Corona update

कोरोना भाइरसविरुद्धको कोषमा धोनीले १ लाख रुपैयाँ दिएको समाचार गलत

कोरोना भाइरसविरुद्धको अभियानमा भारतीय क्रिकेटर महेन्द्रसिंह धोनीले दिएको १ लाख रुपैयाँको समाचार गलत रहेको पुष्टि भएको छ । उनकी श्रीमती साक्षी धोनीले कुनै पनि सहयोग नगरेको प्रष्ट पारेकी छिन् । साथै उनले गलत खबर सार्वजनिक गर्नेलाई कारबाही गर्न माग गरेकी छिन् । भारतीय केही सञ्चारमाध्यमले सचिन तेन्दुलकर र सौरभ गांगुलीले ५० लाख सहयोग गरेको समाचारसँगै धोनीले १ लाख सहयोग गरेको बताएका थिए । त्यसपछि सामाजिक सञ्जालमा वार्षिक ८०० करोड कमाउनेले जम्मा १ लाख दिएको भन्दै धोनीको मजाकमा उडाइएको थियो । तर, धोनीकी श्रीमती साक्षीले ट्वीटर मार्फत खबरको खण्डन गरेकी हुन् ।
Share:

No comments:

Post a Comment

Radio Malarani 95.7 MHz LIVE

LIVE:

रेडियो मालारानी ९५.७ मेगाहर्ज

Blog Archive

Recent Posts