Corona update

बाग्लुङ जीप दुर्घटनाका मृतक १४ जना सबैको पहिचान खुल्यो

बिजय के सी
 अर्घाखाँची
बडिगाउँ जिप दुर्घटनामा मृत्यु भएका १४  जनाको पहिचान खुलेको छ ।

मृत्यु हुनेहरुमा जीप चालक  रेशम थापा (२५), गुल्मी इस्मा गाउँपालिका ५ की माया थापा (२३ ), बसुन्धरा कार्की, तुलसी कार्की, भूमि कार्की (४५), मीना कार्की (२५), धनबहादुर कार्की, झवि कार्की (४०), सीता कार्की(४०) अनुसा कार्की (२), महेन्द्र कार्की (४०) र मीना बस्नेत २५  र सुचना कार्की छन् ।
त्यस्तै नवलपरासी वर्दघाटकी लक्ष्मी केसी (५५) छन् ।
अन्दाजी ५ वर्षीय बालिकासहित एकजनाको  परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
गुल्मीको तम्घासबाट बाग्लुङको निसिखोला आउँदै गरेको ग १ ज ५२१९ नम्बरको जीप दुर्घटनामा परेको हो ।
कूलपूजाका लागि रिजर्भ गरेर ल्याइएको जीप सडकबाट करिब ५ सय मिटर तल खोलामा खसेको प्रहरीले जनाएको छ ।
घाइतेहरुको बुर्तिवाङ स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । घाइतेहरुको थप उपचारका लागि काठमाडौंबाट सेनाको हेलिकप्टेर आउँदै गरेको प्रहरीले जनाएको छ ।

Share:

No comments:

Post a Comment

Radio Malarani 95.7 MHz LIVE

LIVE:

रेडियो मालारानी ९५.७ मेगाहर्ज

Blog Archive

Recent Posts