Corona update

काेराेनाका कारण भारतमा तेस्राे व्यक्तिकाे ज्यान गयाे, ताजमहल बन्द


कोरोना भाइरस (काेभिड–१९) का कारण भारतमा थप एक जनाको ज्यान गएको छ ।महाराष्ट्रमा ६४ वर्षीय वृद्धको ज्यान गएसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या तीन पुगेको छ । दुबईबाट फर्किएका वृद्धको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । योसँगै दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) देशमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ ।
यसअघि साेमबार पाकिस्तानमा कतारबाट फर्किएका ३१ वर्षीय युवाको ज्यान गएको थियो । नेपाल रहेको सार्कका आठ सदस्य देशमा अहिलेसम्म तीन सय ८५ जनामा कोरोना भाइरसको सङ्क्रमण भएकाे छ भने २१ जना उपचारपछि निको भएका छन् । ३ सय ६१ जनाको उपचार भइरहको छ ।
यसैबीच भारतले कोरोना भाइरसको सङ्क्रमण बढेपछि ताजमहल बन्द गर्ने घोषणा गरेको छ । दैनिक ७० हजार मानिस पुग्ने गरेको ताजमहलमा कोरोना फैलिने जोखिम बढेको भन्दै बन्द गर्ने निर्णय गरिएको भारतको संस्कृति मन्त्रालयले जनाएको छ ।
भारतमा मात्रै एक सय २९ जनामा कोरोना पुष्टि भएको छ । १३ जना निको भएका र एक सय १३ जना उपचाररत छन् । 
यस्तै अमेरिकामा थप सात जनाको र दक्षिण कोरियामा थप ६ जनाको ज्यान गएको छ । मध्य एसियाको काजकिस्तानमा दुई वर्षीया बालिका सहित तीन जनामा कोरोनाको सङ्क्रमण भएको पुष्टि भएको छ । 
Share:

No comments:

Post a Comment

Radio Malarani 95.7 MHz LIVE

LIVE:

रेडियो मालारानी ९५.७ मेगाहर्ज

Blog Archive

Recent Posts