Corona update

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन पुग्यो


नेपालमा कोरोना भाइरस (कोभिड १९) बाट सङ्क्रमित हुनेको सङ्ख्या तीन पुगेको छ । 
स्वास्थ्य मन्त्रालयले बुधबार सूचना प्रकाशित गरेर कोरोनाका थप एक नयाँ बिरामी भेटिएको जनाएको छ । उनको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचार भइरहेको छ । उनी  भक्तपुर बस्ने र केही दिनअघि मात्रै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेशनबाट डिस्चार्ज भएका व्यक्ति रहेको स्रोतले जनाएको छ । 
उनी विदेशबाट आएका थिए या नेपालमै बसिरहेका थिए भन्नेबारेमा अस्पताल र मन्त्रालयले खुलाएको छैन । 
यसअघि एक जनालाई कोरोनाको सङ्क्रमण देखिएर निको भएको थियो भने चैत ४ गते फ्रान्सबाट कतार हुँदै नेपाल आएकी युवतीमा पनि सङक्रमण देखिएको थियो ।
Share:

No comments:

Post a Comment

Radio Malarani 95.7 MHz LIVE

LIVE:

रेडियो मालारानी ९५.७ मेगाहर्ज

Blog Archive

Recent Posts