• On Radio Malarani 95.7 MHz

  • Malarani FM Technician Room

  • My picture On radio

  • My style On Radio

  • Me on Chasma

  • Radio ID card me

Corona update

गुल्मीमा स्मार्ट फोनको टावरमा आगजनी


बिजय के सी
गुल्मीको धुर्कोटमा रहेको स्मार्ट फोनको टावरमा आगजनी भएको छ । धुर्कोट गाउँपालिका-६ धुर्कोटस्थित रजस्थलमा रहेको टावरमा अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ । आइतबार राति करिब ११ बजेको समयमा भएको आगजनीबाट टावरको ओडीबक्स पूर्ण रुपमा जलेर क्षति भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । टावरमा क्षति पुगेका कारण स्मार्ट फोनको नेटवर्क अवरुद्ध भएको गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले बताए ।
करिब ५ वर्षदेखि उक्त स्थानमा स्मार्ट फोन कम्पनीले टावर राखेको थियो ।आगजनीका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक खड्काले बताए ।
Share:

धादिङ दुर्घटना अपडेट : घाइते १५ जनालाई हेलिकप्टरमार्फत काठमाण्डौ ल्याइयो

     
           बिजय के सी   
धादिङको निलकण्ठ नगरपालिका-८ ससाह ज्यामिरेमा भएको ट्रक दुर्घटनामा घाइते भएकालाई हेलिकप्टरमार्फत काठमाण्डौ ल्याइएको छ । 
घाइते भएकामध्ये १५ जनालाई उपचारको लागि काठमाण्डौ ल्याइएको हो । दुर्घटनामा ६ जनाको ज्यान गएको थियो भने ३२ जना घाइते भएका थिए ।  ट्रकमा करिब ४० जना यात्रु रहेका थिए ।
घाइते भएकामध्ये केहीको धादिङ जिल्ला अस्पतालमा उपचार भैरहेको  प्रहरीले जनाएको छ । तीव्र गतिका कारण ट्रक दुर्घटना भएको प्रहरीले जनाएको छ 
Share:

डिभर्ना अमिलेकी एक महिला बेपत्ता

     
               बिजय के सी
     अर्घाखाँची जिल्लाको सन्धिर्खक नगरपालिका वार्ड नम्बर ११ डिभर्ना अमिलेकी एक महिला बेपत्ता भएकी छिन् । 

डिभर्ना अमिलेका शिव सेजवालकी श्रीमती नबिना सेजवाल आईताबार साँझबाट बेपत्ता भएकी हुन् । 

नबिना आईताबार साँझ ८ बजे सानाे काखकाे छाेरी र श्रीमान घरमा रहेको बेला बाहिर निस्केकी थिईन् । उनलाई गाउँ, छिमेकी, माईती लगायत सबै ठाउँमा खोज्दा पनि फेला पर्न सकिएको छैन् । 

परिवारले २४ घण्टा बित्न लाग्दा पनि फेला नपरेपछि प्रहरी लगयात सम्पूर्णलाई खोजिदिन अनुरोध गरेका छन् । कसैले फेला पारेमा नजिकैकाे प्रहरी चाैकी वा ९८४७१८२५९८मा फाेन गरि जानकारी गराइदिन सकिने छ ।  




Share:

पोखरीमा डुबेर दुईजना बालिकाको मृत्यु

         बिजय के सी  
अर्घाखाँचीको सन्धिखर्कमा पोखरीमा डुबेर दुईजना बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर ७ की ६ वर्षीया कृष्टीना महत र प्युठानकी ४ वर्षीया वर्षा थापा रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी सुचना अधिकारी रामनारायण गुप्ताले जानकारी दिए ।
पौडी खेल्ने क्रममा दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 
Share:

गरिब दुखिको भगवान रबि लामिछानेले पाए न्याय


      बिजय के सी 
सञ्चारकर्मीद्वय रवि लामिछाने र युवराज कँडेललाई जिल्ला अदालत चितवनले सफाई दिएको छ । जिल्ला अदालत चितवनमा आज भएको बहस सकिएपछि फैसला सुनाउँदै जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलासले लामिछाने र कँडेललाई सफाई दिएको हो ।
अदालतको फैसला सुनाउँदै न्यायाधीश रावलले शालिकराम पुडासैनीको आत्म हत्या प्रकरणमा दुरुत्साहन गरेको भन्नेबारेमा कुनै संलग्नता नदेखिएको भन्दै सञ्चारकर्मी द्धय लामिछाने र कँडेललाई सफाई दिएको हो । गत साउन ३१ गते लामिछाने र कँडेललाई न्यूज ट्वान्टी फोर टेलिभिजन कै परिसरबाट पुडासैनी आत्म हत्या प्रकरणमा दुरुत्साहन गरेको आरोपमा पक्राउ गरिएको थियो ।
यस अघि जिल्ला अदालत चितवनले लामिछानेलाई ५ लाख रुपैयाँ र कँडेललाई ३ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । विभिन्न चरणको वहस पछि आज भएको अन्तिम बहस पछि यो फैसला सुनाइएको हो। सफाई पाए लगतै संचारकर्मीसँग कुरा गर्दै सबै प्रति भारर प्रकट गरेका छन । यस अघि रबि लामिछाने र युबराज कडेल धरौटी बझाएर थुनामुक्त भएका थिए
Share:

केही समय होचा व्यक्तिको विश्व कीर्तिमान राखेका खगेन्द्र थापामगरको निधन भएको छ

बिजय के सी
    मालारानी 
केही समय होचा व्यक्तिको विश्व कीर्तिमान राखेका खगेन्द्र थापामगरको निधन भएको छ । खगेन्द्रको शुक्रबार दिउँसो पोखराको मणिपाल शिक्षण अस्पतालमा निधन भएको खगेन्द्र थापामगर प्रतिष्ठानका सदस्य दिनानाथ बरालले बताउनुभयो ।
स्वास्थ्यमा समस्या आएपछि थापालाई बिहीबार अस्पतालमा भर्ना गरिएको थियो । मणिपाल अस्पतालको सघन उपचारकक्ष ९आईसीयू० मा भर्ना भएका थापा मगरको शुक्रबार दिउँसो ३ बजे निधन भएको हो । थापामगरको निधन निमोनियाका कारण भएको चिकित्सकले बताएका छन् ।
५७ सेन्टिमिटर अर्थात् २२ दशमलव ४ इन्च उचाइ भएका थापामगरले २०६७ असोज २८ मा विश्वकै होचा व्यक्तिको रुपमा ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड्स’ मा नाम लेखाउन सफल हुनुभएको थियो ।

Share:

बोरिङ प्रविधिबाट पानी निकाल्ने काम सुरू भएपछि मालारानीबासी हर्सीद



बिजय के सी
मालारानी गाउँपालिका मा नयाँ प्रविधि बाट पानी निकालिएको छ ।पहाडको टाकुरा बाट पानी निकालिय पछि स्थानीयवासीहरू हर्षित भएका छन् ।
घेरा मालारानी पर्यटकिय पूर्वाधार मन्दिर उपभोक्ता समितिमालारानी ६ द्वारा मालारानीमा पिउने पानी व्यवस्थापन को लागि बोरिङ्ग सन्चालनको काम सुभारम्भ गरियको हो ।
मालारानी गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्यले गत माघ १ गते एककार्यक्रमकाबिच पानी निकाल्ने कार्यको शुभारम्भ गर्नु भएकोथियो ।
मुक्तिनाथ दिलिप एण्ड कन्सट्रक्सन प्रा।लिरूपन्देही को ठेक्कामा सो कामको थालनी भएको हो ।पहिलो चरणको सफल परिक्षण पछि पानी आउने निस्चित भए पछि सो कामको थालनी गरियको हो ।सो काम सम्पन्न गर्न उच्च प्रविधि सहितको मसिन र प्राविधिक भारतको राजस्थान बाट मालारानील्याईएको छ ।
मालारानी मन्दिर परिसर सडक किनारा बाटसुरू गरिएको उक्त बोरिङ्गजमिन सतहबाट ३०० मिटरगहिराइमा खन्दा पानी फेला परेकोर पानी २ ईन्चको पोलिथिन पाइपमा भरिने गरि निक्लेको रिसर्चमा संलग्न ईन्जिनियर बासु भुसालले बताउनु भएको छ ।

Share:

धनुषामा अवैध खोला उत्खननकाे विरोध गर्दा टिप्परले किचेर ‘हत्या’

    बिजय के सी  
       मालारानी

अवैध रुपमा भइरहेकाे खोला उत्खननकाे विरोध गर्दा धनुषामा एक युवकको टिप्परले किचेर हत्या गरिएको प्रत्यक्षदर्शीले बताएका छन् ।
शुक्रबार बिहान आफूसँगै मर्निङ वाकमा निस्केका दिलिपकुमार महतोले औरही खोलामा गिट्टी उत्खनन् भइरहेको देखेपछि रोक्न जाँदा चालकले जबर्जस्ती टिप्पर चलाएर किचेकाे प्रत्यक्षदर्शी राेशन यादवले बताउनुभयाे ।
अवैध रुपमा खाेलाबाट बालुवा गिट्टी उत्खन्न गर्न दिन नहुने भन्दै विराेध गर्दै आउनुभएका धनुषाकाे मिथिला नगरपालिका, श्रीपुरका २४ वर्षीय ओमप्रकाश भन्ने दिलिपकुमार महतोको टिप्परले किचेर हत्या गरिएको हो ।
बिहान ४ बजे आफ्ना साथी रोशन यादवसँग मर्निङ वाकमा निस्केका ओमप्रकाशले अवैध रुपमा बालुवा गिट्टी उत्खन्न भइरहेको देखेपछि रोक्न जाँदा बालुवा गिट्टी लिन पुगेकाे ना ७ ख ६४१३ नम्बरकाे टिपर चालकले तिमी रोक्ने को हो? भन्दै टिप्पर नै महताेमाथि चलाइदिएकाे उहाँसँगै रहनुभएका प्रत्यक्षदर्शी राेशन यादवले जानकारी दिनुभयाे ।
भारतमा इन्जिनियरिङ अध्ययनरत ओमप्रकाशको टिप्परले टाउकोमै किचेर हत्या गरिएको स्थानीयको आरोप छ । घटनालगत्तै प्रहरी पुगेर शव बरामद गरी पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर पठाएको छ भने टिप्पर नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।
इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादवका अनुसार पनि घटनाको प्रकृति हेर्दा नियोजित रुपमा टिप्परले किचेर दिलिपको हत्या भएकाे देखिन्छ । घटनापछि टिप्पर चालक फरार भएकाे प्रहरीले जनाएकाे छ ।  
यसैबीच घटनापछि स्थानीयले विरोध जनाउँदै पूर्व पश्चिम राजमार्ग बिहानैदेखि अवरुद्ध गरेका छन् । दोषीमाथि कारबाहीको माग गर्दै घटनास्थल नजिकै मिथिला नगरपालिका-५, श्रीपुरको रामलक्ष्मण चोकमा स्थानीयले टायर बालेर राजमार्ग अवरुद्ध गर्दै विरोध प्रदर्शन गरिरहेका छन् ।
यता जिल्ला प्रहरी कार्यालय धनुषाले शान्ति सुरक्षा कायम गर्न त्यहाँ प्रहरी परिचालन गरिसकिएको र दोषी भनिएका टिप्पर चालकको खोजी कार्य भइरहेकाे जनाएकाे छ ।  
Share:

अर्घाखाँचीका गाउँगाउँमा फैलियो इन्टरनेट, जीवनशैली फेरिँदै

अर्घाखाँचीका गाउँगाउँमा फैलियो इन्टरनेट, जीवनशैली फेरिँदै

घनश्याम पौडेल
 अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं. ६ धातिवाङ्गका भोजराज पौडेलले घरमै बसी बसी आफन्तजन सँग भिडियो कलमा कुराकानी गर्छन । घरभन्दा बाहिर हिडन नसक्ने पौडेलले दिन इन्टरनेटमा बिताउँछन । घरमा नभएका आफन्नतजनसँग मोवाईल मार्फत भिडियोमा कुराकानी हुन्छ, प्रविधिको विकास सँगै इन्टरनेटको आवश्यकता हुदो रहेछ, उनले भने । फोनले सँग राम्रो काम नगर्ने जिल्लाका ग्रामिण भेगमा पछिल्लो समय इन्टरनेट जडानमा प्रतिष्पर्धा रहेको छ ।
आफन्तजनहरुले मोवाईलबाट विदेशमा रहेका श्रीमान तथा छोराछोरीसँग फोनमा भन्दा फेसबुक म्यासेन्जर र इमोमा फोटो हेरेर कुराकानी गर्न पाउँदा खुसी हुन्छन् । संघियता पश्चात सदरमुकाममा केन्द्रीत रहेको इन्टरनेट सेवा गाउँ गाउँमा पुगेको छ । जिल्लामा रहेका इन्टरनेट सेवा दिने संघसंस्थाहरुमा प्रतिष्पर्धा रहेको छ ।
अर्घाखाँची जिल्लाका गाउँमा इन्टरनेटको पहुँच विस्तार हुँदै गएको छ । इन्टरनेटको पहुँच विस्तारले प्रयोगकर्ता बढेका छन् भने ग्रामीण क्षेत्रका मानिसको जीवनशैलीसमेत बदलिएको छ । मोबाइल फोन, इमेल, इन्टरनेटजस्ता नयाँ–नयाँ प्रविधि र तिनमा आधारित वर्तमान मानिसको जीवनशैली फेरिएको छ । ग्रामिण भेगका धेरै अभिभावकलाई स्वदेश तथा परदेशमा कुरा गर्न सजिलो बनाएको छ ।
पाणिनी गाउँपालिका अध्यक्ष अच्युत गौतमले इन्टरनेट जडानले गाउँपालिकाका काम गर्न सहज भएको छ, इन्टरनेट अझै राम्रो भएमा गाउँपालिकाका नियमित कामका लागी सहज हुन्छ, सुवेसु नेटले दुर्गाफाटसम्म फाईवर लाईनको विस्तार गरेको छ, अव नेट राम्रोसँग चल्नेमा विश्वस्त छौँ ।
चेक साटन र रेमिटयान्सबाट आएको पैसा लिनका लागी सदरमुकाम सन्धिखर्क जानुपर्ने बाध्यता जिल्ला बासीलाई थियो । तर पछिल्लो डेढ वर्षमा गाउँमा इन्टरनेटको सुविधा भएपछि गाउँबाटै पैसा निकाल्न सहज भएको पणेनाकी जवुना पोख्रेलले बताईन । ग्लोवल आईएमई बैंक दुर्गाफाटमा इन्टरनेटको सुविधा सुवेसु नेट अर्घाखाँचीले दिएको छ, पैसा निकाल्नका लागी सन्धिखर्क जान पदैँन ।
अहिले जिल्लाका सबै स्थानीय तह इन्टरनेटको पहुँचमा छन । त्यस कारण पनि स्थानीय तहमा बैंक तथा वित्तीय संस्था पुगेका छन । गतवर्ष नै इन्टरनेट विस्तारसँगै र बैंक तथा वितीय संस्था गाउँ–गाउँमा पुगेका छन । बैंक पुगेसँगै नागरिकले वित्तीय कारोबार गर्न सदरमुकाम वा सहर पुग्नुपर्ने बाध्यता हटेको छ । यसले बचत गर्ने र कर्जा लिएर उद्यम गर्ने बानीको समेत विकास भएको छ  । अहिले गाउँ–गाउँमा ग्लोबल आईएमई बैंक, साइन रेसुंगा, सेन्चुरी बैंक, मेगा बैंक, एनआईसी एसिया, बैंक, सेन्चुरी बैंक लगायतले आफ्नो सेवा विस्तार गरी गाउँबाटै जनतालाई सेवा दिएका छन् ।
जिल्लामा नेपाल टेलिकमसँगै आधा दर्जन कम्पनीले इन्टरनेट सेवा सञ्चालन विस्तार गरेका छन । जिल्लामा हाल नेपाल टेलिकम कार्यालय अर्घाखाँचीले एडिएसएल प्रविधिअन्तर्गत सेवा दिएको छ । जिल्लामा अहिले जयमातादि केवल नेटोर्क मार्फत पाणिनी गाउँपालिकाका सबै वडा, सदरमुकाम सन्धिखर्क, शितगंगा नगरपालिकाको ठाडा, मालारानी र भुमिकास्थानका विभिन्न ठाउँमा इन्टरनेट सेवा विस्तार गरेको प्रमुख गोपाल सिंह अर्यालले बताए । अर्यालले भने ‘जिल्लाको ठाडा, पाणिनीका सबै ठाउँ, भुमिकास्थान, मालारानीका वडा तथा गाउँ नगरपालिकाको कार्यालय गरी करिब ३०० ठाउँमा नेट जडान गरेका छौँ । ग्राहकको ध्यानलाई मध्यनजर गर्दै फाईबर लाईन सञ्चालन गर्नका लागी काम अगाडी बढाएका छौँ ।
सदरमुकाम सन्धिखर्कमा चल्ने नेट र ग्रामिण भेगमा चल्ने नेटका खासै फरक छैन, गाउँमा पनि राम्रो नेट चल्छ, कमल राष्कोटीले भने । इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्ड लिंक, इन्फोनेटले पनि जिल्लाको ग्रामिण भेगमा नेटको सुविधा पु¥याएको छ।
साथै, अहिले ग्रामीण क्षेत्रहरूमा इन्टरनेटको माग अत्यधिक रहेको अर्यालले बताए । ‘अहिले सेवा पाए पैसाको समस्याको समस्या गाउँमा पनि छैन,’ उनले भने, ‘छोराछोरी परदेश हुनेहरूको घरमा इन्टरनेटको बढी माग छ ।’ सूचना र प्रविधिको विकाससँगै सर्वसाधारणमा हुलाक सेवा प्रभावहीन बन्दै गएको छ । अहिले सरकारी निकायका महत्वपूर्ण चिठ्ठी हुलाकमार्फत आउँछन । त्योबाहेक सूचना र प्रविधिका आमनागरिकको हातमै उपलब्ध छ । हुलाकमार्फत चिठी आदान–प्रदान गर्नेको संख्या बर्से्नि क्रमशः घट्दै छ । टेलिफोन र इन्टरनेटको विकाससँगै हुलाकमार्फत चिठी पठाउनेको संख्या घटेको जिल्ला हुलाक कार्यालयले जनाएको छ ।
Share:

तनहुँमा बस दुर्घटना : २ जनाको ज्यान गयाे, १६ घाइते

बिजय के सी 
 मालारानी
पाल्पाको रामपुरबाट पोखरातर्फ जाँदै गरेको यात्रुवाशक बस शुक्रबार दिउँसो तनहुँको घिरिङ गाउँपालिका–३, मानपुर नजिक दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ भने १६ जना घाइते भएका छन् । 
ग १ ख ६१७५ नम्बरको बस दुर्घटना हुँदा तनहुँको घिरिङ–१ बैंडीकी २० वर्षीया मीना थापा र घिरिङ ३ की ननीमाया गुरुङको ज्यान गएको इलाका प्रहरी कार्यालय भिमादका प्रहरी नायब निरीक्षक भेषराज रेग्मीले जानकारी दिनुभयाे । थापाको घटनास्थलमै र गुरुङको उपचारको क्रममा ज्यान गएको हो ।
दुर्घटनामा घाइते भएकाहरुकाे भिमादका स्वास्थ्य संस्था र मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी लिलाराज लामिछानेले जानकारी दिनुभयाे ।
हिलाम्मे सडकमा बस चिप्लिएर दुर्घटना भएको र बस सडकबाट झण्डै ३५ मिटर तल खसेको प्रहरीले जनाएको छ ।
Share:

तीन किलोग्राम नक्कली सुनसहित भारतीय नागरिक पक्राउ

नेपाल प्रहरीले तीन किलोग्राम नक्कली सुनसहित एकजनालाई पक्राउ गरेको छ ।
बिजय के सी मालारानी  अर्घाखाँची

महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले तीन किलोग्राम नक्कली सुनसहित भारतीय नागरिक मोहनलाल गुजरातीलाई आज बिहान गोंगबु नयाँ बसपार्कबाट पक्राउ गरेको हो ।वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक उमेश लम्सालले नक्कली सुनको सिक्का बोकेर हिँडेको अवस्थामा गुजरातीलाई पक्राउ गरेको जानकारी दिए । पक्राउ गुजरातीलाई हिरासतमा राखेर ठगी मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको लम्सालले बताए ।
Share:

प्रदेश नं ५ ले माघ १ र २ गते सार्वजनिक बिदा दिने घाेषणा गरकाे छ ।


बिजय के सी मालारानी 
   अर्घाखाँची  
प्रदेश नं. ५सरकारले आगामी माघ १ र २ गते सार्वजनिक बिदा दिने भएको छ । थारु र मगरहरुको बाहुल्य भएको प्रदेश हुनाले सरकारले दुई दिने बिदा दिने निर्णय गरेको हो । माघीका अवसरमा मुख्यमन्त्री शंकर पोखरेलले माघी उत्सवको समेत योजना गर्ने भएका छन् । गएको वर्षसमेत उत्सव आयोजना गर्दै सरकारले दुई दिने बिदा दिएको थियो ।मन्त्रीपरिषद् बैठकले फागुनमा प्रदेश स्थापना दिवस भव्य रुपमा मनाउने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले स्थापना दिवसमा दाङको बेलझुण्डिमा प्रदर्शनी गर्ने निर्णय गरेको बताए ।बैठकले फागुन १० गतेदेखि ३ दिन दाङमा प्रदेश स्थापना एक्स्पो गर्ने निर्णय गरेको हो । एक्स्पोमा कृषि, शिक्षा, स्वास्थ्य सूचना प्रविधिको प्रदर्शनी हुनेछ । त्यस्तै बैठकले सुचना तथा सञ्चार प्रविधि प्रतिष्ठान संगठन संरचना एवं दरबन्दी स्वीकृत गरेको छ । १ निर्देशक सहित १० जनाको दरबन्दी बैठकले स्वीकृत गरेको हो । बैठकले रुपन्देहीका इन्द्रप्रसाद पछाईलाई प्रदेश बन निर्देशनालयको निमित्त निर्देशकमा खटाएको छ । त्यसैगरी बैठकले प्रदेश पदक निमावली स्वीकृत गरेको छ । प्रदेश चलचित्र निर्माण, प्रदर्शन एवं वितरण विधेयक निर्माणको अवधारणा समेत स्वीकृत गर्ने निर्णय गरेको छ ।
Share:

Radio Malarani 95.7 MHz LIVE

LIVE:

रेडियो मालारानी ९५.७ मेगाहर्ज

Blog Archive

Recent Posts