Corona update

८२ वर्षमा सम्बन्ध विच्छेद !


बिजय के सी अर्घाखाँची
जिल्ला अदालत अर्घाखाँचीमा बुधबार ८२ वर्षीय वृद्धले सम्बन्ध विच्छेद गरेका छन्।भुमिकास्थान नगरपालिका ७ नुवाकोट कवेली पोखरा निवासी ८२ वर्षीय ईश्वरीप्रसाद खनालले आफ्नी ५३ वर्षीय श्रीमती कमला खनालसँग सम्बन्ध विच्छेद गराएका हुन्।
२०५६ सालको असार १७ गते खनालले हालको पाणिनि गाउँपालिका साविकको पाली गाविस निवासी कमला आचार्यसँग दोस्रो विवाह गरेका थिए।  पहिलेकी श्रीमतीबाट छोरा नभएको भन्दै उनले दोस्रो श्रीमती कमलालाई भित्र्याएका थिए। झण्डै दुई वर्षसम्म सन्तान नजन्मेपछि उनी माइतैमा बस्दै आएकी थिइन्। भण्डैं १८ वर्षपछि ईश्वरीप्रसाद र कमलाको सम्बन्ध विच्छेद भएको हो।   
लामो समयसम्म सँगै नबसेका दिदी भिनाजुलाई पछिका कार्य गर्न सजिलो होस् भनेर सम्बन्ध विच्छेद गरेको कमलाकी बहिनी विमलाले जानकारी दिइन्।
यस्तै, छत्रदेव गाउँपालिका ४ केरुंगा निवासी ६५ वर्षीय जगलाल न्यौपानेले यही सोमबार आफ्नी ३८ वर्षीय श्रीमती तुलसा न्यौपानेसँग सम्बन्ध विच्छेद गरेका थिए । २०५६ सालमा मागी विवाह गरेका उनीहरुको २० वर्षीय एक छोरा छन्।
विवाह भएको २० वर्षपछि उनीहरुले जिल्ला अदालतमा सम्बन्ध विच्छेद गरेको जिल्ला अदालतका सूचना अधिकारी टेकराज गैरेले बताए । उनीहरु मात्र हैनन् अर्घाखाँचीमा सम्बन्ध विच्छेद गर्नेको संख्या  बढिरहेको छ ।
यस आर्थिक वर्ष अर्थात् साउनदेखि यता ५४ जोडीले सम्बन्ध विच्छेदको मुद्धा दार्ता गरेका छन् । दुई वर्षको अवधिमा ३४ सम्बन्ध विच्छेदका मुद्धा फैसला भएको जिल्ला अदालतका सूचना अधिकारी गैरेको भनाइ छ । 
 
सम्बन्ध विच्छेद गर्नेमा ८० प्रतिशतभन्दा बढी ३० वर्ष मुनीका रहेका छन् ।  अर्घाखाँची जिल्ला अदालतमा दर्ता भएका मुद्धामध्ये सबैभन्दा बढी सम्बन्ध विच्छेदका रहेका छन् । गत आर्थिक वर्षमा जिल्ला अदालत अर्घाखाँचीमा १ सय ३८ वटा मुद्धा सम्बन्ध विच्छेदका रहेको जिल्ला अदालतका श्रेस्तेदार गम्भीर घिमिरेले बताए ।
उनले भने,' अदालतमा आएका मुद्धामध्ये अधिकांश मुद्धा सम्बन्ध विच्छेदका छन्। गएको कात्तिक महिनामा मात्र १४ जोडीले सम्बन्ध विच्छेद गरेको जिल्ला अदालतका श्रेस्तेदार घिमिरेले बताए । गत वर्षको भदौ १ गते देखि नयाँ कानुन आएपछि ४८ जना पुरुषले सम्बन्ध विच्छेदका लागि मुद्धा दर्ता गराएका छन् ।
प्रेम विवाह, श्रीमान विदेसिनु, श्रीमतीको बारेमा घर परिवार तथा श्रीमानले अनावश्यक शंका-उपशंका गर्नु, परिवारमा मेलमिलाप नहुनु, दिनहुँजसो झैंझगडा भइरहनुजस्ता विषय नै सम्बन्ध विच्छेदको प्रमुख कारण बन्न पुगेको छ।
 
सूचना प्रविधिको बढी प्रयोग,समाजमा बढ्दै गएको खुल्ला यौन सम्बन्ध, छोरीछोराको चाहना विपरित घर परिवारले विवाह गरिदिनु, आफूले चाहेको मानिससँग विवाह गर्न परिवार तथा समाज बाधक बन्नु , घरपरिवार र श्रीमानले श्रीमतीको ख्याल नगर्नुजस्ता कारणले पनि सम्बन्ध विच्छेदका घटनामा वृद्धि भएको अधिक्ता तथा प्राध्यापक जगन्नाथ भुसालले बताए । 
उनका अनुसार सूचना र प्रविधिको पहुँच बढी हुनु र बिलासिताको जीवनयापन गर्ने चाहना राख्नुले पनि सम्बन्ध विच्छेदका घटना बढेका हुन्।  सम्बन्ध विच्छेदका विभिन्न कारण भएपनि अर्घाखाँचीमा प्रेम विवाह, वैदेसिक रोजगारी र अशिक्षाका कारण विच्छेदका घटना बढिरहेको अधिवक्ता जगन्नाथ भसालले बताए । तीन वर्षको अवधिमा ५३ सम्बन्ध विच्छेदका मुद्धा लेखेर वहस गरेको र कारण खोज्दा यस्तो देखिएको अधिवक्ता भुसालले बताए। 
Share:

No comments:

Post a Comment

Radio Malarani 95.7 MHz LIVE

LIVE:

रेडियो मालारानी ९५.७ मेगाहर्ज

Blog Archive

Recent Posts