Corona update

केक काट्ने पैसा घाईतेलाई सहयोग


केक काट्ने पैसा घाईतेलाई सहयोग
     बिजय के सी
     अर्घाखाँची
अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नं ५ घर भई हाल काठमाण्डौमा रहनु  भएका बिमल चौहानले आफनो जन्म दिन घाईते बालक संग मनाउनु भएको छ । आफनो जन्म दिनमा केक काटने पैसा आगोले जलेर घाईते भएका मालारानी ५ निबासी १४ बर्षका बालक राजन थापालाई उपचारमा सहयोग होस भनेर एक हजार पाँच सय प्रन्ध रुपैया सहयोग गर्नु भएको छ  । यसरीनै सबैले सक्दो सहयोग गर्न  चौहाने अपिल समेत गर्नु भएको छ । लामो समय देखी कीर्तिपुर अस्पतालको बेडबाट उनले उपचारको लागी अपिल गरेका छन । बच्चाको स्वास्थ्य अबस्था सुधार हुदै गएको छ । घरको आर्थिक अबस्था कमजोर भएको र आर्थिक आय आर्जन गर्ने माध्यम नहुदाँ उपचारमा समस्या भएको बताईएको छ । मालारानी गाउँपालिका वडा नं ५ मा रहेका बिभिन्न क्लब तथा सहयोगी मनहरुले रकम संकलनको अभियानलाई तिब्रता दिएका छन । सोही अबसरमा उदयीमान जनजागृत क्लब मालारानी ५ ले बिभिन्न सहयोगी मनहरुबाट संकलित रहम ५ हजार १ सय ३० रुपैया क्लबका अध्यक्ष बिष्णुबहादुर चौहानले हस्तान्तरण गर्नु भएको छ । यसरी सहयोग गर्नेहरु मा बिमल चौहान ,रिता रायमाझी ,पुष्कर खड्का र प्रकाश कुमार चौहानले सहयोग गर्नु भएको थियो ।
Share:

No comments:

Post a Comment

Radio Malarani 95.7 MHz LIVE

LIVE:

रेडियो मालारानी ९५.७ मेगाहर्ज

Blog Archive

Recent Posts