Corona update

बहुदल आएपछि कांग्रेसको पहिलो जीत

बिजय के सी  
 मालारानी, अर्घाखाँची         
बहुदल आएपछीको पहिलो जित निकाल्दा मालारानी वडा नम्वर ३ का कांग्रेसीजनहरु हर्षित भएका छन ।
वडा अध्यक्षमा नेपाली कांग्रेसका शोभाखर खनाल निर्वाचित भएपछी कांग्रेसले निकालेको विजयी ¥यालीमा धेरै मान्छे उत्साहका साथ हिंडेका थिए ।
खनदह क्षेत्रमा भएको विजयी ¥यालीमा सयौं कांग्रेस समर्थकहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा पुर्वमन्त्री एवं नेपाली कांग्रेसका पुर्व केन्द्रिय सदस्य रेवती भुसाल, पार्टी सभापती बिष्णु खनाल मुस्कान, पुर्व पार्टि सभापती एवं सन्धिखर्क नगरपालिका मेयर कमल प्रसाद भुसाल, महिला संघका केन्द्रिय सदस्य तथा प्रदेशसभा सदस्य निर्मला क्षेत्री, जिल्ला उपसभापति शान्ता भण्डारी, सचिव विष्णु भुसाल, महासमिती सदस्य एवं शितगंगाका मेयर सुर्य अधिकारी, क्षेत्रिय सभापती तथा पाणिनी गाँउपालीका अध्यक्ष अच्युत गौतम, क्षेत्रीय सभापति केसशवराज कुँवर, महाधिवेशन प्रतिनिधी तथा छत्रदेव गाँउपालिका अध्यक्ष लेखनाथ पोख्रेल लगायतका नेताहरुले जित निकालेको भन्दै शोभाखर खनाललाई बधाई दिए ।
कार्यक्रममा मन्तव्य राख्दै विजयी शोभाखर खनालले जनमतको दुरुपयोग नगर्ने बताएका छन् । मत दिने सबै मतदाताहरुलाई धन्यवाद दिंदै खनालले आफुले सकेसम्म राम्रो गर्ने, राम्रो गर्न नसके नराम्रो पनी नगर्ने भनाई व्यक्त गरे ।
२०४३ सालमा कांग्रेस नेता खिमानन्द पोख्रेलले प्रधानपञ्च जितेपछी अहिले ३३ वर्षपछी बल्ल शेभाखर खनालले वडा अध्यक्ष जितेका हुन् ।
अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर–३ को वडा अध्यक्ष पदका लागी भएको निर्वाचनमा नेपाली कांग्रेसका शोभाखर खनाल १ सय छ मत बढी ल्याएर विजयी भएका हुन् ।
उनले एक हजार एकसय ५९ मत ल्याए । उनका निकटतम प्रतिद्वन्दी नेकपाका यमलाल खनालले एक हजार ५३ मत ल्याएका छन् । राप्रपाका रणबहादुर खनालले ४ मत ल्याउँदा ९ मत बदर भएका छन् ।

Share:

No comments:

Post a Comment

Radio Malarani 95.7 MHz LIVE

LIVE:

रेडियो मालारानी ९५.७ मेगाहर्ज

Blog Archive

Recent Posts