Corona update

सुनौलीमा अलपत्र परेका अर्घाखाँची बासी नेपाल सरकारको निर्णय पर्खैदै


 रोजगारीको शिलसीलामा भारत गएका अर्घाखाँची जिल्लाका तीन सय जना नेपाली नेपाल भारत सिमाना बेलहियामा रोकिएका छन । भारतको उत्तर प्रदेश सरकारले तीन दिन मजदुरहरलाई घर जान छुट दिएको मौकामा हिडेकाहरु अहिले सिमा नाकामा अलपत्र परेको अर्घाखाँची जिल्ला मालारानी ३ का सुनिल खनालले बताए । ‘ सुनौली आएको तीन दिन भयो भारतको प्रहरीले नेपालबाट पत्र नआई छाडन मिल्दैन भन्छ । भोक भोकै मर्ने भईयो ।सिमानामा जिल्लारबासीहरु रोकिएको बारेमा जानकारी गृहमन्त्रालयमा गराएपनि थप निर्णय नआउँदा जिल्ला भित्राउन नसकिएको प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलले बताए । ‘सिमा नाकामा तीन सय जना भन्दा बढि रहेको खबर आएको छ ।  अन्तराष्ट्रिय सिमा नाका बन्द भएको अबस्थामा माथिको निर्णय नभई केही गर्न सकिदैन । रुपन्देहीको प्रमुख जिल्ला अरधिकारी संग पनि निरन्तर सम्पर्क भएको छ । माथिको निर्णय नआउँदै यसै केही भन्न सकिने अबस्था छैन ।’ अलपत्र परेका व्याक्तिहरुले आफुहरु नेपालको जुन सुकै स्थानमा क्वारेन्टिमा बस्न तयार रहेको सिमा नाकामा अलपत्र परेका रामु खनालले भने । ‘हामिलाई नेपाल फर्कन पाउँ हामि १४ दिन होईन १ महिना पनि तोकिएको स्थानमा बस्न तयार छौ । ’ यता स्थानीय सरकारले भारतबाट आउने भनेपछि बिद्यालयमा क्यारेन्टाइन कक्ष निर्माण गरि तयारी अबस्थामा राखेका छन ।
Share:

No comments:

Post a Comment

Radio Malarani 95.7 MHz LIVE

LIVE:

रेडियो मालारानी ९५.७ मेगाहर्ज

Blog Archive

Recent Posts