Corona update

तनहुँमा बस दुर्घटना : २ जनाको ज्यान गयाे, १६ घाइते

बिजय के सी 
 मालारानी
पाल्पाको रामपुरबाट पोखरातर्फ जाँदै गरेको यात्रुवाशक बस शुक्रबार दिउँसो तनहुँको घिरिङ गाउँपालिका–३, मानपुर नजिक दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ भने १६ जना घाइते भएका छन् । 
ग १ ख ६१७५ नम्बरको बस दुर्घटना हुँदा तनहुँको घिरिङ–१ बैंडीकी २० वर्षीया मीना थापा र घिरिङ ३ की ननीमाया गुरुङको ज्यान गएको इलाका प्रहरी कार्यालय भिमादका प्रहरी नायब निरीक्षक भेषराज रेग्मीले जानकारी दिनुभयाे । थापाको घटनास्थलमै र गुरुङको उपचारको क्रममा ज्यान गएको हो ।
दुर्घटनामा घाइते भएकाहरुकाे भिमादका स्वास्थ्य संस्था र मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी लिलाराज लामिछानेले जानकारी दिनुभयाे ।
हिलाम्मे सडकमा बस चिप्लिएर दुर्घटना भएको र बस सडकबाट झण्डै ३५ मिटर तल खसेको प्रहरीले जनाएको छ ।
Share:

No comments:

Post a Comment

Radio Malarani 95.7 MHz LIVE

LIVE:

रेडियो मालारानी ९५.७ मेगाहर्ज

Blog Archive

Recent Posts