Corona update

'लकडाउन' उल्लङ्घन गर्ने दुई दर्जन सवारीसाधन नियन्त्रणमा


सिन्धुली जिल्लामा लकडाउन उल्लङ्घन गर्ने झण्डै दुई दर्जन सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
लकडाउनको बेवास्ता गर्दै उल्लङ्घन गर्न निस्किएका स्थानीय सवारीसाधनलाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक रञ्जु सिग्देलले जानकारी दिनुभयो । नियन्त्रणमा लिएका सवारीसाधन अब लकडाउन सकिएपछि मात्रै छाडिने उहाँले बताउनुभयो ।
नियन्त्रणमा लिएका सवारीसाधनहरुमा मोटरसाइकल, अटो टेम्पो, ट्याक्टर सहित २१ वटा रहेको प्रहरीले जनाएको छ ।
प्रहरी उपरीक्षक सिग्देलले भन्नुभयो, ‘मान्छे समाएको छैन, सवारीसाधन मात्रै समाएका छौँ । बुझ्न भनेर हेपेर निस्किएका लोकल सवारीसाधनलाई नियन्त्रणमा लिएका हौँ ।’ 
Share:

No comments:

Post a Comment

Radio Malarani 95.7 MHz LIVE

LIVE:

रेडियो मालारानी ९५.७ मेगाहर्ज

Blog Archive

Recent Posts