Corona update

यसरी नियालियाे अर्घाखाँचीबाट सूर्य ग्रहणलाई

   बिजय के सी मालारानी 
        अर्घाखाँची 
बिहीबार बिहान ८ः४२ मा सुरु भएको ग्रहण बिहान ११ः३१ मा सकियाे।
पश्चिम दक्षिण अर्थात् नैऋत्य दिशाबाट सुरु भएको ग्रहण दक्षिण दिशाबाट मध्य भएर दक्षिण पूर्वको भाग आग्नेय दिशाबाट समाप्त भएकाे थियाे । यो ग्रहण २०७६ सालको अन्तिम ग्रहण हो । यसअघि असार ३१ गते खण्डग्रास चन्द्रग्रहण लागेको थियो ।
खण्डग्रास सूर्यग्रहण नेपालबाट मात्र नभइ भारत, पाकिस्तान, श्रीलंका, मालदिभ्स, भुटान, चीन, म्यान्मार, अफगानिस्तान लगायत एसिया महाद्वीपका साथै अरु देशहरु अफ्रिका तथा अस्ट्रेलियाबाट समेत देखिएको थियो ।नेपालका विभिन्न भागबाट पनि मानिसहरुले विभिन्न यन्त्रका माध्यमबाट सुरक्षित तवरले सूर्य ग्रहण अवलाेकन गरेका थिए ।
Share:

No comments:

Post a Comment

Radio Malarani 95.7 MHz LIVE

LIVE:

रेडियो मालारानी ९५.७ मेगाहर्ज

Blog Archive

Recent Posts