Corona update

अर्घाखाँचीमा असुरक्षित गर्भपतन गराउनेको संख्या बढ्या

बिजय के सी  मालारानी,
   अर्घाखाँची  
जिल्लामा पछिल्लो समय असुरक्षित गर्भपतन गराउनेको सख्या बढ्दै गएको छ । सुचिकृत नभएका मेडिकल स्टोर तथा अन्य पेशा व्यबसाय गर्नेहरुले समेत औषधी बिक्री बितरण गर्ने गरेको समेत पाईएको छ । असुरक्षित रुपमा गर्भपत गर्दा अत्याधिक रक्तश्राब भई ज्यान समेत जाने गर्दछ ।
क्रिसमसको अबसरमा अर्घाखाँची ईशाई समाज द्धारा सन्धिर्खकमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रदेश सभा सदस्य रामजीप्रसाद घिमिरेले क्रिसमस डे ले सबैलाई मिलेर बस्ने प्रेरणा मिलोस भन्ने शुभकामना दिनु भएको छ । देश बिकाश र सम्बृद्धिको यात्रामा अगाडि बढेको ले सुखी नेपालीको सपना साकार पार्न सबै लाग्नु पर्नेमा उहाँले जोड दिनु भयो
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख कमल भुसाल , उपप्रमुख ठाकुर कुमार बि.क , प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेल , सनपा १ का वडा अध्यक्ष युबराज बन्जाडे , नेपाल कम्युनिस्ट पार्टीका कार्यालय सदस्य जनार्दन खनाल , समाजबादीका इन्चार्ज नेत्र बहादुर सारु , साझा पार्टीका नेता हरि प्रसाद भुसाल,नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष हिम लेकाली , ख्रिष्टन महासंघका केन्द्रिय सचिब  बिष्णु परियार लगाएतले  शुभकामना मन्तव्य राख्दै सबै धर्म आस्था मान्नेहरुले आफनो पर्ब र संस्कृतीलाई निरन्तरता दिनु पर्ने भन्दै क्रिसमस डेको शुभकामना व्यक्त गर्नु भएको थियो । कार्यक्रम समाजका अध्यक्ष प्रतिज्ञा सारुको अध्यक्षता र जेबी दर्लामीको सञ्चालनमा सम्पन्न भएको थियो ।
Share:

No comments:

Post a Comment

Radio Malarani 95.7 MHz LIVE

LIVE:

रेडियो मालारानी ९५.७ मेगाहर्ज

Blog Archive

Recent Posts