Corona update

अन्तिम समयमा सरकारले स्थगित गर्‍यो एसईई परीक्षा

सरकारले अन्तिम समयमा आएर एसईई परीक्षा रोक्ने निर्णय गरेको छ। बिहीबारदेखि हुन लागेको एसईई परीक्षा अर्को निर्णय नहुन्जेलसम्मका लागि रोक्ने निर्णय गरिएको हो।  कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको जानकारी समितिका संयोजक तथा उपप्रधान एवम् रक्षामन्त्री ईश्‍वर पोखरेलले थाहाखबरलाई जानकारी दिए।  'कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकबाट एसईई अनिश्‍चितकाललाई स्थगित गर्ने निर्णय भएको छ', उनले भने, 'अर्को निर्णय नभएसम्मका लागि कोरोनाको जोखिम कम गर्न यस्तो कदम चालिएको हो।'  यसअघि पोखरेल संयोजक रहेको उक्त समितिले मानिसहरूको भिड हुने सिनेमा हल, पौडी पोखरी, सांस्कृतिक केन्द्र र रंगशालाहरू पनि डेढ महिनाका लागि बन्द गर्न निर्देशन दिने निर्णय गरेको थियो।
Share:

No comments:

Post a Comment

Radio Malarani 95.7 MHz LIVE

LIVE:

रेडियो मालारानी ९५.७ मेगाहर्ज

Blog Archive

Recent Posts