Corona update

लकडाउनको पाँचौं दिन पनि मालारानी -४ खनमा नोबेल कोरोना भाइरस सम्बन्धि जनचेतनामूलक कार्यक्रम : संयोजक बसन्त चौहान


लकडाउनको पाँचौं दिन पनि मालारानी -४ खनमा नोबेल कोरोना भाइरस सम्बन्धि जनचेतनामूलक कार्यक्रमको निरन्तरता ।।। चैत्र १५ २०७६ शनिबार मालारानी -४ खन अर्घाखाँची विश्वव्यापी महामारीको रूपमा फैलिएको नोबेल कोरोना भाइरस (COVID-19) को रोकथाम तथा नियन्त्रणको लागि मालारानी गाउँपालिका वडा नं ४ खनमा लकडाउनको पाँचौ दिन आज पनि वडा कार्यालय खनका वडा अध्यक्ष विष्णुप्रसाद पोखरेल , खन स्वास्थ्य कार्यालयका इन्चार्ज भविश्वर खनाल, सि अ हे ब राजेन्द्र खनाल, ईलाका प्रहरी कार्यालय खनका प्रहरी सहायक निरीक्षक खगेन्द्र कुमार के सी र वडास्तरीय कोरोना नियन्त्रण तथा रोकथाम प्रचारप्रसार समिती संयोजक बसन्त चौहानको प्रत्यक्ष सहभागितामा मालारानी -४ खनका बस्तीहरुमा गई स्थानीय बासिन्दाहरुलाई घरमै भेटी स्वास्थ्यसम्बन्धि जानकारी लिनुका साथै केहि सर्जिकल मास्क वितरण गरि जनचेतनामूलक कार्यक्रमको निरन्तरता दिइयो साथै उक्त कार्यको लागी समाजसेवी गंगाराम खनालले गाडीको सौजन्य गर्नुभएको थियो भने यदुनाथ खनालले साउण्ड सिस्टमको सौजन्य गर्नुभएको थियो । बसन्त चौहान संयोजक वडा स्तरीय कोरोना भाइरस सम्बन्धि जनचेतना प्रचारप्रसार समिति मालारानी ४ खन अर्घाखाँची
Share:

No comments:

Post a Comment

Radio Malarani 95.7 MHz LIVE

LIVE:

रेडियो मालारानी ९५.७ मेगाहर्ज

Blog Archive

Recent Posts