Corona update

काेराेना भाईरस राेकथामकाे लागि मालारानी -४ खनमा क्वारेन्टाइन कक्ष निर्माण


  नाेभेल काेराेना भाईरस  महामारीको रूपमा बिश्वब्यापी फैलिए पछि ,सबै तिर सन्त्रास फैलिएको छ ।
नेपालमा पनि काेराना संक्रमित प्रमाणित संख्या ३ पुगेकाे छ ।  यस्काे खासै अाैषधी नभएकोले संक्रमण बाट जाेगिनु नै पहिलाे उपाय हाे । यसैले संक्रमणकाे अाणशंका गरिएकाहरूलाई क्वारेन्टाइन तथा अाईसाेलेसनमा राखिएको  छ भने देश भर अाईसाेलेसन तथा क्वारेन्टाइन कक्ष ,हेल्थ  डेस्क हरू  धमाधम निर्माण  भैरहेका छन् । र देश यति बेला लकडाउनमा रहेकाे छ ।
यसै अनुसार स्थानीय तहहरूमा पनि  अाफ्ना बलबुताले भेटे सम्म सुरक्षाका सबै  क्याम्पहरू निर्माण गरिदै छन्  ।
साेहि अनुसार
काेराेना भाइरस राेकथामकाे लागि  मालारानी ४ खनकाे कालिका मा .वि .लुटिपाेखरिमा  पनि क्वारेन्टाइन कक्ष   निर्माण गरियकाे छ । चार नं.वडा कार्यालय, स्वास्थ्य चाैकी, इलाका प्रहरी कार्यालय र समाजसेवीहरूकाे  संयुक्त पहलमा १० बेडको क्वारेन्टाइन  कक्ष निर्माण   गरिएको हाे । खास गरि भारत बाट अाएकाहरूकाे संख्या गाउँमा बडे पछि तिनिहरूकाे  पहिचान गरि उनीहरूलाई क्वारेन्टाइनमा  राख्नकाे लागि कक्ष बनाईएकाे र पहिचान भएका ब्यक्तिहरूलाई   १४ दिन सम्म नियम पालना गरि घरमै बस्न अनुराेध गरेकाे वडा अध्यक्ष बिष्णु प्रसाद पोख्रेलले बताउनु भएको  छ ।
  वडाका प्रत्येक घरधुरीमा ३ दिनभित्र माक्स पुराउने र सचेतना कार्यक्रम समेत चलाउने युवा समाजसेवी वसन्त चाैहानले बताउनुभयाे ।
वडाअध्यक्ष पोखरेलले सामान्य रूघा खाेकि लाग्दैमा  नअात्तिन अनुराेध गर्दै , अाईहाले स्वास्थ्य संस्था संग सम्पर्क गर्न सबैमा अनुराेध गर्दै   एक मान्छे काे लापरबाहिले धेरै जनाकाे स्वास्थ्य जाेखिम पर्ने हुँदा सबैले  सचेतता अपनाउँदै  घर बाहिर ननिस्कि,    नेपाल सरकारकाे  अनुराेधलाई   पूर्ण पालना गर्न समेत  अनुराेध गर्नु भएको  छ ।

Share:

No comments:

Post a Comment

Radio Malarani 95.7 MHz LIVE

LIVE:

रेडियो मालारानी ९५.७ मेगाहर्ज

Blog Archive

Recent Posts