Corona update

मालारानी गाउँपालिका वडा नं ४ खनमा वडाध्यक्षको प्रत्यक्ष सहभागितामा बस्ती बस्तीमा गइ नोबेल कोरोना भाइरस सम्बन्धि जनचेतनामूलक सन्देश साथै भेटघाट कार्यक्रम सम्पन्न ।।।

मालारानी गाउँपालिका वडा नं ४ खनमा वडाध्यक्ष विष्णुप्रसाद पोखरेलको प्रत्यक्ष सहभागितामा वडा नं ४ खनका प्रत्येक बस्ती बस्तीमा गइ नोबेल कोरोना भाइरस सम्बन्धि जनचेतनामूलक सन्देश बाँड्नु भएको छ जसमा कोरोना भाइरसका लक्षणहरु, यसबाट बाँच्ने उपायहरु र सरकारले गरेको लकडाउनलाई पूर्णरूपमा पालना गरि आ आफ्नै घरमा बस्न भन्नुभएको छ  । साथै भारत लगायत अन्य तेस्रो मूलुकबाट ४ नं वडामा आएका व्यक्तिहरुसँग घरमै गइ १४ दिनसम्म घरमै सुरक्षित क्वारेन्टाइनमा बस्न र आफ्नो घरमा बस्न असहज हुनेहरूलाई सम्पूर्ण सुविधासहितको श्री कालिका  ने रा मा वि खन लुटिपोखरीमा स्थापना गरिएको क्वारेन्टाइनमा बस्न आउनुहुन अनुरोध गर्दै र  सम्पूर्ण वडामा मास्क वितरण कार्य भैरहेको कुरा जानकारी गराउनु भएको छ ।
कोरोना भाइरस संक्रमणकालको अवधिभर गाउँ गाँउमा जनचेतनामूलक सन्देश प्रवाह गर्नको लागि अर्थात प्रचार प्रसारको लागि स्थानीय समाजसेवी श्री गंगाराम खनालले गाडी सौजन्य गर्नुभएको कुरा वडाअध्यक्ष मार्फत जानकारी गराउनु भएको छ ।
मालारानि गाउँ पालिका ४ नं वडामा कसैलाई ज्वरो, रुघाखोकी लागेमा  स्वास्थ्य चौकीमा गई स्वास्थ्य परीक्षण गर्नुहुन अनुरोध गर्दै  सरकारले गरेको लकडाउन हामीहरुको स्वास्थ्यका लागि भएको र यसको पूर्णपरिपालना गरि सरकारले दिएको निर्देशनमा हिँड्नु हामी सबैको कर्तव्य भएको र कोरोना भाइरसले सानाठूला, धनिगरिब कोही पनि भन्दैन  त्यसैले यो विषयमा सबै सचेत बनौं, आआफ्नो घरभित्र बसौं । यसलाई सरकारलाई गरेको सहयोगको रुपमा मात्र होइन, आफ्नै स्वास्थ्य रक्षाका लागि गरिएको कार्य हो भन्ने बुझौं भन्दै अन्तमा लकडाउनले दैनिक ज्यालामजदुरी गरेर कसैलाई साँझबिहानको छाक टार्न अत्यन्त समस्या भएको छ भने आफ्नो टोल विकास संस्थामार्फत् ४ नं वडा कार्यालयका वडाध्यक्षलाई खबर गर्नुहुन पनि  सबैलाई अनुरोध गर्दै भेटघाट कार्यक्रम सम्पन्न गर्नुभएको छ ।
वसन्त चौहान
संयोजक
वडा स्तरीय कोरोना भाइरस सम्बन्धि जनचेतना प्रचारप्रसार समिति
मालारानी ४ खन अर्घाखाँची

Share:

No comments:

Post a Comment

Radio Malarani 95.7 MHz LIVE

LIVE:

रेडियो मालारानी ९५.७ मेगाहर्ज

Blog Archive

Recent Posts