Corona update

महरा प्रकरण : पीडित भनिएकी महिलाले आफूलाई केही नभएको भन्दै प्रहरीमा दिइन् निवेदन

कृष्णबहादुर महरालाई यौन दुर्व्यवहारको आरोप लगाउने महिलाले आफू डिप्रेसनको बिरामी भएको र आफूलाई कसैले कुनै दुर्व्यवहार नगरेको भन्दै प्रहरीमा निवेदन दिएकी छिन् । 
बानेश्वर प्रहरी वृत्तमा दिइएको निवेदनमा कोही कसैले आफूलाई कुनै प्रकारको दुर्व्यवहार नगरेको र बाहिर आएको खबरहरुबारे पनि आफूलाई कुनै जानकारी नरहेको उल्लेख छ । 
पीडित भनिएकी महिलाले नै आफूलाई केही नभएको भनेर प्रहरीमा लिखित निवेदन नै दर्ता गराएकाले अब यो घटनाको छानबिन प्रक्रिया रोकिने भएको छ । छानबिनका लागि आफूहरुलाई केही आधार चाहिने भए पनि पीडित भनिएकी महिलाले नै आफूलाई केही नभएको भनिसकेकाले छानबिनको काम अघि बढ्न नसक्ने महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रवक्ता होविन्द्र बोगटीले बताउनुभयो । 
गएको सोमबार राती आफ्नो कोठामा आएका महराले आफूलाई दुर्व्यवहार गर्नुका साथै कुटपिट गरेको आरोप ती महिलाले लगाएकी थिइन् । संसद सचिवालयमै कार्यरत ती महिलाले सभामुखमाथि यौन दुर्व्यवहारको आरोप लगाएसँगै चौतर्फी विरोधकाबीच महरा मंगलबार सभामुख पदबाट राजीनामा दिन बाध्य हुनुभएको थियो ।  तर पीडित भनिएकी महिलाले २४ घण्टा पनि नबित्दै आफ्नो बयान फेरेपछि प्रहरीले छानबिन प्रक्रिया अघि बढाउन लागेको घटनाको छानबिन पनि रोकिने देखिएको छ । 
Share:

No comments:

Post a Comment

Radio Malarani 95.7 MHz LIVE

LIVE:

रेडियो मालारानी ९५.७ मेगाहर्ज

Recent Posts