• On Radio Malarani 95.7 MHz

  • Malarani FM Technician Room

  • My picture On radio

  • My style On Radio

  • Me on Chasma

  • Radio ID card me

Corona update

युवाहरू आर्थिक क्रान्तिमा होमिनुपर्छ: पुर्व उपप्रधानमन्त्री रायमाझी


शोभाखर पन्थी 
अर्घाखाँची /फाल्गुण १७
पुर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले आर्थिक क्रान्तिमा होमिन युवाहरु लाई आवव्हान गर्नुभएको छ । राष्ट्रिय युवासंघ नेपाल नेपाल अर्घाखाँचीको प्रथम एकता जिल्ला भेला तथा सपथ ग्रहण कार्यक्रमको उद्घाटन गर्दै उहाँले राजनीतिक परिवर्तनमा महत्वपूर्ण योगदान पुर्याउने युवाहरु बिकास र समृद्धिको अभियानमा जुट्नुपर्ने बताउनु भयो । ठूलो त्याग ,तपस्या र बलिदान बाट निरंकुशताको अन्त्य भएको स्मरण गराउँदै ,उहाँले आर्थिक,सामाजिक र सांस्कृतिक रुपान्तरणको अभियान मार्फत जनअपेक्षा पुरागर्ने बताउनुभयो । नेपाल कम्युनिस्ट पार्टी नेकपा स्थायी कमिटीका सदस्य समेत रहनुभएका रायमाझीले बर्तमान सरकार ईतिहासमै सफल सरकार भएको बताउनुभयो । नेकपा नेतृत्वको वर्तमान सरकारले देश र जनताको पक्षमा अनगिन्ती काम गरेको भन्दै ,सरकारले गरेका राम्रो कामको आलोचना गर्नु राजनीतिक पुर्वाग्रह भएको बताउनुभयो ।
कार्यक्रममा मन्तव्य राख्दै नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय सदस्य महेश बस्नेतले नेपालको कम्युनिस्ट आन्दोलनले विश्वभरिका श्रमजीवी वर्गमा उर्जा ल्याउन सफल भएको बताउनुभयो । उहाँले संसारभरका कम्युनिस्टहरु कमजोर र रक्षात्मक भएको अबस्थामा नेपाली कम्युनिस्टहरुले जनताको अभिमत व्दारा दुई तिहाई बहुमत ल्याई आफुलाई अब्बल साबित गर्न सफल भएको भन्दै बिकास र समृद्धि मार्फत नेपाली जनताको मुहारमा खुसि ल्याउने काम भैरहेको बताउनुभयो ।
राष्ट्रिय युवासंघ नेपालका ईन्चार्ज समेत रहनु भएका पुर्वमन्त्री बस्नेतले नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेताहरूमा देखिएको विवादले पार्टी लाई अझै एकता बद्ध र बलियो बनाउने वताउँदै ,नेकपा बिभाजन हुन्छ भन्ने अनर्गल हल्ला प्रतिकृयावादीहरुको दिबा सप्ना मात्र भएको बताउनुभयो ।
उहाँले नेकपा बहुमत र अल्पमतको आधारमा नभई सहमतिका आधारमा चल्ने पार्टी हो भन्दै पुर्व नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पुर्व माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सहमति र अन्य शीर्ष नेताहरूको सहयोग र साथमा पार्टीले महत्वपूर्ण निर्णय लिने बताउनुभयो । नेता बस्नेतले बर्तमान केपी ओली नेतृत्वको सरकार ईतिहासमै सक्षम ,सफल र राष्ट्रवादी सरकार भएको दाबी गर्दै ५ बर्ष पहिले र अहिलेको बिकास दाँजेर हेर्न आग्रह गर्नुभयो । सिमित साधन र श्रोतका बीच पनि सरकारले ऐतिहासिक काम गरेको तथ्य प्रस्तुत गर्दै बस्नेतले छोटो अबधिमा थुप्रै पुर्वाधार निर्माण भएको , राष्ट्रिय गौरवका आयोजनाहरु निर्माण भैरहेको ,आर्थिक बृद्धिदर बढेको ,प्रतिव्यक्ति आय बढेको ,बैदेशिक निर्यात बढेको , आयातमा कमि हुँदै गएको ,किसान लाई उन्नत बीउ,मल र कृषि औजारमा भारी छुट दिईएको,उद्यम गर्न चाहने युवालाई न्यून व्याजदरमा ऋण उपलब्ध गराएको बताउनुभयो । उहाँले तत्कालै अमेरिका,अष्ट्रेलिया ,जापान ,चिन लगायत विश्वका धनी देशको जस्तै बिकास खोजेर पूरा हुन नसक्ने भन्दै केही बर्षमा नेपाल लाई बिकसित मुलुकको दाँजोमा पुर्याउने दृढता व्यक्त गर्दै उत्पादन मुलक काममा जोडिन युवाहरु लाई आग्रह गर्नुभयो ।
कार्यक्रममा मन्तव्य राख्दै राष्ट्रिय युवासंघ नेपालका केन्द्रीय संयोजक रामप्रसाद सापकोटा दिपशिखाले नेपाल कम्युनिस्ट पार्टी नेकपा र बर्तमान सरकारले नै मुलुकमा बिकास र समृद्धि ल्याउने बताउनुभयो । उहाँले बर्षौ देखि जरागाडेर बसेको भ्रष्टाचार र अनियमितता लाई सरकारले सतहमा ल्याईदिएको र कार्वाही गरेरै छोड्ने दावी गर्नुभयो । नेकपा नेपाली कांग्रेस जस्तो भ्रष्टाचारी लाई कार्वाही गर्नु हुँदैन भनेर सडकमा आन्दोलन गर्ने पार्टी नभएको भन्दै सापकोटाले भ्रष्टाचारी जुनसुकै पार्टी र पक्षको भएपनि कार्वाही गरिने बताउनुभयो । उहाँले भ्रष्टाचार ,ढिलासुस्ती र अनियमितता बिरुद्ध युवाहरू सधैब संघर्षरत रहिरहने बताउनुभयो । नेता सापकोटाले पार्टी एकता लाई मजबुत पार्नुको बिकल्प नभएको बताउँदै तल सम्म नै भावनात्मक एकता गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले बिगतका तिक्तता बिर्सिएर अगिबढ्नुको बिकल्प नभएको समेत बताउनुभयो ।
कार्यक्रममा मन्तव्य राख्दै नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय सदस्य शुशीला श्रीपाली,जिल्ला अध्यक्ष तथा प्रदेशसभा सदस्य चेतनारायण आचार्य र राष्ट्रिय युवासंघ नेपालका केन्द्रीय सहसंयोजक रमेश पौडेलले युवाहरु परिवर्तनका वाहक मात्र नभई बिकास ,समृद्धि र सिर्जनाका प्रतिक समेत भएको बताउँदै सामाजिक रुपान्तरण र बिकासको काममा अग्रसर हुन युवाहरु लाई आग्रह गर्नुभयो ।
राष्ट्रिय युवासंघ नेपालका जिल्ला संयोजक गोबिन्द आचार्यको अध्यक्षता र सहसंयोजक प्रकाश खनालको संचालनमा सम्पन्न कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी नेकपाका जिल्ला सचिव ठाकुर कुमार बि.क.,केन्द्रीय सदस्यहरु किरण पौडेल ,पुजा कार्की ,सुबोध श्रीपाली,नरेश कुमार शाही ,ठाकुर सौराग आदर्श,मनिषा चुँदारा,शरिता श्रीस,सुशील भट्टराई लगायतका वक्ताहरूले मन्तव्य राख्दै सामाजिक न्याय ,बिकास र समृद्धिको लागि बलियो र सशक्त युवा संगठन निर्माण गर्नुपर्नेमा जोडदिनु भयो ।
कार्यक्रममा राष्ट्रिय युवासंघ नेपालका संयोजक रामप्रसाद सापकोटाले जिल्ला सदस्यहरु लाई सपथ ग्रहण गराउनु भएको थियो ।
Share:

Radio Malarani 95.7 MHz LIVE

LIVE:

रेडियो मालारानी ९५.७ मेगाहर्ज

Recent Posts