Corona update

धनुषामा अवैध खोला उत्खननकाे विरोध गर्दा टिप्परले किचेर ‘हत्या’

    बिजय के सी  
       मालारानी

अवैध रुपमा भइरहेकाे खोला उत्खननकाे विरोध गर्दा धनुषामा एक युवकको टिप्परले किचेर हत्या गरिएको प्रत्यक्षदर्शीले बताएका छन् ।
शुक्रबार बिहान आफूसँगै मर्निङ वाकमा निस्केका दिलिपकुमार महतोले औरही खोलामा गिट्टी उत्खनन् भइरहेको देखेपछि रोक्न जाँदा चालकले जबर्जस्ती टिप्पर चलाएर किचेकाे प्रत्यक्षदर्शी राेशन यादवले बताउनुभयाे ।
अवैध रुपमा खाेलाबाट बालुवा गिट्टी उत्खन्न गर्न दिन नहुने भन्दै विराेध गर्दै आउनुभएका धनुषाकाे मिथिला नगरपालिका, श्रीपुरका २४ वर्षीय ओमप्रकाश भन्ने दिलिपकुमार महतोको टिप्परले किचेर हत्या गरिएको हो ।
बिहान ४ बजे आफ्ना साथी रोशन यादवसँग मर्निङ वाकमा निस्केका ओमप्रकाशले अवैध रुपमा बालुवा गिट्टी उत्खन्न भइरहेको देखेपछि रोक्न जाँदा बालुवा गिट्टी लिन पुगेकाे ना ७ ख ६४१३ नम्बरकाे टिपर चालकले तिमी रोक्ने को हो? भन्दै टिप्पर नै महताेमाथि चलाइदिएकाे उहाँसँगै रहनुभएका प्रत्यक्षदर्शी राेशन यादवले जानकारी दिनुभयाे ।
भारतमा इन्जिनियरिङ अध्ययनरत ओमप्रकाशको टिप्परले टाउकोमै किचेर हत्या गरिएको स्थानीयको आरोप छ । घटनालगत्तै प्रहरी पुगेर शव बरामद गरी पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर पठाएको छ भने टिप्पर नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।
इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादवका अनुसार पनि घटनाको प्रकृति हेर्दा नियोजित रुपमा टिप्परले किचेर दिलिपको हत्या भएकाे देखिन्छ । घटनापछि टिप्पर चालक फरार भएकाे प्रहरीले जनाएकाे छ ।  
यसैबीच घटनापछि स्थानीयले विरोध जनाउँदै पूर्व पश्चिम राजमार्ग बिहानैदेखि अवरुद्ध गरेका छन् । दोषीमाथि कारबाहीको माग गर्दै घटनास्थल नजिकै मिथिला नगरपालिका-५, श्रीपुरको रामलक्ष्मण चोकमा स्थानीयले टायर बालेर राजमार्ग अवरुद्ध गर्दै विरोध प्रदर्शन गरिरहेका छन् ।
यता जिल्ला प्रहरी कार्यालय धनुषाले शान्ति सुरक्षा कायम गर्न त्यहाँ प्रहरी परिचालन गरिसकिएको र दोषी भनिएका टिप्पर चालकको खोजी कार्य भइरहेकाे जनाएकाे छ ।  
Share:

No comments:

Post a Comment

Radio Malarani 95.7 MHz LIVE

LIVE:

रेडियो मालारानी ९५.७ मेगाहर्ज

Blog Archive

Recent Posts