Corona update

पाणिनी बहुमुखी क्यामपसमा प्राबिधीक शिक्षा सञ्चालन गर्नु पर्नेमा राष्ट्रिय सभाका सदस्य खड्काको जोड


बिजय के सी  
 मालारानी, अर्घाखाँची    
जिल्लामा रहेको सबै भन्दा पुरानो क्याम्पस पाणिनी बहुमुखी क्यामपसमा प्राबिधीक शिक्षा सञ्चालन गर्नु पर्नेमा राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्क उज्जलले जोड दिनुभएको छ । स्वतन्त्र बिद्यार्थी युनियनले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै खड्काले बिद्यालयको भौतिक पूर्बधार निर्माणको लागी सक्दो पहल गरेको र यस आर्थिक बर्षमा क्षेत्र बिकाश पूर्बधार साझेदारी कार्यक्रम मार्फत १ करोड रुपैया बजेट बिनियोजन भएको जानकारी गराउनु भयो । पाणिनि बहुमुखी क्यापसमा राजनैतिक आग्रह पूर्बग्राह राखेर सञ्चालक समिती नबनेको भन्दै खड्काले छिटो सञ्चालक समिती निर्माण गर्न पहल गर्ने बताउनु भयो .....................
कार्यक्रममा प्रदेश सभा सदस्य रामजी घिमिरे, जिल्ला समन्वय समितीका प्रमुख पिताम्बर शर्मा, सन्धिखर्क नगरपालिका प्रमुख कमल भुसाल, नेपाली काँग्रेसका जिल्ला सभापति विष्णु मुस्कान, सञ्चालक समितीका उपाध्यक्ष सागर केसी, पुर्व क्याम्पस प्रमुख ज्ञानबहादुर क्षेत्री, पुर्व स्ववियु सभापति प्रेम गैरे, पत्रकार महासंघका अध्यक्ष हिम लेकाली, उद्योग वाणिज्य संघका अध्यक्ष युबराज श्रेष्ठ लगाएतले क्यामपसको स्तर उन्नतीका लागी सबैले ध्यान दिनुपर्ने भन्दै बिद्यार्थीलाई शैक्षिक सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो । कार्यक्रम स्वबीयु सभापती लक्ष्मण खड्काको अध्यक्षता र कोषाध्यक्ष घनश्याम पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

Share:

No comments:

Post a Comment

Radio Malarani 95.7 MHz LIVE

LIVE:

रेडियो मालारानी ९५.७ मेगाहर्ज

Blog Archive

Recent Posts