Corona update

अर्घाखाँचीका स्थानीय तहहरुले माक्स बितरण गरे



जिल्लामा रहेका स्थानीयतहरुले माक्स बितरणलाई तिब्र पारेका छन । मालारानी गाउँपालिका र छत्रदेब गाउँपलिका र सन्धिखर्क नगरपालिका वडा नं १२ ले माक्स बितरण गरेका हुन । मालारानी गाउँपालिकाले ९ वटै वडामा माक्स बितरण गरिएको पालिका अध्यक्ष बालकृष्ण आचार्यले बताउनु भयो । आचार्य जुन सुकै शिर्षकबाट भए पनि बजेट काटेर कोरना भाईरस रोकथामको लागी सहयोग गर्ने कार्यपालिकाले निर्णय गरेको बताउनु भयो । गाउँपालिका भित्र भारत तथा अन्य मुलुकबाट कती जना आएका छन र तिनीहरुको अबस्था केरहेको छ भनेर वडा वडामा तथ्याङ्ग संकलन गर्ने काम भैरहेको पनि आचार्यले बताउनु भयो । वडा वडामा पुगेर माक्स बितरण गरेको पालिका उपाध्यक्ष प्रमिला क्षेत्रीले बताउनु भयो । वडामा रेहेका स्वास्थ्य चौकिहरुलाई आव्यसक औषधीहरु समेत पालिकाले बितरण गरेको बताउनु भयो । मालारानी गाउँपलिका वडा नं ६ ले वडाभित्र कसैको घरमा खाद्यन सकिएमा वडाले गाडिबाटनै घर घर पुराउने निर्णय गरेको र सबैलाई माक्स बितरण गरिएको वडा अध्यक्ष नारायण प्रसाद अर्यालले बताउनु भयो । मालारानी ६ मा ३ जना मात्र बाहिरी मुलुकबाट आएका व्याक्तिहरु रहेको वडा अध्यक्ष अर्यालले जानकारी दिनु भयो । मालारानी गाउँपालिका वडा नं ३ ले भारत तथा अन्य मुलकका वडामा आएका व्याक्तिहरुलाई अनिबार्य सेल्फ क्यारेन्टाईनमा बस्न आग्रह गर्दै सार्बजनिक सूचना जारी गरेको छ । अटेर गरेमा प्रहरीको सहयोगमा जिल्लाले निर्माण गरेको क्यारेन्टाईनमा राखिने वडा अध्यक्ष शोभाखर खनालले बताउनु भयो । आफनो र परिबारको स्वास्थ्यको ख्याल गरेर अनिबार्य रुपमा घर भित्र बस्नु पर्नेमा कार्यपालिका सदस्य दिपा पोख्रेलले बताउनु भयो । मालारानी गाउँपालिका वडा नं ३ भित्र बाहिरी जिल्लाबाट भित्र आएकाहरुको तथ्याङ्ग संकलन गरि घरमै पुगेर सचेतना दिई सेल्फ क्यारेन्टाईनमा बस्न निर्देशन दिएको छ । उक्त वडामा भारत तथा अन्य मुलक बाट ३३ जना रहेका छन । घरदैलो अभियानमा वडा अध्यक्ष शोभाखर खनाल , कार्यपालिका सदस्य दिपा पोख्रेल , वडा सदस्य शोभाखर खनाल , स्वास्थ्य कर्मीहरु माधब खनाल , पुतला खनाल , लिसा खत्री र हिमा भटट्राई सहितको टोलीले सेल्फ क्यारेन्टाईनमा बस्दा अपनाउनु पर्ने बिधीको बारेमा जानकारी दिएको थियो ।

Share:

No comments:

Post a Comment

Radio Malarani 95.7 MHz LIVE

LIVE:

रेडियो मालारानी ९५.७ मेगाहर्ज

Blog Archive

Recent Posts