Corona update

अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा अर्घाखाँची कृषि, पर्यटन तथा सांस्कृतिक महो्त्सव यो वर्ष नहुने भएको छ ।


बिजय के सी मालारानी
    अर्घाखाँची   
अर्घाखाँची उधोग वाणिज्य संघ र अर्घाखाँची चेम्वर अफ कमर्स समुहको विवादका कारण यस वर्ष आगामी पुष २७ गतेबाट गर्ने भनिएको अर्घाखाँची कृषि, पर्यटन तथा सांस्कृतिक महो्त्सव नहुने भएको हो । यस्तै दुई समुहबिच अर्को वर्ष २०७७ सालमा चेम्बर अफ कमर्सले महो्त्सवको आयोजना गर्ने  गरी पालैपालो मेला गर्ने सहमति भएको छ ।    

सन्धिखर्क नगरपालिकामा आईताबार भएको छलफलमा  सहमति नजुटेपछि अन्ततस् कसैले पनि यो वर्ष अर्घाखाँची कृषि, पर्यटन तथा सांस्कृतिक महो्त्सव नगर्ने भएका हुन् । 
अर्घाखाँची उधोग वाणिज्य संघ र अर्घाखाँची चेम्वर अफ कमर्स समुह विच लामो समयदेखि आफुले गर्न पाउनुपर्छ भन्दै होडबाजी, विवाद चल्दै आएको थियो । यस अघि अर्घाखाँची उधोग वाणिज्य संघद्वारा कसैलाई पनि अर्घाखाँची महो्त्सव आयोजना नगर्न चेतावनी दिइदै आएको थियो । 

Share:

No comments:

Post a Comment

Radio Malarani 95.7 MHz LIVE

LIVE:

रेडियो मालारानी ९५.७ मेगाहर्ज

Blog Archive

Recent Posts