Corona update

अर्घाखाँचीमा ओभर लोड बोक्ने सवारीसाधनमाथि कडाई, ५२ वटा टिप्परहरु प्रहरी नियन्त्रणमा

 बिजय के सी 
    अर्घाखाँची
ट्राफिक प्रहरी अर्घाखाँचीले क्षमताभन्दा बढी भार बोकेर आउने ५२ वटा मालबहाक टिप्परहरुलाई नियन्त्रणमा लिएको छ ।


जरिवाना काट्दै ‘ओभरलोड’ छाड्दै आएको ट्राफिक प्रहरीले यसपटक भने क्षमताभन्दा बढी बोक्ने टिप्परको चुनढुङगा खन्याई अर्को ट्रकमा लैजानुपर्ने भन्दै ओभरलोड ट्रक सञ्चालनमाथि कडाई गरेको हो ।
 

जिल्ला प्रहरी कार्यालय अर्घाखाँची, जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँची र ईलाका प्रहरी कार्यालय ठाडा अर्घाखाँचीको सकृयतामा सडक दुर्घटना न्युनिकरण गर्ने उद्धेश्यले असुरक्षित तवरबाट चुनढुङ्गा ढुवानी गरिरहेका ट्रीपरहरु माथी कारवाही गर्ने क्रममा प्रारम्भिक चेतावनी स्वरुप ढाला भन्दा माथी चाङ लगाई लोड गरिएका चुन ढुङ्गा ढुवानी गरेका ५२ वटा टिप्परबाट ढाला भन्दा माथी रहेका चुनढुङगा खन्याउन लगाई ढालाको लेभल सम्म मात्र बोक्न सचेत गराइएको थियो । 


यसविपरित लामो समयदेखि निर्वाधरुपले क्षमता भन्दा बढी (ओभरलोड) मालसामान लोड गरी सञ्चालन हुँदै आएका मालबाहक सबारी साधनलाई सन्धिखर्क - गोरसिङे सडक खण्डमा रहेका ट्राफिक प्रहरीले जरिवाना लिदै सञ्चालनमा छुट दिँदै आएका थिए ।

तर अहिले प्रहरीले ओभरलोड सामान ल्याएर आउने मालबहाक ट्रक, चुनढुङगालाई मात्र नभएर ट्रक- चुनढुङगाको ढालाभन्दा माथि सामान हालेर ल्याउनेहरुलाई समेत कडाई गरेको छ ।

Share:

No comments:

Post a Comment

Radio Malarani 95.7 MHz LIVE

LIVE:

रेडियो मालारानी ९५.७ मेगाहर्ज

Blog Archive

Recent Posts