Corona update

अर्घाखाँचीका गाउँगाउँमा फैलियो इन्टरनेट, जीवनशैली फेरिँदै

अर्घाखाँचीका गाउँगाउँमा फैलियो इन्टरनेट, जीवनशैली फेरिँदै

घनश्याम पौडेल
 अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं. ६ धातिवाङ्गका भोजराज पौडेलले घरमै बसी बसी आफन्तजन सँग भिडियो कलमा कुराकानी गर्छन । घरभन्दा बाहिर हिडन नसक्ने पौडेलले दिन इन्टरनेटमा बिताउँछन । घरमा नभएका आफन्नतजनसँग मोवाईल मार्फत भिडियोमा कुराकानी हुन्छ, प्रविधिको विकास सँगै इन्टरनेटको आवश्यकता हुदो रहेछ, उनले भने । फोनले सँग राम्रो काम नगर्ने जिल्लाका ग्रामिण भेगमा पछिल्लो समय इन्टरनेट जडानमा प्रतिष्पर्धा रहेको छ ।
आफन्तजनहरुले मोवाईलबाट विदेशमा रहेका श्रीमान तथा छोराछोरीसँग फोनमा भन्दा फेसबुक म्यासेन्जर र इमोमा फोटो हेरेर कुराकानी गर्न पाउँदा खुसी हुन्छन् । संघियता पश्चात सदरमुकाममा केन्द्रीत रहेको इन्टरनेट सेवा गाउँ गाउँमा पुगेको छ । जिल्लामा रहेका इन्टरनेट सेवा दिने संघसंस्थाहरुमा प्रतिष्पर्धा रहेको छ ।
अर्घाखाँची जिल्लाका गाउँमा इन्टरनेटको पहुँच विस्तार हुँदै गएको छ । इन्टरनेटको पहुँच विस्तारले प्रयोगकर्ता बढेका छन् भने ग्रामीण क्षेत्रका मानिसको जीवनशैलीसमेत बदलिएको छ । मोबाइल फोन, इमेल, इन्टरनेटजस्ता नयाँ–नयाँ प्रविधि र तिनमा आधारित वर्तमान मानिसको जीवनशैली फेरिएको छ । ग्रामिण भेगका धेरै अभिभावकलाई स्वदेश तथा परदेशमा कुरा गर्न सजिलो बनाएको छ ।
पाणिनी गाउँपालिका अध्यक्ष अच्युत गौतमले इन्टरनेट जडानले गाउँपालिकाका काम गर्न सहज भएको छ, इन्टरनेट अझै राम्रो भएमा गाउँपालिकाका नियमित कामका लागी सहज हुन्छ, सुवेसु नेटले दुर्गाफाटसम्म फाईवर लाईनको विस्तार गरेको छ, अव नेट राम्रोसँग चल्नेमा विश्वस्त छौँ ।
चेक साटन र रेमिटयान्सबाट आएको पैसा लिनका लागी सदरमुकाम सन्धिखर्क जानुपर्ने बाध्यता जिल्ला बासीलाई थियो । तर पछिल्लो डेढ वर्षमा गाउँमा इन्टरनेटको सुविधा भएपछि गाउँबाटै पैसा निकाल्न सहज भएको पणेनाकी जवुना पोख्रेलले बताईन । ग्लोवल आईएमई बैंक दुर्गाफाटमा इन्टरनेटको सुविधा सुवेसु नेट अर्घाखाँचीले दिएको छ, पैसा निकाल्नका लागी सन्धिखर्क जान पदैँन ।
अहिले जिल्लाका सबै स्थानीय तह इन्टरनेटको पहुँचमा छन । त्यस कारण पनि स्थानीय तहमा बैंक तथा वित्तीय संस्था पुगेका छन । गतवर्ष नै इन्टरनेट विस्तारसँगै र बैंक तथा वितीय संस्था गाउँ–गाउँमा पुगेका छन । बैंक पुगेसँगै नागरिकले वित्तीय कारोबार गर्न सदरमुकाम वा सहर पुग्नुपर्ने बाध्यता हटेको छ । यसले बचत गर्ने र कर्जा लिएर उद्यम गर्ने बानीको समेत विकास भएको छ  । अहिले गाउँ–गाउँमा ग्लोबल आईएमई बैंक, साइन रेसुंगा, सेन्चुरी बैंक, मेगा बैंक, एनआईसी एसिया, बैंक, सेन्चुरी बैंक लगायतले आफ्नो सेवा विस्तार गरी गाउँबाटै जनतालाई सेवा दिएका छन् ।
जिल्लामा नेपाल टेलिकमसँगै आधा दर्जन कम्पनीले इन्टरनेट सेवा सञ्चालन विस्तार गरेका छन । जिल्लामा हाल नेपाल टेलिकम कार्यालय अर्घाखाँचीले एडिएसएल प्रविधिअन्तर्गत सेवा दिएको छ । जिल्लामा अहिले जयमातादि केवल नेटोर्क मार्फत पाणिनी गाउँपालिकाका सबै वडा, सदरमुकाम सन्धिखर्क, शितगंगा नगरपालिकाको ठाडा, मालारानी र भुमिकास्थानका विभिन्न ठाउँमा इन्टरनेट सेवा विस्तार गरेको प्रमुख गोपाल सिंह अर्यालले बताए । अर्यालले भने ‘जिल्लाको ठाडा, पाणिनीका सबै ठाउँ, भुमिकास्थान, मालारानीका वडा तथा गाउँ नगरपालिकाको कार्यालय गरी करिब ३०० ठाउँमा नेट जडान गरेका छौँ । ग्राहकको ध्यानलाई मध्यनजर गर्दै फाईबर लाईन सञ्चालन गर्नका लागी काम अगाडी बढाएका छौँ ।
सदरमुकाम सन्धिखर्कमा चल्ने नेट र ग्रामिण भेगमा चल्ने नेटका खासै फरक छैन, गाउँमा पनि राम्रो नेट चल्छ, कमल राष्कोटीले भने । इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्ड लिंक, इन्फोनेटले पनि जिल्लाको ग्रामिण भेगमा नेटको सुविधा पु¥याएको छ।
साथै, अहिले ग्रामीण क्षेत्रहरूमा इन्टरनेटको माग अत्यधिक रहेको अर्यालले बताए । ‘अहिले सेवा पाए पैसाको समस्याको समस्या गाउँमा पनि छैन,’ उनले भने, ‘छोराछोरी परदेश हुनेहरूको घरमा इन्टरनेटको बढी माग छ ।’ सूचना र प्रविधिको विकाससँगै सर्वसाधारणमा हुलाक सेवा प्रभावहीन बन्दै गएको छ । अहिले सरकारी निकायका महत्वपूर्ण चिठ्ठी हुलाकमार्फत आउँछन । त्योबाहेक सूचना र प्रविधिका आमनागरिकको हातमै उपलब्ध छ । हुलाकमार्फत चिठी आदान–प्रदान गर्नेको संख्या बर्से्नि क्रमशः घट्दै छ । टेलिफोन र इन्टरनेटको विकाससँगै हुलाकमार्फत चिठी पठाउनेको संख्या घटेको जिल्ला हुलाक कार्यालयले जनाएको छ ।
Share:

No comments:

Post a Comment

Radio Malarani 95.7 MHz LIVE

LIVE:

रेडियो मालारानी ९५.७ मेगाहर्ज

Blog Archive

Recent Posts