Corona update

प्रदेश नं ५ ले माघ १ र २ गते सार्वजनिक बिदा दिने घाेषणा गरकाे छ ।


बिजय के सी मालारानी 
   अर्घाखाँची  
प्रदेश नं. ५सरकारले आगामी माघ १ र २ गते सार्वजनिक बिदा दिने भएको छ । थारु र मगरहरुको बाहुल्य भएको प्रदेश हुनाले सरकारले दुई दिने बिदा दिने निर्णय गरेको हो । माघीका अवसरमा मुख्यमन्त्री शंकर पोखरेलले माघी उत्सवको समेत योजना गर्ने भएका छन् । गएको वर्षसमेत उत्सव आयोजना गर्दै सरकारले दुई दिने बिदा दिएको थियो ।मन्त्रीपरिषद् बैठकले फागुनमा प्रदेश स्थापना दिवस भव्य रुपमा मनाउने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले स्थापना दिवसमा दाङको बेलझुण्डिमा प्रदर्शनी गर्ने निर्णय गरेको बताए ।बैठकले फागुन १० गतेदेखि ३ दिन दाङमा प्रदेश स्थापना एक्स्पो गर्ने निर्णय गरेको हो । एक्स्पोमा कृषि, शिक्षा, स्वास्थ्य सूचना प्रविधिको प्रदर्शनी हुनेछ । त्यस्तै बैठकले सुचना तथा सञ्चार प्रविधि प्रतिष्ठान संगठन संरचना एवं दरबन्दी स्वीकृत गरेको छ । १ निर्देशक सहित १० जनाको दरबन्दी बैठकले स्वीकृत गरेको हो । बैठकले रुपन्देहीका इन्द्रप्रसाद पछाईलाई प्रदेश बन निर्देशनालयको निमित्त निर्देशकमा खटाएको छ । त्यसैगरी बैठकले प्रदेश पदक निमावली स्वीकृत गरेको छ । प्रदेश चलचित्र निर्माण, प्रदर्शन एवं वितरण विधेयक निर्माणको अवधारणा समेत स्वीकृत गर्ने निर्णय गरेको छ ।
Share:

No comments:

Post a Comment

Radio Malarani 95.7 MHz LIVE

LIVE:

रेडियो मालारानी ९५.७ मेगाहर्ज

Blog Archive

Recent Posts