Corona update

अबदेखि “प्याड” नि: शुल्क पाइने


बिजय के सी  अर्घाखाँची    
महिनावारीका सुरु हुने बेला भएपछि कयौं किशोरीहरु विद्यालय जान डराउँछन् । कुन बेला पिरियड सुरु हुन्छ भन्ने भयले उनीहरु महिनावारीको समयमा विद्यालय जान चाहादैनन् । हाम्रा कतिपय विद्यालयमा वरीपरि स्यानिटरी प्याड किन्न सक्ने ठाउँ हुँदैन् । अझ धरै किशोरीहरुको अवस्था स्यानिटरी प्याड किनेर प्रयोग गर्न सक्ने हुँदैन् ।
अब भने यि किशोरीहरुको यो समस्या सम्बोधन हुने भएको छ । यहि कार्तिक १ गतेबाट नेपाल सरकारले देशैभरका सामुदायिक विद्यालयमा नि:शुल्क स्यानिटरी प्याड उपलब्ध गराउने भएको छ ।
आर्थिक वर्ष ०७६/७७ को नीति तथा कार्यक्रममा सरकारले सबै सामुदायिक विद्यालयमा स्यानिटरी प्याड उपलब्ध गराउने व्यवस्था गरेको थियो । छात्राहरूका लागि आवश्यक पर्ने प्याडको गुणस्तर तथा मापदण्ड स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेअनुसारको हुनेछ ।
आफ्ना क्षेत्रभित्रका विद्यालयमा स्यानिटरी प्याड उपलब्ध भए–नभएको, उपलब्ध प्याड निर्धारित गुणस्तरको भए–नभएको, दुरुपयोग भए–नभएको र व्यवस्थापन उचित तरिकाले भए–नभएकोलगायत विषयमा सूक्ष्म रूपमा अनुगमन गरी परिपालना गराउने मुख्य जिम्मा स्थानीय तहको हुनेछ ।
स्यानिटरी प्याड वितरणका लागि आवश्यक कार्यविधि बनाउने, नीतिगत मार्गदर्शन गर्ने र केन्द्रिय तहमा नीति कार्यान्वयनको नेतृत्व शिक्षा मन्त्रालयले गर्नेछ । प्रत्येक जिल्लाभित्रका स्थानीय तहसाग समन्वय गर्ने तथा स्यानिटरी प्याड प्रयोग गर्ने छात्राहरूको तथ्यांक शिक्षा विकास तथा समन्वय एकाइले संकलन गर्नेछ ।
स्यानिटरी प्याड आवश्यक पर्ने छात्राहरूको लगत राख्ने, प्रयोग भएका प्याडको उचित व्यवस्थापन गर्ने र सोको प्रतिवेदन सम्बन्धित स्थानीय तह र शिक्षा विकास तथा समन्वय एकाइमा गर्ने जिम्मा भने विद्यालयको हुनेछ ।
Share:

No comments:

Post a Comment

Radio Malarani 95.7 MHz LIVE

LIVE:

रेडियो मालारानी ९५.७ मेगाहर्ज

Recent Posts