सामन्य मास्क प्रयोग गरि बिरामी जाचँ गरिरहेका छन । बिश्वभर पिपीई सेटको अभाब भएको बेला जिल्ला अस्पतालमा पनि केही सिमित मात्रमामात्रै डा. गौतमको पहलमा आएको र अहिले प्रदेश ५ को सामाजिक बिकाश मन्त्रालयबाट केही थान आएको बताईएको छ । जिल्लाका ६ वटा स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाका कर्मचारीहरु दिन रात जनतालाई सूचना दिन टोल टोल पुगेका छन । भने २४ सै घण्टा हेल्प डेक्समा बसेर सेबा प्रबाह गरेका छन । स्थानीय साम्रागी प्रयोग गरि पिपीई तयार बिश्वभर पिपीई सेटको अभाब भईरहेको बेला जिल्लामा रहेको एक टेलरले पलाष्टीकको प्रयोग गरि पिपीई सेट तयार पारेको छ । सन्धिखर्क १ मा रहेको बर्षा टेलरिङ्ग सेन्टरका सञ्चालक पृतम परियारे छोटो समयमा तयार पारेको स्वास्थ्य कर्मि प्रकाश परियारले बताउनु भयो । जिल्लामा रहेका स्थानीय तहका जनप्रतिनिधीहरु धमाधम क्यारेन्टिन निर्माण , सचेतना जगारण र माक्स बितरणलाई तिब्रता दिएका छन । अहिले सम्म जिल्ला भर स्थानीय तहका जनप्रतिनिधीहरुले २ सय ८८ वडा बेड तयारी अबस्थामा रहेका छन । जिल्लामा २१ सय १८ जना भारत तथा तेस्रो मुलकबाट ७ दिनको अबधिमा भित्रीएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका साहयक प्रमुख जिल्ला अधिकारी बिष्णुराज बेल्बासेले जानकारी दिनु भयो । ‘हामिले भारत तथा अन्य मुलुकबाट आउनु भएकाहरुको तथ्याङ्ग संकलन गरेर । उहाँहरुको स्वास्थ्उ अबस्थाको बारेमा जानकारी लिने र सेल्फ क्यारिन्टनमा बसे नबसेको अनुगमन पनि गरेका छौ ।
Share:

No comments:

Post a Comment

Radio Malarani 95.7 MHz LIVE

LIVE:

रेडियो मालारानी ९५.७ मेगाहर्ज

Blog Archive

Recent Posts