Corona update

पहिरो र हिमपातले सन्धिखर्क गोरुसिङ्गे सड्क अबरुद्ध

बिजय के.सी
रेडियो मालारानी
अर्घाखाँची
 


गए राती परेको अबिरल बर्षाले सदरमुकाम सन्धिखर्क आउने मुख्य सड्क सन्धिखर्क गोरुसिङ्गे सड्क अबरुद्ध भएको छ । सन्धिखर्कको नगरपालिकाको नरपानी खण्डमा पहिरो गएको र सितगंगा नगरपालिकाकाको सितापुर देखी रजिया सम्म बाक्लो असिना र हिमपात भएका कारण यातायातका साधन ठप्प भएका छन । पहिलो हटाउने कार्य अगाडि बढेको प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलले बताए । ‘गय राति १० बजे सन्धिखर्कको डम्पीङ्ग साईडमा पहिरो गई सड्क अबरुद्ध भएको थियो । तत्काल सन्धिखर्क नगरपालिकाको डोजर प्रयोग गरेर हटाएका छौ । अन्य स्थानमा पनि पहिरो हटाउने कार्य जारी रहेको छ । ’ पहिरो हटाएपनि सड्कमा जमेको असिना र हिमपातकाका कारण सड्क सञ्चालनन गर्न दिन भर लाग्ने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक प्रकाश बिष्टले बताए । ‘पहिरो हटाएपनि सड्कमा असिना र बाक्लो हिउ जम्मा भएको छ । सफा गर्न पनि लामो दुरी भएकोले सम्भव देखीएन । घाम लागेर असिना र हिउँ पग्लीएपछि मात्र यातायातका साधनहरु सञ्चालन हुने देखीन्छ ।
 ’
असिनाले हिउँदे बाली नष्ट
रात भर परेको असिना पानिले गहुँखेती संगै हिउँदे अन्न बाली नष्ट गरेको छ । फुल खेल्न थालेका फलफुल सबै नष्ट गरेको सितगंगा नगरपालिका वडा नं ३  का कृषक बिष्णु न्यौपानेले बताए । ‘गहुँबाली नष्ट बनायो । आरु बखरमा फुल लागेको थियो सबै सखाप बनाएको छ । चैत्रमा यसरी असिना र हिमपात भएको पहिलो पटक जाने । ’ सितगंगा नगरपालिका वडा नं ३ ठाडा क्षेत्रमा असिनाले बारिमा गहँुबाली सखाप पारेको छ ।  हिउँदमा पानि परेपछि हिउँदे बाली राम्रो भए पनि असिनाले बालि चुटेपछि किसान चिन्तीत बन

Share:

No comments:

Post a Comment

Radio Malarani 95.7 MHz LIVE

LIVE:

रेडियो मालारानी ९५.७ मेगाहर्ज

Blog Archive

Recent Posts