Corona update

मालारानी गाउँपालिकामा नव आगन्तुक कर्मचारीहरु बिच परिचयात्मक कार्यक्रम सम्पन्न

 बिजय के सी मालारानी  
     अर्घाखाँची 

मालारानी गाउँपालिकाका कर्मचारीहरुको नियमित बैठक तथा नव आगन्तुक कर्मचारीहरुको परिचयात्मक कार्यक्रम बिहिबार सम्पन्न भएको छ । कार्यक्रममा मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण शर्मा आचार्य र गाउँपालिका उपाध्यक्ष प्रमिला क्षेत्री लाई  बिशेष आन्मन्त्रण गरिएको थियो । उक्त बैठकमा बोल्दै मालारानी गाउँपालिका अध्यक्ष बालकृष्ण शर्मा आचार्यले कर्मचारीहरुले ३ मिनेट, ३० मिनेट, ३ घण्टा, ३ दिन र ३ महिना सम्ममा सेवाग्राहीलाई सेवा दिइसक्नुपर्ने स्पष्ट पार्नुभयो । उहाँले तोकिएको समयमा काम सम्पन्न गर्न कर्मचारीलाई निर्देशन समेत दिनुभएको छ । 
कार्यक्रममा वडाका समस्याहरु, आर्थिक प्रशासन सम्बन्धी समस्या, योजना सम्बन्धी समस्या, कृषि जिन्सी प्रशासन, शिक्षा स्वास्थ्य रोजगार सम्बन्धी समस्या का बारेमा सम्बन्धीत शाखा प्रमुखहरुले आ आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा मालारानी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णु बहादुर घर्तिले आ आफ्नो तह र तप्कामा रहने कर्मचारीहरुलाई चुस्त दुस्त र कानुनको अधिनमा रही कार्य गर्न निर्देशन दिनुभएको छ । उहाँले सम्पूर्ण शाखा गत समस्याहरुलाई छलफल गरी समाधान गरिने समेत बताउनुभएको छ ।
कार्यक्रममा मालारानी गाउँपालिका योजना अधिकृत नेत्र प्रसाद खनाल, शिक्षा अधिकृत रमेश पन्थी, कृषि अधिकृत ठाकुर प्रसाद खनाल, लेखा अधिकृत खुविराम पन्थी, स्वास्थ्य शाखा प्रमुख भविश्वर खनाल, पशु शाखा प्रमुख लक्ष्मण वि.क., सम्पूर्ण ९ ओटै वडाका वडा सचिवहरु लगायत अन्य कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रम प्रमुख प्रशासकिय अधिकृत विष्णु बहादुर घर्तीको अध्यक्षता र शिक्षा अधिकृत रमेश पन्थीको सञ्चालमा सम्पन्न भएको छ ।

Share:

No comments:

Post a Comment

Radio Malarani 95.7 MHz LIVE

LIVE:

रेडियो मालारानी ९५.७ मेगाहर्ज

Blog Archive

Recent Posts