Corona update

खरिपाटीको क्‍वारेन्टाइनमा विदेशबाट आएका ७१ जना


सरकारले कोरोना भाइरस फैलिएका विभिन्‍न देशबाट नेपाल भित्रिएका ७१ जनालाई क्‍वारेन्टाइनमा राखिएको जनाएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले भक्तपुरको खरिपाटीस्थित क्‍वारेन्टाइनमा ७१ जनालाई राखेर निगरानी गरिरहेको जानकारी दिएका छन्।  देवकोटाका अनुसार अहिलेसम्म ६०० जनामा गरिएको परीक्षणमा दुई जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको जानकारी दिए। देवकोटाका अनुसार फ्रान्सबाट कतार हुँदै गत मंगलबार काठमाडौं आएकी १९ वर्षीया युवतीमा कोरोना पोजेटिभ देखिएको हो।  यसअघि एकजना पुरुषमा कोरोना भाइरस संक्रमण देखिएको थियो। उनी उपचारपछि ठीक भइसकेका छन्। आइतवार वीरगञ्‍जका एक व्यापारीमा कोरोना देखिएको समाचार आए पनि स्वास्थ्य रिपोर्ट नेगेटिभ आएको थियो। 

Share:

No comments:

Post a Comment

Radio Malarani 95.7 MHz LIVE

LIVE:

रेडियो मालारानी ९५.७ मेगाहर्ज

Blog Archive

Recent Posts