Corona update

मालारानी गाउँपालिका - ३ मा शाेभाखर खनालले चुनाव जितेपछि कांग्रेसद्वारा बिजय जुलुस सम्पन्न

बिजय के सी 
अर्घाखाँची
अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर ३ मा आफ्ना उम्मेदवारले चुनाव जितेपछि नेपाली कांग्रेसले बिजय जुलुसमा निकालेको छ । 
बिजय जुलुसले खनदह बजार परिक्रमा गरेको थियो । बिजय जुलुसमा जिल्ला स्तरिय नेताहरुको सहभागीता रहेको थियो ।
मालारानी गाउँपालिका वार्ड नम्बर ३ मा शनिबार वडाअध्यक्ष पदमा भएका लागि  सम्पन्न उपनिर्वाचनमा नेपाली कांग्रेसका शाेभाखर खनाल विजयी भएका छन् ।  
खनालले ११५९  मत ल्याई प्यानल विजयी भएका हुन् । नेपाल कम्युनिस्ट पार्टी नेकपाका यमलाल खनालले  १०५३ मत ल्याएका छन् । कांग्रेसका शाेभाखर खनाल १०६ मतले विजयी भएका हुन् ।  

२०७४ काे निर्वाचनमा तात्कालिन नेकपा माओवादी र नेपाली काँग्रेस काे गठवन्धनका उम्मेदवार शाेभाखर खनाललाई हराउँदै तत्कालीन नेकपा एमालेका उम्मेदवार जीवन कुमार चाैहानले वडा अध्यक्ष पदमा निर्वाचीत हुनु भएको थियाे ।  

उता राप्रपाका रण बहादुर खनालले ४ मत ल्याएका छन् । बदर मत संख्या ९ रहेको छ । मालारानी गाउँपालिका वार्ड नम्बर ३  मा शनिवार सम्पन्न उपनिर्वाचनमा कुल मतदाता संख्या ३०११ मध्ये महिला-१२३४, पुरुष-१००१ गरी कुल २२२५ मत खसेको थियाे ।

तत्कालिन नेकपा एमालेबाट निर्वाचित भएका वडाअध्यक्ष जीवन चौहान २०७४ को मंसिरमा रुपन्देहीको सैनामैना नगरपालिकामा पर्ने रानीबगियामा सडक दुर्घटनामा परेका थिए । सडक दुर्घटनामा परी गम्भीर घाइते भएका चौहानको चितवन मेडिकल कलेजमा उपचारका क्रममा पुस महिनामा निधन भएको थियो । 
अहिलेसम्म कम्युनिस्टले जितिरहेको यस वार्डमा पहिलो पटक नेपाली कांग्रेसले जितेको हो । 



को हुन् शोभाखर खनाल

कम्युनिष्टको किल्ला तोड्ने कांग्रेसका शोभाखर खनाल खनदहका पुर्व गाविस सभापती र हाल मालारानी गाँउपालिका संयोजक हुन् । खनदह बजारमा उनको किराना पसल पनि छ । स्थायी शिक्षक पेशा त्यागेर राजनिती थालेका शोभाखर गएको २०७४ को निर्वाचनमा पनि कांग्रेसका तर्फबाट उम्मेद्वार थिए । उनी तत्कालिक वार्ड अध्यक्ष दिवंगत जिवन चौहानसँग ३६ मतले पराजित भएका थिए । 
Share:

No comments:

Post a Comment

Radio Malarani 95.7 MHz LIVE

LIVE:

रेडियो मालारानी ९५.७ मेगाहर्ज

Blog Archive

Recent Posts